सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Monday, May 22, 2017

दीपा राई पुनका प्रेम कबिताहरु

दीपा राई पुन 

पाचथरको रवीमा २०२५ मा जन्मनु भएकी कवयत्री दीपा राई पुन एक दशक देखि कबिताकर्ममा हुनुहुन्छ । हाल अमेरिकाको बोस्टनमा रहदै बस्दै आउनुभएको छ । उहाको अहिले सम्म 'तिम्रो सपनाको म', 'स्पन्दनका रागहरु' र 'छुटेको बागदाता' कबिता सङ्ग्रहरु प्रकाशित छ्न । कवयत्रीले त्रिभुवन विस्वबिधालयबाट नेपाली भाषा साहित्यमा स्नातकोत्तर गर्नु भएको छ भने भानु दुई शतबार्षिकिको अवसरमा भानु स्वर्णपदक र सम्मान प्राप्त गरिसक्नु भएको छ । उहाको दुई प्रेम कबिताहरु ... 
------------ब्लगर: स्पन्दन राजा 

 

प्रेमोपहार


धमिलो सम्झनाहरूले
तिमीलाई पनि पच्छाई रहेकै होला
त्यहि यादहरू त हुन
तिमी र मलाई जोड़ने सेतु
मनको एक पाखा भरि
सधै हरित बाँचेर
जीवनलाई उर्वर बनाई रहने
प्रेमोपहार जस्तो अमिट यादहरू

जीवन त बाटै बाटो हिडिरहेकै छ
तिमी एकातिर म अर्को तिर
फेरि पनि जीवन किनारमा
हामी सँगै बगिरहेछौ
एक अर्कालाई
खुशीको  कामना गरेर
काँडाहरू सहदै
परिस्थितिसँग जुझ्दै
बाँच्नुको सहास भरिरहनु
यो पनि त प्रेमोपहार नै हो

जीवनमा एक नज़र एक पल
प्रेम बनेर मनमा गढिरहन्छ
तिमीले जानेको भए
मैले बुझेको भए
मौनताको पहाड भत्काएर
जीवनकै हरियाली बगैचा
मिलेर बनाथ्यौ होला
आफैलाई नबुझेर आफूसँग हार्दै
एक अर्कामा जीतको कामना गरिरहनु
साँच्चै सुन्दर प्रेमोपहार हो प्रिय

आज तिम्रो जन्मोत्सव मन मै मनाए
केहिक्षण रोए र हल्का भए
धेरै तिमीलाई सम्झेर मुस्कुराए
तिम्रो निश्चल प्रेमको अगाडि
संसारको सबै उपहार तुच्छ लाग्यो
तिमीलाई केहि दिने हिम्मत गरिन
जीवनको अन्तिम स्वास सम्म
तिमीलाई -सिर्फ तिमीलाई
मेरो प्रेम नै प्रेमोपहार।

...............................................

अलग अनुराग


 बिहानको सुनौलो घामले
एक टुक्रा मुस्कान छर्छ
 टिपेर आफैलाई शिउरी दिन्छु
सौन्द्रयताको गहना सम्झेर
त्यति नै बेला तिमी आउँछौ
खै कताबाट
टोलाएर हेर्दै भन्छौ
हजार जूनी बाँच्न सक्छु
तिम्रो मुस्कानमा अल्झेर

जूनले अँध्यारोमा
लुकाई राखेको
खुशीको भण्डारबाट
एक चिम्टी खुशी तिमीलाई भन्छ
म हर्षले उफ्रिएर रमाउँछु
यो भन्दा धेर केहिँ चाहिन्न
रहरको सानो झिटीगुण्टा मेरै छ
बाँच्नुलाई यति काफि होइन र ?

फेरि पनि मलाई माया गर्ने
घाम जूनलाई भन्न सक्दिन
जीवनको संघारमा
समयले ग्रहण खसाएको छ
कष्टको भारी बोकेर
सपनाको उकालो हिड्नु छ
तिमीलाई पनि क्षमा माग्नु छ
प्रितले रेटेर दुखाउँन चाहन्न
साँचो माया अथाह  दुख्छ ।
............................................

No comments:

Post a Comment