सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

शुत्रकथा

                                      आप्पुई बन्द 

                                                                                                                                                                                                                                       -स्पन्दन साइला  

                                     ..................नेपाल ........................

नेपालमा आर्थिक  बिकास र अौधोगिक् क्रान्ति गर्न नसकेको भनेर नेपाल सरकारलाइ नालायक सरकार घोषणा गर्दै नवसमाजवादको दस्ताबेज बोकेर हिंड्ने प्रगतिशिल भनिने ३३ दलको प्रमुखहरुले पाच बुदे माग सहित पाच दिनको नेपाल बन्दको घोषणा गरे । 

१ , यातायात ब्याबसायीहरुबाट लीने चर्को भाडामुल्यदर अती महँगो भएकोले त्यसप्रती सरकारले उदारता देखाउनु पर्ने ।  
२ , सिक्षन सस्थामा हुने सैक्षिक माफियाको रबैया पूर्ण रुपमा नियन्त्रन गर्नुपर्ने । निजी सिक्षनसस्था प्रती उदार निती अपनाउनुपर्ने ।
३, केन्द्रिक्रित राज्य सम्रचना प्रनालीलाइ विकेन्द्रिकरन गर्दै छुट्टाछुट्टै राज्य सम्रचना निर्माणको लागि वार्ताको बातावरण बनाउनु पर्ने ।
४, सुकुम्बासीलाई आधारभुत गास,बास ,कपास, शिक्षा आदिको पूर्ण ब्यबस्थापन सरकारले गर्नु पर्ने ।
५, नेपाल भारत सिमा बिवाद सम्बन्धी मुद्धा  छिटो टुंगो लगाउनु पर्ने साथै सुगोली सन्धि खारेज गर्नु पर्ने  ।
पाच बुदे मागपत्र पढिसकेर कसिलो मुठ्ठि कसेर नेपाल बन्द कार्यक्रमका सम्योजकले अभिवादन गर्‍यो । संगै तालिले कार्यक्रमा स्थल गुन्जायमन भयो ।
बेलुका धरानको भानुचोकको माथिल्लो पटिको गल्लिमा नाम मात्रको धनीलाल दिनभरी बन्दको कारण रिक्सा चलाऊन नपाएपछी बेलुकी नुनतेल किन्ने पैसा श्रीमतीको हातमा राख्न नसकेर श्रीमतीको तमासको गाली खाए पछी आफु सँग भएको पैतिस रुपैयाको खोयाबिर्के लाइसके पछी बरबराउन सुरु  गर्‍यो । 
- कसले बेच्यो टनकपुर र कोशी ?
- कस्ले गर्‍यो दस बर्ष गृहयुद्ध र बनायो सुकुम्बासी ?
- कस्ले उठायो जबरजस्ती चन्दा र बढायो माफिया ?
साला गाडी जलाउने ति भोको बस्नु पर्ने मैले ?कुनकुनलाई भाग पुगेन साला मुलाहरु मेरो छाला उतारेर भाग लगाउ ।  

                    ........................ढोका .........................


- नाम के हो ?
- फुलमाया । 
- आच्या यो मोड्रेन जमानामा पनि फुलमाया । 
- नाम चाहिएको  कि काम ?
- काम पनि नाम पनि नि मैया । बरु कती पो हो ?
- दुइ हजार मात्र हो । त्यसमा सबै मेरो । 
- अली बेसी भएन र भन्या ?
-  यो महंगी चाँही कस्ले खाने तेसो भए ? 
-  धन्दामा आको कती भो ?
- पहिलो पटक , भर्जिन ।  छिटो गर्नुस् अर्को कस्टमर वेट गरिराछन । 
- पहिले धोकाको चुक्कुल त राम्रो सँग लगाउ ।

              ...................नयन ....................


भनिन्छ प्रेम आँखा बन्द गरेर गरिन्छ नकी खोलेर । प्रेम त दिल खोलेर गरिन्छ । यो त कानुन जत्तिकै अन्धो हुन्छ।  माया या अझ बेसी भनेर भनिन्छ प्रेममा न जात हेरिन्छ न उमेर न भबिस्य । धरानको बुढासुब्बा मन्दिरको बासमा दुई प्रेमिले एकार्काको नाम लेखेर साझ अबेर सम्म मन्दिरको पुर्व पत्टिको अन्तिम फलैचामा बसेर माया प्रितीको कुरा गरे । एकार्काको अङालोमा बेरिएर । साझ छिप्पिदै गयो नजिकैबाट पनि मान्छे चिन्न गाह्रो पर्ने गरी । ति प्रेम जोडीले एकान्तको फाईदा लिएर आँखा चिम्म गरेर कतै अन्तै हराए झै अङालोमै बेरिएर एकार्कालाई चुम्बन गरिरएकै बेला चाहकिलो  लाइटको प्रकाशले ध्यान भंग गर्‍यो । 
- ओेई मुना मदन काम पाइनस ? रातमा पट्रोलिङमा रहेको पुलिस इन्चार्ज हवल्दार कड्कियो । दूईटैलाई  जिपमा राख । अर्डर दियो ।   

-हामी त एक अर्कालाई प्रेम गर्छौ हजुर । 

-थाना गएर डियसपी सापलाई भन्नु तिमेरु को हौ भनेर । 
-गल्ती भयो हजुर।  
-गल्ती त तिमेरुको  बा-आमालाई भन्नु । भन्नु पनि के गल्ती बाउ आमा कै छ । 

                                 ...............सिमा ..................


गाउ-शहर ,चोक- गल्ली ,भट्टि-क्याफे ,मन्दिर -बधसाला ,सबैतिर चुनावको चहलपहल खुब बढेको छ । सैक्षिक सस्थाको कम्पाउन्डको भित्ता ,गाडीको अगाडि पछाडि ,पर्खालको भिता बिजुलिको पोल यानेकी चल अचल सबै बस्तुमा यती सम्मकी गाइगोरुको जिउमा ,लगाउने टोपिमा टिसर्टमा जहातही,जताततै चूनाबि पर्चा टासिएका छन । मानौ  पुरै बिस्व चूनाबि माहोलमा छ । केही खुकुरी छाप ,कोही घाम छाप, कोही छाता छाप ,कोही हसिया हथौडा छाप,कोही गाछी छापको पक्षमा छन । चुनाव हुने मितिको घोषणा गरे पछी सबै दलले चुनाव सान्तीपूर्ण ,निस्पक्ष रुपमा गर्ने भनी एउटा सम्झौता पत्रमा किरिङ्ग मिरिङ्ग अक्षर देखी अौठा छाप सम्म ठोके । सबै दलले आ-आफ्नो घोषणा पत्र जारी गरे । चुनावलाई ध्यानमा राखेर नेपाल-भारत नेपाल-चिन  सिमा क्षेत्रमा सुरक्षावल दोब्बर तैनाथ गरियो ।  क्षिमेकी देशले शन्तिपूर्ण चुनाव गराउन भनी सुरक्षा निकायलाई थुप्रै दर्जन सवारि साधन पनि सहयोग गरे । 

तथापी चुनावको मिती सम्म थुप्रै बमहरु पड्किए । धेरैले ज्यान गुमाए धेरैले आफन्त । कुन्नी यसमा कस्को हात थियो । यसमा राजनीतिक दल त समाबेश छैन भन्दा हुन्छ । उसले त सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सिमानामा पनि सुरक्षा जाच गतिलै थियो । छिमेकिले त पक्कै तेसो गर्न सक्दैन । झन उसले त सुरक्षाको लागि सवारि साधन सहयोग गरेको छ । कुन्नी कस्ले ?कसरी? किन? के का लागि ? गर्‍यो । मलाई त जहाँ सम्म थाहा छ मेरो देशमा सियो बन्दैन । उत्सबमा पड्काइने पटेका पनि छिमेकी देशबाटै आयात हुन्छ । रेडियो ,पत्रपत्रीका , तेलिभिजन ,अनलाइन हरुमा एकले अर्कोलाई आरोप र प्रत्यारोप गरे । नाकै मुनी पादे पछी मात्र सबैले चाल पाए ।      

                                           ................बिकास .................


        छाताचोकको रोड वेज कफी सपमा अध्यारोलाई चिर्दै बलिरहेको मैनको प्रकाशमा म र मेरा तीन फुर्सदिला मित्रहरु बसिरहेका छौ । असलमा म पनि फुर्सदिलो नै ।  कलेजको पढाई सकिए पछी केही काम नपाए पछी बरालिएर आवारा भएर हिंड्नु बाहेक पनि अर्को के काम बाँकी छ र हामी सँग । काम र बैकबाट लोन नपाएर निराश बनेका मेरा मित्रहरुको तीन कुरालाई नोट गरे जो यस्तो  छ । 
मित्र न १ : कृषि प्रधान देसका हामी यहाँ कृषि गर्छु भन्दा लोन नपाईने ,कार किन्छु भन्दा लोन पाइने देशको नागरिक म ।  

मित्र न २ : खुट्टामा लगाउने पचास रुपैयाको चप्पल सोकेशमा सजाएर राख्ने तर खान प्रयोग हुने सब्जी फुटपाटमा हुने देशको नागरिक म ।   

मित्र न ३ : हामी आ-आफै ठीक र गलत ,थाप्ने भाडा ठुलो हुनु परोनी मागेपछी थाप्ने झोला नै सानो भए पछी के गर्ने त्यो मेरो आफ्नै समस्या हो । दोस जती म आँफै जिम्बेवारि लिन्छु । 

बोल्ने पालो त मेरो थियो तै पनि मैले केही भन्ने हिम्मत गर्न सकिन । 

                                                                                                           -धरान ,सुनसरी 

No comments:

Post a Comment