सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Wednesday, July 2, 2014

समिक्षा /एसके निधनको आधा दर्जन शुत्रकथामा घोत्लिदा


—स्पन्दन राजा

१ आमुख – 

    पेशाले शिक्षक रहेका दुई सन्तानका पिता शुत्रकथाकार  एसके निधन दधिराम ज्ञवली र माता कोपिला ज्ञवलीका माईला पुत्ररत्न हुन । विशेष गरि कबिता र कथामा कलम चलाउदै आएका निधन  मकवानपुरको हेटौडामा बसोबास गदै आएका छन ।
    एक दशक अघि गुल्मिबाट हेटौडा बसाई सरि आएपछि कवि पुष्प परागको सङगतमा साहित्य सृजना थालेका निधनले लघुकथा शैलिमा लेखिदै आएको सुत्रकथा भन्दा भिन्नै र नविन प्रयोग गरेर सुत्रकथा लेख्दै आएका छन् । विचारमा कम्युनिष्ट रहेका सुत्रकथाकारले सुत्रकथामा क्रान्तिकारी परिवर्तन नै गर्ने प्रयास गरेका छन् । सुत्रकथामा साधारण परिभाषा समेत नहुदा लेखकहरुमा बिद्यागत विचलन देखिन्छ । यो विषयमा निधनको व्याक्तिगत विचार छ —“लघु कथा र सुत्र कथाको फरक नै नजानेका र आफुलाई सबै बिद्याको ठेकेदार ठान्ने केहि बजारु लेखकले सुत्र कथालाई अपब्याख्या गरेका छन ।”

    फुटकर कबिता र सुत्रकथा देशका मुख्यमुख्य पत्रपत्रिका र वेवसाईटमा आउन थालेपछि चर्चामा आएका निधनको  संयुत्त कविता सङग्रह अत्रिप्त खण्डहर प्रकाशन भएको छ । उमेरले तिन दशक नाघेका उनै सुत्रकथाकारको विभिन्न समयमा लेखिएको र विभिन्न पत्रपत्रिका र वेवसाईटमा प्रकाशित प्रत्याभुती ,प्रभाव, थुक्क हामि ,एकादेशको कथा, शान्ति र विडम्बना सहित आधा दर्जन सुत्रकथाहरुमा अन्तरकुन्तर एक अध्यायनको प्रयास गरेको छु । सुत्रकथा सम्बन्धि २०४२ साल तिरै डा. ध्रुवचन्द्र गौतमले अवधारणा ल्याए र पछिल्लो समयमा काठमाण्डौबाट प्रकाशन हुने कौशिक त्रैमासिकले सुत्रकथा विषेशाङ्क निकाल्यो त्यसमा समावेस अधिकाशं कथाहरु लघुकथा स्वरुपकै थिए । जसले सुत्रकथामा कुनै ईटा थप्ने काम गर्न सकेन । तसर्थ अझै  पनि स्पष्ट मानङ्क नभएको अवश्थामा याहा मानङ्क तथा सुत्रकथा निर्माणको औसत आधार प्रक्रिया खोज्ने प्रयास समेत गरिएको छ ।

२ विÈयगत प्रवृति–
    निधनले राजनीतिक भ्रष्टिकरण्ँ, सामाजिक विकृति, युगिन यथार्थ, समाजिक असमानता,  आथिर्क असमानता, संंस्कार सस्कृति ,मानवता,यौनिक हिसां आदिलाई कथाका विषयवस्तु बनाएको पाईन्छ ।उनका कथाहरुमा प्रगतिवादि चेतनामा विषयवस्तुहरुको उठान पाईन्छ भने कतिपय कथामा आध्यात्मिक विचार र चेतनालाई प्रगतिवादि विचारले व्याङग्यत्मक प्राण दिएर विषयवस्तुमा सजिवता उतार्ने काम गरेका छन् । यसअर्थमा निधन प्रगतिवादी जीवनदृष्टिका कथाकार हुन् । उनको समग्र कथालेखन माक्र्सवादी विचारमा आधारित छ । यही विषयगत प्रवृति तथा दृष्टिकोण्ँलाई आत्मसात् गरी नेपाली समाजिक धरातलको यथार्थलाई कुसल ढङगले अभिव्यक्त गर्न असाध्यै पोख्त देखिन्छन् । नेपाली समाजमा विद्यमान अन्धविश्वास र राजनीतीक कुपरम्पराप्रति व्याङग्य, वर्गीय उत्पीडन र राजनैतिक अन्यायप्रति निधनका कथाले सशक्त प्रतिकार गर्न सक्नुले सुत्रकथाको विषयगत प्रवृति अब्बल रहेका छ ।
३ शैलीगत प्रबृति–
    कथाकारले कस्तो किसिमले तथा कस्तो प्रकारले सुत्रकथालाई अभिव्याक्त गरेको छ ? अथवा भाÈामा आएको कला, सौन्दर्य कस्तो छ ? भन्ने प्रश्नको सहि उत्तर नै शैलि हो । सहि अर्थमा शैली भनेको भाषागत प्रस्तुतीकरण्ँ या व्याक्तता हो । उनले ब्याख्यात्मक र सम्वाद वा नाटकीय रुपमा सरल ,सहज,सुकोमल र प्रवाहमय भाÈाशैली कथामा प्रयोग गरि आम पाठकले बुΣन सक्ने बनाएका छन् ।
    प्राय सबै कथामा स्वभाविक, व्याख्यात्मक, प्रतीकात्मक, सूचनात्मक,  आलङकार, प्रभावकारी, हास्यव्यंङगात्मक, प्रौढ, चेतनाप्रवाह आदि सरल भाषा शैलीमा  प्रयोग भए पनि “एकादेशको कथा”मा  जटिल अलङकारयुक्त र लामा वाक्यका कारणले साधारण पाठकका लागि जटिल लाग्न सक्छ । सबैले बुΣन सक्ने हुनु पनि साहित्यको असल पक्ष हो भन्ने कुरा यस पंतिकारलाई लागेको छ । शान्ति, विडम्बना , प्रभाव ,प्रत्याभुती ,थुक्क हामि जस्ता सुत्रकथामा छोटा सवाद र एकदम सरल शैलिको प्रयोग हुनुका साथै छोटो कथा वस्तु हुनाले साधारण भन्दा साधारण पाठकले लागि पनि सजिलै बुΣन सक्छन् । तथापि कुनै पनि साधारण पाठकले “एकादेशको कथा”मा अरु कथाको तुलनामा लेखकको लेखकिय क्षमता दमदार पाउन सक्छन ।

४ अर्थगत प्रबृति–  
  
    अर्थ भनेको साहित्यमा सम्बन्धित विÈयले उपयोग गरेको आशय भन्ने बुझिन्छ । यो बुझाईमा साहित्यमा अर्थगत प्रवृतिले विभिन्न Ôेत्रलाई ओगट्ने गर्दछ । ति हुन् सत्तालिप्सा, राष्ट«ियता, युगिन यथार्थता,राजनीतिक भ्रष्टता, नारि पिडा,स्वतन्त्रता ,भ्रष्टचार , व्यङ्ंग्यार्थ , बिद्रोह, सामाजिक जनजीवन , सस्कार ,सस्कृति आदि । निधनको सुत्रकथाहरु भित्र “प्रभाव”मा विद्रोह ,“प्रत्याभुती”मा युगिन यथार्त र व्यङ्ंग्यार्थ ,“थुक्क हामि”मा व्यङ्ंग्यार्थ ,“एकादेशको कथा”मा सत्तालिप्सा,व्यङ्ंग्यार्थ ,राष्ट«ियता र राजनीतिक भ्रष्टता “शान्ति”मा स्वतन्त्रता र “विडम्बना”मा युगिन यथार्थता,नारि पिडा जस्ता अर्थगत उपयोग गरेका छन् ।
५ शुत्रकथाको संरचनागत प्रबृति –

–शुत्रकथाकार एसके निधन

    सुत्रकथाकार निधनले कथा, लघुकथा र परम्परागत सुत्रकथामा भन्दा भिन्दै र नविन संरचनागत प्रवृतिको निर्माण र प्रयोग गरेका छन् । कथामा आएको प्रयोग उदाहरणीय बन्न सक्छ  एउटा ईतिहास समयान्तरमा । यो नविन प्रयोगले कथालाई रोचक , सबल र आकर्षणको केन्द्र बनाउन सफल छ ।
    सुत्रकथा निर्माणको औसत आधार प्रक्रिया तथा संरचनागत प्रबृतिहरु ः –

क ः मुलत नियम नहुनु –
    अन्य कथामा जस्तो आदि,मध्य र अन्त्य जस्तो नियम नहुनु मुलतः सुत्रकथा हुनु हो अर्थात सुत्रकथा हो भन्न सकिने आधार निधनको सुत्रकथामा प्रसस्त पाईन्छ । उनका सुत्रकथामा अन्त्यबाट कथाको सुरु हुनु मध्यबाट नै अन्त्य र मध्य सुरुमा हुनुले आश्थर्यको विषय लागे पनि स्वभाविक मान्न सकिन्छ । यहि त हो अन्य कथासगको सुत्रकथाको सिमाना र मुख्य फरक ।

ख ः लघु कथाले जस्तो अन्बितिको अनुशासन पालना नहुनु –
    लधुकथाको नियम र बन्धनमा जस्तो सुत्रकथामा जतिल्ता हुदैन । साधारणतया लधुकथा दूई मिनेटमा पढिसकिने र सुरुवातबाट कथाको बिस्तारै बिस्तार भएर अन्त्यमा कथा चरमोत्कर्षाेमा पुग्दै निष्कर्ष दिएर सकिन्छ । तर निधनको सुत्रकथाहरुमा त्यस्तो बन्धन पाईदैन । उनका सबैभन्दा छोटा सुत्रकथा शान्ति पन्ध्र सेकेण्ड देखि लिएर सबैभन्दा लामो “एकादेशको कथा” पन्ध्र मिनेट सम्मको अध्यायन समय सिमामा सकिन्छ । साथै आउने समयमा साधारण कथाको समयसिमा अवधि सम्मको पनि लेख्न सकिएला किनकि त्यो सिमा भन्दा पारि उपन्यासको जन्म मानिन्छ ।
ग ः सुरु र अन्त्य भेटिदैन –
     सुत्रकथाको विशेष्ता नै अन्य कथा भन्दा भिन्न प्रकृतिको हुनु हो । जसले सुत्रकथाको मुल्य बृद्धि गराउछ । निधनका आधा दर्जन सुत्रकथामा न सुरुवात नै पाईन्छ न त अन्त्य नै पाईन्छ । उनका अधिकाशं सुत्रकथाका हरेक अध्यायलाई तास जस्तो फिटेर पनि सजिलै कत्थ्य पढ्न र बुΣन सकिन्छ । यो त महिलाई जत्तिनै चक्चाले फिटेर खाए पनि महिकै स्वाद जस्तो हो । यसको सरल उदाहरण विडम्बनामा देख्न पाईन्छ । जुन सुत्रकथामा फरक फरक उप शिर्षकमा पाच अध्याय रहेका छन । जसलाई दिईएको उपशिर्षकले अध्याय जनाउछ भने अन्यमा गणितिय अङ्क र तारा चिन्हले अध्याय छुट्टयाईको छ ।

घ ः टुक्रा टुक्रा मिलेर सिंगो कथा –

    यो यस्तो शृङखलात्मक एउटा जालो हो, जसका सबै उपकथा र अध्याय कथाको हैसियत राख्छन भने सिङगै सुत्रकथा हो । उनको सम्पुृर्ण सुत्रकथाहरु थुप्रै टुक्राटुक्रा मिलेर पुर्ण बनेका छन् । ति टुक्रालाई एक्लै स्वतन्त्र छुट्टयाएर राखिदिने हो भने पनि सिङगो सुत्रकथाको स्वरुप लिन्छ ।

ङ ः प्राकृतिक सुत्र जस्तै –
    जैविक प्रकृति जस्तै निधनको सुत्रकथा आफै सुकेर र हरियाली आएको पाउन सकिन्छ । हरेक टुक्रा वा अध्यायमा कथा सुरु र अन्त्य हुनसक्ने भएकाले स्वभाविक रुपमा प्राकृतिक सुत्र जस्तै लाग्छ । यो गणितिय हिसाबमा चक्रिय अङ्क  अर्थात धडिको सुई जस्तै चक्रिय निश्चित आधारमा घुमेको छ ।

च ः प्रत्येक टुक्रा आफैमा अर्थपूणर््ँ –

    प्रत्येक टुक्रा आफैमा अर्थ पूणर््ँ हुनु र नहुनुले सुत्रकथा हो कि होईन भन्ने छुट्टयाउन सकिन्छ निधनको कथा अध्यायन गरेपश्चात । प्रत्येक टुक्रा आफैमा अर्थपूणर््ँ छ भने सुत्रकथा नत्र अरुनै भन्न सकिन्छ । उनका सबै कथा टुक्रामा विभाजित हुनुका साथै हरेक टुक्रा आफैमा अर्थपूणर््ँ अर्थात अलगै छुट्टयाएर पाठ गर्न सकिन्छ ।

छ ः  ब्यख्यात्मक र सम्वाद  वा नाटकीय रुप–
    विडम्वना,प्र्रत्याभुति र प्रभावमा सम्वाद  वा नाटकीय रुप ,थुक्क हामि,शान्ति र एकादेशमा ब्याख्यात्मक रुपको प्रयोग गरि सुत्रकथा लेखिएका छन् । यी दुवैको एकै पटक प्रयोग गरेर पनि सुत्रकथा लेख्न सकिन्छ भन्नको लागि यो प्रसस्त आधार हो ।

ज ः सालिन व्यंग्य यसको प्राण्ँ हो –
    निधनका सबै सुत्रकथाहरुमा व्यंग्य साहित्यमा भुतको भिनाजु,भैरव अर्र्याल ,आर सि रिजार ,लक्ष्मण गाम्नागे,अर्जुन पराजुलिहरुको जस्तो तिखो र रुखो व्यंग्यको प्रयोग नगरेर ताकिर्क भाषामा सालिन व्यंग्यको  प्रस्तुति पाईन्छ । जस्ले व्यंग्य साहित्यसगको सम्बन्धमा फरक छुट्टयाउछ । सालिन व्यंग्यले सुत्रकथामा प्राण्ँ भर्दछ र नै सालिन व्यंग्य यसको प्राण्ँ हो ।

झ ः शब्द सिमा र पात्र सिमा भन्दा बाहिर छ –

    “एकादेशको कथा”मा एक दर्जन पात्र, नौ दर्जन वाक्य संरचना करिब एघार सय शब्दको संयोजन र प्रत्याभुतिमा दुई पात्र सम्मको प्रत्यक्ष संयोजन पाईने निधनका सुत्रकथामा अमानविय पात्रको संयोजन भएको र सबै भन्दा छोटो कथा शान्तिमा दुई वाक्य र बत्तिस शब्दको संयोजनसम्म पाउन  सकिन्छ । उनका एउटा सिङगो कथामा आएको मुख्य पात्र एक टुक्रामा आएर गौण पात्रका रुपमा आएका छन । सबै पात्र प्रमुख र सबै पात्र गौण हुन् किनकी कथाको एक अध्याय वा एक टुक्रा एउटा कथाको हैसियत राख्दछ । तसर्थ सुत्रकथा शब्द सिमा र पात्र सिमा भन्दा बाहिर छ भन्न सकिन्छ ।

    ( यी माथिका नौ वटै सुत्रकथा निर्माणको औसत आधार प्रक्रिया तथा संरचनागत प्रबृतिहरु निधनका सबै कथामा एकै पटक आएको पाईदैन् । सामान्तया एउटा कथामा साठि प्रतिशतको अनुपातमा जन्जिर जस्तो प्रकृयाले आएका छन । तसर्थ भन्न सकिन्छ कि एउटा पुर्ण सुत्रकथा बन्नको लागि सबै आधार प्रक्रिया तथा संरचनागत प्रबृतिहरु प्रयोग गर्न आवश्यक छैन । )

९.उपसंहार –
    सुत्रकथाकार निधनका कथाहरुमा नेपालि समाजका समसामयिक सन्दर्भहरु निकै सुन्दर ढंगले आएका छन् । साथै नेपाली समाजमा विद्यमान सामाजिक तथा सांस्कृतिक,राजनैतिक कुरितीकाको पर्दाफास गर्ने काम गरिएको छ । पात्र चयनका हिसाबले समाजको विभिन्नबर्गको प्रतिनिधित्व गराउन सफल छन् । उनका पात्रहरु परिचित मात्र होइन वास्तविक, जीवन्त र प्रतिनिधिमूलक पनि छन् । तर पनि उनका कथामा चरित्रको पुरा परिचय र परिवेशको पक्ष भने केही कमजोरी हो कि भन्ने मात्र हो ।
    देशको समसामयिक अवस्थालाई विÈय बनाइएका सुत्रकथामा द्वन्दले नेपाली समाजलाई पारेको असर,अन्धविश्वासको परिण्ाँम, मानवीय अवमूल्यन,समाज सुधारको चाहना, शान्तिप्रतिको उत्कट चाहना,जस्ता विशेÈता यीनका सुत्रककथामा पाइन्छ । करुण्ाँजन्य परिस्थितिको सिर्जना गरी आशावादी र परिवर्तन उन्मुख चेतना प्रवाह गरिएको सुत्रकथामा साधारण छोटा छोटा वाक्यहरु र सरल शब्दावलीले गर्दा कथाहरु संप्रेष्य छन् । भाÈामा परिपक्ता र सटिक प्रस्तुतिले एकप्रकारको प्रभावकारी झंकार समेत पैदा गर्छ । सिधा सरल भाÈामा आवश्यक र उपयुक्त रुपमा प्रभावकारी संवाद र शिल्प प्रयोग गरी सृजना गरिएको  कथाले नेपाली समाजमा व्याप्त क्रृतिमताको चित्रण्ँ गरेको छ । नेपाली समाजमा नारीहµमाथि हुने प्रताडनालाई उनका कथामा एना जस्तै छर्ल¨ै पारिएको छ

    यसरी सुत्रकथाकार  एसके निधनका छवटा सुत्रकथालाई  अवलोकन गर्दा नेपाली समाजका समसामयिक गतिविधिलाई समेटी समाजको चित्रण्ँ गरेको देखिन्छ । आफूलाई एक उत्कृष्ट, परिष्कृत सुत्रकथाकारको परिचय दिन सुत्रकथामा जीवन्तता र सिर्जनसिलता समेत भरेकोले नेपाली कथाको विकासमा यिनले थप योगदान पु¥याउन सक्ने अनुमान गर्न सकिन्छ ।

-धरान,सुनसरी


No comments:

Post a Comment