सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Monday, June 30, 2014

सुत्र कथा

                           थुक्क हामि   

–एसके निधन 

https://www.facebook.com/pages/Spandan-Saila/488343347929737?fref=ts

१.

बिहार तिरको एउटा ब्यापारिले उ संग प्रस्ताव राख्यो–तिम्रो गाई र मेरो खशि साटौ। जाबो ब्याउने गाई संग जमुना पारिको खशि साट्न पाउदा किन नसाट्नु भनेर उसले खशि र गाई साट्यो।

२.
उतै तिरको अर्को ब्यपारिको अर्को प्रस्ताव आयो –तिम्रो पखो बारि मलाई भाडामा देउ म तरकारि खेति गर्छु ।जाबो पखो बारिबाट भाडा आउने भएपछि यस्तो प्रस्ताव किन नस्विकार्नु? उसले बारि भाडामा दियो।

३.
ब्यापारिले अर्को प्रस्ताव राख्यो– तिम्रो खेतमा जाने कुलो मेरो तरकारि बारि तर्फ फर्काइदेउ म तिम्लाई खेत को दोब्बर पैसा दिन्छु। बगेर खेर जाने जाबो पानि बाटै पैसा आएपछि खेतमा कस्ले दुख गरोस्। उसले पानिको कुलो उतै सोझाईदियो।

४.
उसले आम्दानिका चौतफि र्बाटाहरुको खोजि गनर्् थाल्यो। लालुपाते र लालि गुरांस समेत् बेच्न पछि परेन ।

५ .
नव धनाड्य उ घरको आंगन मा सुर्य स्नान गर्दै थियो। घरकै बार्दलिमा बसेर उसकै छोरो नया“ नेपालि किताबबाट शब्द अर्थ घोक्दै थियो–
माटो अर्थात् राष्ट्र
गाई अर्थात् राष्टिर्यता
पानि अर्थात् राष्टिर्य सम्पदा
रातो फुल अर्थात् क्रान्ति
............................
उ घमक्क प¥यो । आफुले आफैलाई गजानन्द मिश्र ,गिरिजाप्रसाद कोईराला,केपि वलि र झन्डै–झन्डै पुष्पकमल दहाल प्रचन्ड नै होकि होकि समझ्यो र भुसुक्कै निदायो।



-हेटौंडा , मकवानपुर


No comments:

Post a Comment