सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Wednesday, July 2, 2014

निबन्ध

आफ्नै जिन्दगीमा : पात्रहरुको अधिकार                       


-स्पन्दन साइला
“परिवार समाज र देशको साझा कानुन र दायरा भित्र रहेर  पूर्ण अधिकार छ आफनो जीवनमा कसरी बाच्ने भनेर,”मैले भरखरै भनिदिए ।

तर थाहा छैन म आफनो जिन्दगीसँग कती विकट र कती निकट छु , त्यो पनि ढुङगाको जस्तो कठोर मन बनाउन चाहन्थे र भन्थे  ःमलाई कसैले पगाल्न सक्दैन । तर किन पर्यो केटाकेटीको आशु देखेर रुन र किन वालुवा चाल्नेहरुको कथा ब्यथा बुझ्न   मनहरी खोलाको किनार जान पर्यो ? त्यही र दुनियाँले वाध्य बनाउछ मैन जस्तो पग्लन र तप्प तप्प चुहिन । अनी कसरी  भनौ म आफनै जिन्दगी पूर्ण अधिकारमा निहित छु । असलमा कुरो आज दिउसोकै हो । प्रयोगात्मक शिक्षण अभ्यासको अन्तिम दिन विद्यार्थीहरु बिदाको क्षणँ रुदा मलाई पनि कता कता चिसो पसेको थियो भित्र । त्यही र त बिदा नमागी नै भक्कानिएर बिद्धालय  परीसरबाट भागेको थिए । जतिबेला बिदा दिन सकिरहेका थिएनन् । म त्यो भन्दा बढि भैसकेको थिए । जुन बेला आमा रोएकी थीईन घरबाट म हिंड्ने बेला  ःछोरा चाडै फर्की है  ः आवाज संगै दलानमा उभिएर म ढिस्कोले नछेकिन्जेल एक टकले हेरिरहेको सम्झदै.................
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

मैले थोरै दिएर धेरै पाएको थिए अर्थात थोरै माया दिएर धेरै पाए , थोरै पढाए धेरै पढिए । साच्ची भनौ उल्टो तिनिहरु मेरा गुरु थिए कि जहाँ म सिकिरहेको थिए  ःसमुहमा कसरी बस्ने ? माया के हो ? आदर सम्मान के हो ? सम्बन्ध कस्तो हुन्छ ? यस्तै यस्तै अनी कोही निर्दयी हुदैन । मानौ हरेक घन्टिको पैतालिस मिनेटमा पैतालिस जोडा कुरा सिक्दै थिए पढाउने नाममा ठगेर । अँ त म साच्ची भन्दै थिए । तिनिहरुको हातमा राता सेता गुलाफ र अन्य फुलहरु थिए । हामीलाई दिनको लागि । हेर्दा तिनिहरुको अनुहार यस्तो थियो मानौ कुनै बालकको सबैभन्दा प्रीय वस्तु हराएर अझै भेटेका छैनन् । भन्दै छ मलाई त्यही पुतली चाहिन्छ र बलेर सकिनै लागेको मैन मन्द मन्द , मधुरो र र हल्लिरहेको प्रकाश जस्तो । अनुहार रुमाल, सल  र पछ्यौराले ढाकेर घोप्टो पारी बिस्तारै बिस्तारै पुछिरहेका थिए । म देख्दै थिए झ्याल पट्टी ममता र अप्सनाको कुनै दौडको क्रममा घुडा टेकेर बसेको खेलाडि झै आँखामा तयार थिए सेती नदी तेज बहाबको लागि । हलचल थिएन तिनिहरुमा न त हिजो जस्तो खलबल र ख्यालठट्टा थियो त त्याहा केवल सबैका आँखाको डिलैमा सेती नदिहरु । मैले माथिनै भनेनी ढुङगाको जस्तो कठोर मन पनी पग्लियो त्यही र त आज भन्ने पक्षमा छैन म ज्यान मन आफनै मर्जिमा छ । यो त सब समय र अरुकै हो जसले भोगिरहेको छ । आफु त लगाममा खिचिएको र पिठ्यूमा भारी लादिएको र ढाडमा मान्छे चढेको घोडा न हो आखिर । तिनिहरु मध्ये एक सानो फुच्चेले चिच्याउदै सोधेको थियो ।
ःघर कहाँ हो रे गुरुको ?
ः पुर्व खोटाङ ।
ःकहिले जाने ?
ः दुई महिना पछी ।
त्यस पछी बिसिर्ने होला ?
म निरुत्तर ठिङ्ग उभिरहे केहि सोच्न नसकेर ।

मलाई सानो उपहार दिदै रुन लागेको थियो उ । मैले बल्ल थाहा पाए । सम्मान नै प्रेम रहेछ जसले विश्वास र महत्वपूर्ण ठान्छ ।

मैले सोचेको थिए प्रयोगात्मक कक्षा शिक्षणमा आफनो लागि मात्र पढाउछु र राम्रो अंक ल्याएर पास गर्छु । तर त्यो भन्दा अगाडिनै फेल भएको रहेछु । जब म बाहिर मन बाधेर साथी पर्खदै थिए । आलो आँखा लिएर आएको थियो साथी  र मलाई थाहा भयो भित्र कक्षाकोठामा खोजी हुदैछ एक हातले ताली बजाउन खोज्ने म आँफैलाई । हामी अलिक वर आइसकेका थियौ । एकभारी गर्हौ  मनलाई मनले नै नाम्लो ,खकन र टेकुवा लगाएर यसो पछाडि फरकेर हेरेको हातमा लालुपाते फुल लिएर प्राय कक्षा एकका केटाकेटी हात हल्लाइरहेका थिए । म अनुमान लगाउन सक्थे तिनिहरु हामीलाई नै डाकिरहेका छन भित्र पटी बाटै गेटलाई नै अडेस लगाएर ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

लेख ,कबिता कथा , गजल आदि लेख्नलाई प्राय पार्क वा बन्द कोठानै काफी छ । तर मेरो साथीलाई मनहरी खोलाको किनार दौडनु छ साप्ताहिक पत्रिकाको स्तम्भको लागि लेख्न । र म पनि त्यही चाहान्छु । अब हामी मनहरी खोलाको किनरमा छौ ,म साबेल चलाउदैछु जुत्त र झोल नखोली कुनै लेखकको रवाफ देखाउदै । साच्ची भनौ त त्याहा पनि बस आङ्खनो स्वार्थ पुरा गर्ने हेतुले साबेला चलाऊदैछु । साथी सोधखोज गर्दै नोटबुकमा केही कुराहरु नोट गरिरहन्छ । म सुन्छु बस सुन्दै साबेल मात्र चलाउछु।
—बिहान कती बजेबाट काम गर्नुहुन्छ ?
बिहान छ बजे बाट ।
—कतिबेला सम्म?
साझसम्म।
—खान?
प्रश्न नसकिदै उत्तर आउछ –एक छाक ।
—कती वर्ष पुग्नु भो ?
त्यस्तै तीन बिसमा तीन घटि ।
—उहा नि? उनको श्रीमती तिर औलाउदै । .
त्यस्तै हो .......................

म जान्दछुकी ति बुढाबुढिले वालुवा चालिदिनाले कती मानिसका नयाँ घर बनेका छन बर्सौ देखी तर रमौली र प्रतापपुर गाउँ नै राप्ती खोलाले बगाउन लागिसकेको छ ।    उनिहरुको काँसले बारेर काँसले नै छाएको घर समेत । भगवान बिर्सेंर भन्ने हो भने त म फेरी गल्न थालको छु । थोरै आएको शान्ति पछी । जो छन तिनिहरु सर्वश्रेष्ठ छन । आफनो श्रममा थोरै भएपनी खुशी छन् । तर साहु पल्टिदाहरु उल्टै यो भएन र त्यो भएन भन्छन । दिनमा एक चोटि हातमुख जोर्नको लागि खप्दैछन हिउदको दिनभरिको घाम ,पसिनाको धारा ,रातको जिउ दुखाई बिहानको झिसमिसेमा मनहरी खोलाको चिसो पानीमा आछु छु छु छु ..................................................................................सम्झिदा पनि जिउनै सिरिङग हुन्छ । उनिहरु आफै भन्छन– हाम्रो सुख्खको खुशीको र रहरको यो काम होईन । रहर थियो हामीलाई पनि अग्लो घर बनाउने , मिठो खाने , राम्रो लाउने , यो फोहोर पानी पिएर हैन प्रसोधित रम खाने तर आफनो पक्षमा भाग्य र इस्वर नभए पछी जबरजस्ती बाध्न परेको छ स्वतन्त्रता । म अहिले सोचिरहेछु फेरी ति बुढाबुढिलाई भेटे भने धन्यवाद दिने छु ता कि मेरो मानसिकता
बदलिदिएकोमा ।

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

म अहिले सम्झना सकिरहेको छैन । कि एउटि पाँच छ वर्षकी सानी बच्चिले त्यति राम्रो सँग नपट्याएको एउटा कागज र रातो गुलावको फुल दिई।

त्यो खोलेर हेर्दा केरमेर गरेर लेखिएको उनको नाम र गुलाफको फुल बनाइएको थियो । भर्खर एक वर्ष पुग नपुग बिद्यालय आएकी बच्चिले जम्मा क ख र a b c d सिक्दै होली । यत्रो  ठुलो मायाको अर्थ र उपहार जो अर्थमा शब्दमा ब्याक्त गर्न शायद शब्द छैन ।


अहिले ति केटाकेटी सम्झिरहेछु । जो रातो फुल र अध्यारो अनुहार लिएर कक्षाकोठामा आएका थिए । साचो त यो हो की जब जब तिनिहरुलाई बिर्सने प्रयास गर्छु तिनै अनुहारहरु हातमा लालुपाते फुल लिएर अझै मलाई हात हल्लाई रहेका छन र हात अगाडि बढाएर भनिरहेका छन गुरु मोबाइल न ...............।


म लेख्दा लेख्दै सोचिरहेछु  कि म रुदिन भन्ने मान्छे बिना खुशी रोए भने  । रहरको खिलाफ वालुवा चाल्नु पर्छ भने र मन नलाग्दा नलाग्दै कसैलाई बिदाइको हात हल्लाउनु पर्छ भने हामी आँफैलाई सियोको टुप्पो जत्रो पनि आफैको अधिकार छैन। किनकी आफै स्वतन्त्रता खोसिन्छ र हामी अधिकार बिहिन भएर एउटा गुफाको जेलमा बन्दी छौ । पढाउदा पढादै स्वर सुक्छ भने ,हिड्दा हिड्दै खुट्टा गलेपछी ,खाँदा खाँदैको गास अड्के पछी हामी कती स्वतन्त्र छौ हेर्ने आँखा वरीपरी कचेरा लागेपछी के देख्नु ? यदी अधिकार नै थियो भने म रुनु पर्ने थिएन , ति बुढाबुढि बगरमा बेल्च्चा हैन एउता अफिसमा भेटिन्थे होलान् ,ती केटाकेटीले गेट भन्दा बाहिर निस्किएर मलाई भन्थे होलान् निस्ठुरि मास्टर ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
ई बिर्सने प्रयास गर्छु तिनै अनुहारहरु हातमा लालुपाते फुल लिएर अझै मलाई हात हल्लाई रहेका छन र हात अगाडि बढाएर भनिरहेका छन गुरु मोबाइल न ...............।

-धरान,सुनसरी


No comments:

Post a Comment