- स्पन्दन साइला धरान ,सुनसरी
हाइकु -१
सुन्दर गाला
म्वाई खाउ जस्तो छ
लाज केलाई ?
हाइकु -२
जिन्दगी कैले
घाम पनि बनेर
जिउनु रैछ
हाइकु -३
लोग्ने र स्वास्नि
परालको आगो
घर झगडा
हाइकु -४
बन्दको बेला
काम सबै बन्द छन्
के खने होला ?
हाइकु -५
भनेर भन्दा
को भोकै बस्थे होला
दुखिया मात्रै
हाइकु -६
बन्दको नाम
बन्दको ब्यापार छ
लाखौको खाम
No comments:
Post a Comment