छथर यात्रा सम्झनामा
![]() |
-स्पन्दन साइला |
कति प्रफुल्लता कति रोमान्चकता एक वाक्य भरि वचपनमा आमाले मावल जाने भनेपछि खाना नरुचेजस्तै ।
अघिल्लो दिन पत्रकार महासंघ सुनसरीको कार्यालय धरानमा दाजुहरु नवराज, भोजराज, सन्तोष नानाहरु सरिता, मनिता साथीहरु प्रेम, सबिन, रश्मीसग भोलि बिहान ५ बजे नै घण्टाघरमा भेट्ने वाचासहित छुटेका थियौ । त्यै टिमका केही साथीहरु म नगए नजाने भएकाले पनि म जानै पर्नेजस्तो भएको थियो । धरान देखि ९६ किमी उत्तर तेह्रथुमको पन्चकन्यामा हुन गइरहेको दोस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सवमा । साच्चै नढँटुम् त हतार थियो मनमा छथर जानको लागि । त्यही र त अघिल्लो दिन नै व्यागप्याक गरेको थिए ।झोेला भित्र एउटा जम्फर अरु सामानको तुलनामा निकै ठूलो थियो । नवराज दाई र साथीहरुको जाडो सम्झिदै दिएको सल्लाहको सिरोधार्य नै हो जम्फर । व्यागभित्र ब्रसमन्जन, तौलिया, क्यामेरा, चार्जर पनि कोचे र केही आवश्य कपडा पनि । तीन दिन बस्नुपर्छ मैले सोचिहाले । फागुनचैतको मौसम धुलो पनि कम्ती उड्दैन । वाफ रे । मनभित्रै धुवाँधुलो उडाउदै भूमरी चल्यो ।, ख्वाङ् ख्वाङ् खोकी चल्यो बेस्सरी । केही त छुटेन यात्राको आवश्यक सामग्री फेरि एकचोटी दिमाग घुमाए ँ । क्यामेराको मेमोरी लाग्ने एडप्टर चाही भोलि बाटोमै किनँैला । ओच्छ्यानमा पुगिसकेपछि निदाउन अघि कल्पना गरे । छथरकी लिम्बुनी सोबिते सिरफुलै शिरबन्दी, बुलाकी मनमा एक प्रकारको चित्र बस्यो । लिम्बुनी भेषैमा कति राम्री देखिएकी मन किन हो कुन्नी अनौठो वेगले पुलकित भए झै भयो ।
बिहानको ४ बज्यो ।
समयको जति धेरै ख्याल र महत्व भएपनि घडीको महत्व घट्दै गएको हो कि भन्ने बुझाइ केहीको रहेको छ । तर पनि धरान र घण्टाघर परिपूरक अर्थात धरानको भुटुकेन्द्र सम्झिनै पर्ने यो बानीको विकासमा छाप नै बसेको छ । जसरी आस्तिकहरुमा ईश्वरको छाप छ । घण्टाघरले ४ बजेको घण्टा हान्यो । ठ्याङ् ठ्याङ ठ्याङ् ठ्याङ् । म ओछ्यानमै तनक्क तन्किएर जुरुक्क उठे । मोबाइलको घडी हेरेर सम्भावित भ्रमको अन्त्य गरे । साँच्चै ४ बजेछ । अ, एउटा कुरा बिहान चाडो नउठेको पनि महिनौ बितेछ । हे निन्द्रादेवी मलाई माफ गर्नोस् मैले मनमनै भने । हा हा हा म आफै हँसे । पागलजस्तो । बाथरुम गए नुहाए र ताजा भए । ब्रस गर्दा गिजाबाट रगत आयो यो मेरो दातको नियमित र महत्वपूर्ण कामको सूचिमा नै परेको छ । बाथरुमबाट निस्केपछि नवराज दाईलाई कल गर्नै लागेको थिए । रश्मी जीको कल आयो ।
“गुडमर्निङ ।” मैले अँग्रेजी छाटे ।
“मर्निङ । उठ्नुभयो ।” उताबाट आवाज आयो ।
“अघि नै अनि तपाइ निद्रामै हो ?” मैले भने ।
“हो” । फेरि उताबाट आवाज आयो । ल छिटो गर्नुस् भनेर मैले फोन राखे । रश्मी जी म सग निन्द्रामै बोल्दै हुनुहुन्थ्यो । पछि नवराज दाइसग सम्पर्क भयो । म पौने पाँच बजे नै घण्टाघर पुग्दा रश्मी र सबिन जी घण्टाघरको गेट छेऊ मै उभिरहनु भएको थियो । हामीले भेटघाट ग¥यौँ । अलि मास्तिरको चौतारीमा दाइहरु भोजराज,गोविन्द ,नबराज ,लक्ष्मण हुनुहुन्थ्यो । सन्तोष दाइ र सरिता नानालाई केहीबेर कु¥यौ । दाइहरु भैरव आङ्ला दाइसग सम्पर्क भएकोले हाम्रो सवारीसाधन अलि बेर गरेर भएपनि सवाघण्टापछि मात्र आयो । यो कुनै आश्चर्यको विषय नै थिएन । हामी एकदम निपूर्ण छौ । पर्खिन र पर्खाउन । साँस्कृतिक कलाकार र आयोजक पनि त्यही बसमा चढेको हुनाले बस पहिले नै भरिएको भएपनि कोचकाच बस्यौ । हाम्रो त खाली भूई तानेर बस्ने बानी छ । गाडीको २ नम्बर गेयर लागायो प्रतिघण्टा २० किमिको दूरीमा हामी उकालो हुइकियौ । घ्याच्च । गाडी रोकियो । हामी छाताचोक पनि पुगेका थिएनौँ । फेरि केही थान मुलाको सिन्की कोचे झै मान्छे कोच्यौ । बसमा भिड नै भएपनि हामी त्यतिबेला चाहि साँच्चै रोमान्चित थियौ जतिबेला पेट्रोलपम्प देखि भेडेटारसम्मको उकालो जबजब चढ्दै गयौ । धरानलाई तलतल छाडेर नागबेली बाटो उक्लिदै थियो । धरानमा केही दिनदेखि बिस्तारै बढेको गर्मी परपर भाग्दैथियो । भेडेटार पुग्दा करिब बिहानको सात बजिसकेको थियो । हामी चियानास्ताका लागि जब ओल्र्यौ बसबाट एक्कासि माथितिर नाम्जेले सुनको सूर्य बोकेको थियो तर कति पनि गह्रौ नमानी । हामी मटर र चिउरा टोक्दै आधा घण्टाजति बस्यौ । “ल सबै पत्रकारले फोटो खिच्ने” उर्दी नै जारी भयो । त्यतिबेलाको नाइके सन्तोष दाइको । सबैले एकअर्काको फोटो खिचे । मैले फोटो खिच्दा उत्तरतिरको हिमालले घुम्टो छोप्नै लागेको थियो । खै कुन्नी सर्माएर हो कि .... । सबैभन्दा बढी तस्बिर चाहि सन्तोष दाइको सबैको क्यामेरामा कैद भयो कि ? अँ साँच्चै प्रेम जीको पनि । हामीमध्येका धेरै पत्रकारले “बाइबाइ धरान , हेल्लो हाइ छथर” भनी सबैले फेसबुक स्टाटस अपडेट गरिरहँदा भेडेटारको नागबेलीले हामी फर्कने पर्खाइमा इन्तजार गरिरहे जस्तै प्रतीत हुन्थ्यो ।
भेडेटारदेखि तम्मोरसम्मको यात्रामा यात्रा र महोत्सवको विषयमा कसले के लेख्ने भनेर चर्कै बहस भो । धेरैले न्युज र फिचर लेख्ने भए, मैले जोडले भनेँ, “यात्रा संस्मरण ।” लिम्बुनी सोबितेको गाउँमा पहिलो पाइला नै मेरो लेखनका उर्जा बन्यो । यो भन्दा अघि यस्तो कुनै अवसर नै मिलेको थिएन । यस्तो सुनौलौ अवसर मिलाइ दिने छथर समाजलाई साधुवाद । धनकुटाको हिलेमा अवस्थित विश्वको सबैभन्दा ठूलो तोङ्बा देख्दा लिम्बुगाउँको तोङ्बा सम्झेर नवराज दाइ र सन्तोष दाइ खुसी भएको अनुमान लगाएँ ।
खाना खान दिउँसोको १२ बजे सिधुवा पुग्यौँ कि ? बाटामा धनकुटाका तीन पत्रकार दाइहरु धराने पत्रकारको जम्बो टोलीमा मिस्सिएका थिए । खाना खान बस्दा प्राय सबैले दुई चोटि हात धोए । खानका लागि बा“च्ने नभएर बाँच्नका लागि खाने भएकाले पनि होला, जोडले कराएर मैले खाना मागे। खाना आयो । तरकारी आएन । तरकारी आयो अचार आएन । अचार नै नखाऊँ कि भन्ने विचार गरेँ । अचार आयो पानी आएन साँचो चाहिँ यो हो कि कसैलाई चाहि केही आएन । यात्राको त्यो रिस उठ्दो तर एकदम गजबको क्षण थियो । मनिता नानाले तल्लो टेबलबाट मलाई सुटुक्क चिहाउनु भयो ।खाना खाएर फोटो खिच्यौँ । सन्तोष दाइको खै कुन्नी के गाउँलाई व्याकग्राउन्ड बनाएर ।
सिधुँवाबाट
बस कच्ची बाटो मोडियो । जंगल,साँघुरो बाटो , हिलो , धुलो, ओरालो आम्मै
नि बस त झन्डै दुई चोटी पल्टेको । शुक्रबारे बजार छेऊछाऊमा जंगल राताम्मै
हुने गरी दुलही जस्तै सजिएकी पहाडले शीरमा गुराँस फुलाएकी थिई । त्यो रंग
चोर्ने काइदा मैले ठम्याउनै सकिनँ । पहाडका जंगलभरि गुराँस फुलेको देखेर
मभन्दा अघिल्लो सिटकी सानी बहिनी चिच्याइन कति धेरै गुराँस । जसले
पहिलोचोटि पहाड जाँदा गुराँस देखिन्, मैले एकचोटी विगत सम्झेँ । १५ वर्ष
अघि मधेस झर्दा पुस्तकमा देखेको बस गुडेको त्यो कुद्ने बसभित्र चढ्न पाउँदा
एकछिनलाई म आफैँलाईसमेत बिर्सेको थिएँ । पहाड घर फर्किएपछि कसरी गाउँका र
विद्यालयका साथीहरुसँग अँगालो मारेर साच्चैको गुड्ने बसमा चढेको कुरा भनेको
थिएँ । के ती सानी बहिनीले पनि मजस्तै गुराँको बारेमा त्यसै गरी गरिन कि
... ?अघिल्लो दिन पत्रकार महासंघ सुनसरीको कार्यालय धरानमा दाजुहरु नवराज, भोजराज, सन्तोष नानाहरु सरिता, मनिता साथीहरु प्रेम, सबिन, रश्मीसग भोलि बिहान ५ बजे नै घण्टाघरमा भेट्ने वाचासहित छुटेका थियौ । त्यै टिमका केही साथीहरु म नगए नजाने भएकाले पनि म जानै पर्नेजस्तो भएको थियो । धरान देखि ९६ किमी उत्तर तेह्रथुमको पन्चकन्यामा हुन गइरहेको दोस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सवमा । साच्चै नढँटुम् त हतार थियो मनमा छथर जानको लागि । त्यही र त अघिल्लो दिन नै व्यागप्याक गरेको थिए ।झोेला भित्र एउटा जम्फर अरु सामानको तुलनामा निकै ठूलो थियो । नवराज दाई र साथीहरुको जाडो सम्झिदै दिएको सल्लाहको सिरोधार्य नै हो जम्फर । व्यागभित्र ब्रसमन्जन, तौलिया, क्यामेरा, चार्जर पनि कोचे र केही आवश्य कपडा पनि । तीन दिन बस्नुपर्छ मैले सोचिहाले । फागुनचैतको मौसम धुलो पनि कम्ती उड्दैन । वाफ रे । मनभित्रै धुवाँधुलो उडाउदै भूमरी चल्यो ।, ख्वाङ् ख्वाङ् खोकी चल्यो बेस्सरी । केही त छुटेन यात्राको आवश्यक सामग्री फेरि एकचोटी दिमाग घुमाए ँ । क्यामेराको मेमोरी लाग्ने एडप्टर चाही भोलि बाटोमै किनँैला । ओच्छ्यानमा पुगिसकेपछि निदाउन अघि कल्पना गरे । छथरकी लिम्बुनी सोबिते सिरफुलै शिरबन्दी, बुलाकी मनमा एक प्रकारको चित्र बस्यो । लिम्बुनी भेषैमा कति राम्री देखिएकी मन किन हो कुन्नी अनौठो वेगले पुलकित भए झै भयो ।
बिहानको ४ बज्यो ।
समयको जति धेरै ख्याल र महत्व भएपनि घडीको महत्व घट्दै गएको हो कि भन्ने बुझाइ केहीको रहेको छ । तर पनि धरान र घण्टाघर परिपूरक अर्थात धरानको भुटुकेन्द्र सम्झिनै पर्ने यो बानीको विकासमा छाप नै बसेको छ । जसरी आस्तिकहरुमा ईश्वरको छाप छ । घण्टाघरले ४ बजेको घण्टा हान्यो । ठ्याङ् ठ्याङ ठ्याङ् ठ्याङ् । म ओछ्यानमै तनक्क तन्किएर जुरुक्क उठे । मोबाइलको घडी हेरेर सम्भावित भ्रमको अन्त्य गरे । साँच्चै ४ बजेछ । अ, एउटा कुरा बिहान चाडो नउठेको पनि महिनौ बितेछ । हे निन्द्रादेवी मलाई माफ गर्नोस् मैले मनमनै भने । हा हा हा म आफै हँसे । पागलजस्तो । बाथरुम गए नुहाए र ताजा भए । ब्रस गर्दा गिजाबाट रगत आयो यो मेरो दातको नियमित र महत्वपूर्ण कामको सूचिमा नै परेको छ । बाथरुमबाट निस्केपछि नवराज दाईलाई कल गर्नै लागेको थिए । रश्मी जीको कल आयो ।
“गुडमर्निङ ।” मैले अँग्रेजी छाटे ।
“मर्निङ । उठ्नुभयो ।” उताबाट आवाज आयो ।
“अघि नै अनि तपाइ निद्रामै हो ?” मैले भने ।
“हो” । फेरि उताबाट आवाज आयो । ल छिटो गर्नुस् भनेर मैले फोन राखे । रश्मी जी म सग निन्द्रामै बोल्दै हुनुहुन्थ्यो । पछि नवराज दाइसग सम्पर्क भयो । म पौने पाँच बजे नै घण्टाघर पुग्दा रश्मी र सबिन जी घण्टाघरको गेट छेऊ मै उभिरहनु भएको थियो । हामीले भेटघाट ग¥यौँ । अलि मास्तिरको चौतारीमा दाइहरु भोजराज,गोविन्द ,नबराज ,लक्ष्मण हुनुहुन्थ्यो । सन्तोष दाइ र सरिता नानालाई केहीबेर कु¥यौ । दाइहरु भैरव आङ्ला दाइसग सम्पर्क भएकोले हाम्रो सवारीसाधन अलि बेर गरेर भएपनि सवाघण्टापछि मात्र आयो । यो कुनै आश्चर्यको विषय नै थिएन । हामी एकदम निपूर्ण छौ । पर्खिन र पर्खाउन । साँस्कृतिक कलाकार र आयोजक पनि त्यही बसमा चढेको हुनाले बस पहिले नै भरिएको भएपनि कोचकाच बस्यौ । हाम्रो त खाली भूई तानेर बस्ने बानी छ । गाडीको २ नम्बर गेयर लागायो प्रतिघण्टा २० किमिको दूरीमा हामी उकालो हुइकियौ । घ्याच्च । गाडी रोकियो । हामी छाताचोक पनि पुगेका थिएनौँ । फेरि केही थान मुलाको सिन्की कोचे झै मान्छे कोच्यौ । बसमा भिड नै भएपनि हामी त्यतिबेला चाहि साँच्चै रोमान्चित थियौ जतिबेला पेट्रोलपम्प देखि भेडेटारसम्मको उकालो जबजब चढ्दै गयौ । धरानलाई तलतल छाडेर नागबेली बाटो उक्लिदै थियो । धरानमा केही दिनदेखि बिस्तारै बढेको गर्मी परपर भाग्दैथियो । भेडेटार पुग्दा करिब बिहानको सात बजिसकेको थियो । हामी चियानास्ताका लागि जब ओल्र्यौ बसबाट एक्कासि माथितिर नाम्जेले सुनको सूर्य बोकेको थियो तर कति पनि गह्रौ नमानी । हामी मटर र चिउरा टोक्दै आधा घण्टाजति बस्यौ । “ल सबै पत्रकारले फोटो खिच्ने” उर्दी नै जारी भयो । त्यतिबेलाको नाइके सन्तोष दाइको । सबैले एकअर्काको फोटो खिचे । मैले फोटो खिच्दा उत्तरतिरको हिमालले घुम्टो छोप्नै लागेको थियो । खै कुन्नी सर्माएर हो कि .... । सबैभन्दा बढी तस्बिर चाहि सन्तोष दाइको सबैको क्यामेरामा कैद भयो कि ? अँ साँच्चै प्रेम जीको पनि । हामीमध्येका धेरै पत्रकारले “बाइबाइ धरान , हेल्लो हाइ छथर” भनी सबैले फेसबुक स्टाटस अपडेट गरिरहँदा भेडेटारको नागबेलीले हामी फर्कने पर्खाइमा इन्तजार गरिरहे जस्तै प्रतीत हुन्थ्यो ।

भेडेटारदेखि तम्मोरसम्मको यात्रामा यात्रा र महोत्सवको विषयमा कसले के लेख्ने भनेर चर्कै बहस भो । धेरैले न्युज र फिचर लेख्ने भए, मैले जोडले भनेँ, “यात्रा संस्मरण ।” लिम्बुनी सोबितेको गाउँमा पहिलो पाइला नै मेरो लेखनका उर्जा बन्यो । यो भन्दा अघि यस्तो कुनै अवसर नै मिलेको थिएन । यस्तो सुनौलौ अवसर मिलाइ दिने छथर समाजलाई साधुवाद । धनकुटाको हिलेमा अवस्थित विश्वको सबैभन्दा ठूलो तोङ्बा देख्दा लिम्बुगाउँको तोङ्बा सम्झेर नवराज दाइ र सन्तोष दाइ खुसी भएको अनुमान लगाएँ ।

खाना खान दिउँसोको १२ बजे सिधुवा पुग्यौँ कि ? बाटामा धनकुटाका तीन पत्रकार दाइहरु धराने पत्रकारको जम्बो टोलीमा मिस्सिएका थिए । खाना खान बस्दा प्राय सबैले दुई चोटि हात धोए । खानका लागि बा“च्ने नभएर बाँच्नका लागि खाने भएकाले पनि होला, जोडले कराएर मैले खाना मागे। खाना आयो । तरकारी आएन । तरकारी आयो अचार आएन । अचार नै नखाऊँ कि भन्ने विचार गरेँ । अचार आयो पानी आएन साँचो चाहिँ यो हो कि कसैलाई चाहि केही आएन । यात्राको त्यो रिस उठ्दो तर एकदम गजबको क्षण थियो । मनिता नानाले तल्लो टेबलबाट मलाई सुटुक्क चिहाउनु भयो ।खाना खाएर फोटो खिच्यौँ । सन्तोष दाइको खै कुन्नी के गाउँलाई व्याकग्राउन्ड बनाएर ।
हाम्रो बस करिब ३ बजे पन्चकन्या पुग्यो । छथर समुदायको थाकथलो र हाम्रो गन्तव्य स्थान पनि । पोखरी, वराह मन्दिर, माथितिर गढीथुम । लिम्बू समुदायले सुँगुर भनी वराह देउता खेदेपछि हालको वराहक्षेत्रमा आएर विलय भएको छुट्टै किम्वदन्ती पनि रहेछ । केहीछिन पछि महोत्सवको औपचारिक कार्यक्रम सुरुभयो । सिक्किम सरकारको पूर्व चिफइन्जिनीयर तथा भारतीय लिम्बू महासंघका सभापति यसआर खजुम पनि आमन्त्रित पाहुनाका रुपमा पाल्नु भएको रहेछ । औपचारिक कार्यक्रमसँगै स्थानीय विभिन्न जातजातिका साँस्कृतिक नृत्य र झाँकी प्रदर्शन हुन थाले । लिम्बू जाति जातीय भेषभूषामा सजिएको लिम्बुनी सोल्टी र सोल्टिनीले च्याब्रुङ बजाउँदै पालाम भन्दै एकअर्काको हात समाएर नाचेको धाननाच र नाचिने त्यो नाच साँच्चै किरात भूमिको अनादि कालदेखिको संस्कृति हो । हामीले गर्व गर्ने बिषय । हामी मध्ये धेरैलाई पश्चिमी सँस्कृतिदेखि व्याकुल भएकालाई सितल छहारी नै हो । धान नाच, मारुनी नाच, धामीझाँक्री नाच, पन्चेबाजा, बालुन, संगिनी, भजन मण्डली छोटि गाव मे धेर सस्कृति तरह प्रत्येक एक से एक साँच्चै हामी किरात भूमिमा थियौँ ।

बिहान कार्यक्रम स्थल पुग्दा भैरब आङला दाई बाहेक सुनसान देखेपछि हामी समयको फाइदा लुट्न थुमतिर चढियो मकालु टेलिभिजनका गजेन्द्र दाइलाई रिर्पौटिङमा साथ दिदै ।
हामीले त्याहाको वस्तुगत अध्यायन र इतिहासको बारेमा थोरै बुझ्ने मौकालाई फुत्कने अवसर दिएनौ । त्याहाको बुज्रुकहरु संगको कुराकानी पछि हामी कार्यक्रम स्थल पुग्दा कार्यक्रम सुरु हुनै लागेको थियो । दोश्रो दिन फर्कन खोज्ने नवराज दाई र साथिहरु म नफर्किने भएपछि धनकुटाका दाईहरु र गोविन्द दाई फर्किए । बेलुकी तीन बजेपछि स्थानीय कलाकार र राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतिले स्टेज तताएपछि बल्ल तात्यो पन्चकन्या महोत्सव । गीतको तालमा मर्किएका लिम्बुनी सोल्टिनीहरुको धेरैजसो दृश्य मैले मकालु टेलिभिजनको क्यामेरामा कैद गरेँ । सविन जी र प्रेम जी फोटो खिच्नमै व्यस्त देखिन्थे । सन्तोष दाइ त सोल्टिनीहरुसँग नाच्न मै व्यस्त छमछमी । भैरव दाइ हाम्रो मुभमेन्ट देखेर मुसु्क्क हाँस्नु हुन्थ्यो । साँच्चै त्यो दिन रमाइलो रह्यो । बेलुकी जलपान र खानपानसँगै राम्रै भयो । सुत्नका लागि दोस्रो दिन पनि हाम्रो समस्या जस्ताको तस्तै थियो । सविन जी आफन्तकोमा गएकाले प्रेम जी र म सुरक्षाकर्मीको सेल्टरमा घुस्रन पुग्यौँ । सबै जनाको झोला बोकेर
सुत्नचाहिँ राइफल सिरानी लगाएर सुतियो ।
बिहान उठेर फोन गर्दा हामीले थाहा पायौँ । दाइहरुको त पन्चकन्या स्कुलको चिसो वरान्डामा पो सुताइ भएछ । त्यो पनि गजब भयो पन्चकन्याको सम्झना स्वरुप । छेलो हान्ने प्रतियोगितामा पत्रकारको सहभागिता जनाउँदै १५ फुट हानेँ । तर त्यो जितका लागि पर्याप्त थिएन । मानौँ त्यो छेलोले मलाई नै छेलो हानिरहेको थियो । महोत्सवको समापन पछि फर्कने तयारीमा जुट्यौँ । बसमा मान्छे जाँदाभन्दा आउँदा झन थपिएका थिए । कोचिएरै भएपनि बसियो । सायदै विरलै मात्रामा यस्तो कोचिएको यात्रा गर्नुपर्ला । बसको झ्याल साइडमा मेरो सिट भएकाले केही राहतको अनुभव गरेँ । बस जब चल्न थाल्यो । सम्पूर्ण छथर बासीले हामीलाई हात हल्लाएर विदाइ गरे । जसरी स्वागत गरेका थिए । बडो सम्मानका साथ ।
वास्तवमा गाउँको स्वागत र विदाइमा रमाइलोमा मिसिएको नरमाइलोले कालान्तरसम्म पनि त्यो यादको अविस्मरणीयता कायम राख्दो होला । मैले पनि बसबाट टाउको निकालेर हात हल्लाएँ । अलिपरबाट छथरका सोल्टिनीहरुको हावामा उड्दै आएको मायालाई अन्जुली भरी मुठ्याएँ । अनि मनभरि भरेँ । सायद कुनै दिन छथरको र तपाईँहरुको माया पाउन सक्छु कि सक्दिनँ भन्दै । बसले गति लियो । सोल्टिनीहरु क्रमशः आँखाबाट ओझेलिँदै गए । बाटाभरि हामी चढेको बसमा फूलको वर्षात भइरह्यो ।
/////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////////
आफ्नै जिन्दगीमा : पात्रहरुको अधिकार
![]() |
-स्पन्दन साइला |
“परिवार समाज र देशको साझा कानुन र दायरा भित्र रहेर पूर्ण अधिकार छ आफनो जीवनमा कसरी बाच्ने भनेर,”मैले भरखरै भनिदिए ।
तर थाहा छैन म आफनो जिन्दगीसँग कती विकट र कती निकट छु , त्यो पनि ढुङगाको जस्तो कठोर मन बनाउन चाहन्थे र भन्थे ःमलाई कसैले पगाल्न सक्दैन । तर किन पर्यो केटाकेटीको आशु देखेर रुन र किन वालुवा चाल्नेहरुको कथा ब्यथा बुझ्न मनहरी खोलाको किनार जान पर्यो ? त्यही र दुनियाँले वाध्य बनाउछ मैन जस्तो पग्लन र तप्प तप्प चुहिन । अनी कसरी भनौ म आफनै जिन्दगी पूर्ण अधिकारमा निहित छु । असलमा कुरो आज दिउसोकै हो । प्रयोगात्मक शिक्षण अभ्यासको अन्तिम दिन विद्यार्थीहरु बिदाको क्षणँ रुदा मलाई पनि कता कता चिसो पसेको थियो भित्र । त्यही र त बिदा नमागी नै भक्कानिएर बिद्धालय परीसरबाट भागेको थिए । जतिबेला बिदा दिन सकिरहेका थिएनन् । म त्यो भन्दा बढि भैसकेको थिए । जुन बेला आमा रोएकी थीईन घरबाट म हिंड्ने बेला ःछोरा चाडै फर्की है ः आवाज संगै दलानमा उभिएर म ढिस्कोले नछेकिन्जेल एक टकले हेरिरहेको सम्झदै.................

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
मैले थोरै दिएर धेरै पाएको थिए अर्थात थोरै माया दिएर धेरै पाए , थोरै पढाए धेरै पढिए । साच्ची भनौ उल्टो तिनिहरु मेरा गुरु थिए कि जहाँ म सिकिरहेको थिए ःसमुहमा कसरी बस्ने ? माया के हो ? आदर सम्मान के हो ? सम्बन्ध कस्तो हुन्छ ? यस्तै यस्तै अनी कोही निर्दयी हुदैन । मानौ हरेक घन्टिको पैतालिस मिनेटमा पैतालिस जोडा कुरा सिक्दै थिए पढाउने नाममा ठगेर । अँ त म साच्ची भन्दै थिए । तिनिहरुको हातमा राता सेता गुलाफ र अन्य फुलहरु थिए । हामीलाई दिनको लागि । हेर्दा तिनिहरुको अनुहार यस्तो थियो मानौ कुनै बालकको सबैभन्दा प्रीय वस्तु हराएर अझै भेटेका छैनन् । भन्दै छ मलाई त्यही पुतली चाहिन्छ र बलेर सकिनै लागेको मैन मन्द मन्द , मधुरो र र हल्लिरहेको प्रकाश जस्तो । अनुहार रुमाल, सल र पछ्यौराले ढाकेर घोप्टो पारी बिस्तारै बिस्तारै पुछिरहेका थिए । म देख्दै थिए झ्याल पट्टी ममता र अप्सनाको कुनै दौडको क्रममा घुडा टेकेर बसेको खेलाडि झै आँखामा तयार थिए सेती नदी तेज बहाबको लागि । हलचल थिएन तिनिहरुमा न त हिजो जस्तो खलबल र ख्यालठट्टा थियो त त्याहा केवल सबैका आँखाको डिलैमा सेती नदिहरु । मैले माथिनै भनेनी ढुङगाको जस्तो कठोर मन पनी पग्लियो त्यही र त आज भन्ने पक्षमा छैन म ज्यान मन आफनै मर्जिमा छ । यो त सब समय र अरुकै हो जसले भोगिरहेको छ । आफु त लगाममा खिचिएको र पिठ्यूमा भारी लादिएको र ढाडमा मान्छे चढेको घोडा न हो आखिर । तिनिहरु मध्ये एक सानो फुच्चेले चिच्याउदै सोधेको थियो ।

ःघर कहाँ हो रे गुरुको ?
ः पुर्व खोटाङ ।
ःकहिले जाने ?
ः दुई महिना पछी ।
त्यस पछी बिसिर्ने होला ?
म निरुत्तर ठिङ्ग उभिरहे केहि सोच्न नसकेर ।
मलाई सानो उपहार दिदै रुन लागेको थियो उ । मैले बल्ल थाहा पाए । सम्मान नै प्रेम रहेछ जसले विश्वास र महत्वपूर्ण ठान्छ ।
मैले सोचेको थिए प्रयोगात्मक कक्षा शिक्षणमा आफनो लागि मात्र पढाउछु र राम्रो अंक ल्याएर पास गर्छु । तर त्यो भन्दा अगाडिनै फेल भएको रहेछु । जब म बाहिर मन बाधेर साथी पर्खदै थिए । आलो आँखा लिएर आएको थियो साथी र मलाई थाहा भयो भित्र कक्षाकोठामा खोजी हुदैछ एक हातले ताली बजाउन खोज्ने म आँफैलाई । हामी अलिक वर आइसकेका थियौ । एकभारी गर्हौ मनलाई मनले नै नाम्लो ,खकन र टेकुवा लगाएर यसो पछाडि फरकेर हेरेको हातमा लालुपाते फुल लिएर प्राय कक्षा एकका केटाकेटी हात हल्लाइरहेका थिए । म अनुमान लगाउन सक्थे तिनिहरु हामीलाई नै डाकिरहेका छन भित्र पटी बाटै गेटलाई नै अडेस लगाएर ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
लेख ,कबिता कथा , गजल आदि लेख्नलाई प्राय पार्क वा बन्द कोठानै काफी छ । तर मेरो साथीलाई मनहरी खोलाको किनार दौडनु छ साप्ताहिक पत्रिकाको स्तम्भको लागि लेख्न । र म पनि त्यही चाहान्छु । अब हामी मनहरी खोलाको किनरमा छौ ,म साबेल चलाउदैछु जुत्त र झोल नखोली कुनै लेखकको रवाफ देखाउदै । साच्ची भनौ त त्याहा पनि बस आङ्खनो स्वार्थ पुरा गर्ने हेतुले साबेला चलाऊदैछु । साथी सोधखोज गर्दै नोटबुकमा केही कुराहरु नोट गरिरहन्छ । म सुन्छु बस सुन्दै साबेल मात्र चलाउछु।
—बिहान कती बजेबाट काम गर्नुहुन्छ ?
बिहान छ बजे बाट ।
—कतिबेला सम्म?
साझसम्म।
—खान?
प्रश्न नसकिदै उत्तर आउछ –एक छाक ।
—कती वर्ष पुग्नु भो ?
त्यस्तै तीन बिसमा तीन घटि ।
—उहा नि? उनको श्रीमती तिर औलाउदै । .
त्यस्तै हो .......................
म जान्दछुकी ति बुढाबुढिले वालुवा चालिदिनाले कती मानिसका नयाँ घर बनेका छन बर्सौ देखी तर रमौली र प्रतापपुर गाउँ नै राप्ती खोलाले बगाउन लागिसकेको छ । उनिहरुको काँसले बारेर काँसले नै छाएको घर समेत । भगवान बिर्सेंर भन्ने हो भने त म फेरी गल्न थालको छु । थोरै आएको शान्ति पछी । जो छन तिनिहरु सर्वश्रेष्ठ छन । आफनो श्रममा थोरै भएपनी खुशी छन् । तर साहु पल्टिदाहरु उल्टै यो भएन र त्यो भएन भन्छन । दिनमा एक चोटि हातमुख जोर्नको लागि खप्दैछन हिउदको दिनभरिको घाम ,पसिनाको धारा ,रातको जिउ दुखाई बिहानको झिसमिसेमा मनहरी खोलाको चिसो पानीमा आछु छु छु छु ..................................................................................सम्झिदा पनि जिउनै सिरिङग हुन्छ । उनिहरु आफै भन्छन– हाम्रो सुख्खको खुशीको र रहरको यो काम होईन । रहर थियो हामीलाई पनि अग्लो घर बनाउने , मिठो खाने , राम्रो लाउने , यो फोहोर पानी पिएर हैन प्रसोधित रम खाने तर आफनो पक्षमा भाग्य र इस्वर नभए पछी जबरजस्ती बाध्न परेको छ स्वतन्त्रता । म अहिले सोचिरहेछु फेरी ति बुढाबुढिलाई भेटे भने धन्यवाद दिने छु ता कि मेरो मानसिकता
बदलिदिएकोमा ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
म अहिले सम्झना सकिरहेको छैन । कि एउटि पाँच छ वर्षकी सानी बच्चिले त्यति राम्रो सँग नपट्याएको एउटा कागज र रातो गुलावको फुल दिई।
त्यो खोलेर हेर्दा केरमेर गरेर लेखिएको उनको नाम र गुलाफको फुल बनाइएको थियो । भर्खर एक वर्ष पुग नपुग बिद्यालय आएकी बच्चिले जम्मा क ख र a b c d सिक्दै होली । यत्रो ठुलो मायाको अर्थ र उपहार जो अर्थमा शब्दमा ब्याक्त गर्न शायद शब्द छैन ।
अहिले ति केटाकेटी सम्झिरहेछु । जो रातो फुल र अध्यारो अनुहार लिएर कक्षाकोठामा आएका थिए । साचो त यो हो की जब जब तिनिहरुलाई बिर्सने प्रयास गर्छु तिनै अनुहारहरु हातमा लालुपाते फुल लिएर अझै मलाई हात हल्लाई रहेका छन र हात अगाडि बढाएर भनिरहेका छन गुरु मोबाइल न ...............।
म लेख्दा लेख्दै सोचिरहेछु कि म रुदिन भन्ने मान्छे बिना खुशी रोए भने । रहरको खिलाफ वालुवा चाल्नु पर्छ भने र मन नलाग्दा नलाग्दै कसैलाई बिदाइको हात हल्लाउनु पर्छ भने हामी आँफैलाई सियोको टुप्पो जत्रो पनि आफैको अधिकार छैन। किनकी आफै स्वतन्त्रता खोसिन्छ र हामी अधिकार बिहिन भएर एउटा गुफाको जेलमा बन्दी छौ । पढाउदा पढादै स्वर सुक्छ भने ,हिड्दा हिड्दै खुट्टा गलेपछी ,खाँदा खाँदैको गास अड्के पछी हामी कती स्वतन्त्र छौ हेर्ने आँखा वरीपरी कचेरा लागेपछी के देख्नु ? यदी अधिकार नै थियो भने म रुनु पर्ने थिएन , ति बुढाबुढि बगरमा बेल्च्चा हैन एउता अफिसमा भेटिन्थे होलान् ,ती केटाकेटीले गेट भन्दा बाहिर निस्किएर मलाई भन्थे होलान् निस्ठुरि मास्टर ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

ई
बिर्सने प्रयास गर्छु तिनै अनुहारहरु हातमा लालुपाते फुल लिएर अझै मलाई
हात हल्लाई रहेका छन र हात अगाडि बढाएर भनिरहेका छन गुरु मोबाइल न
...............।
No comments:
Post a Comment