सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Monday, June 30, 2014

समिक्षा


निरज साम्पाङको “अकविता” भित्र

-स्पन्दन साइला

-निरज साम्पाङ





१. आमुख ः

घामहरु
अभाबले अनी
अबसर नपाउदा
जुनाकिरी बने
जुनकिरी खै कसरी ? घाम बन्यो   (घाम र जुनकिरी ,पृ ः५१)
    नेपाली साहित्यमा बिक्रिको हिसाबले कम पढिने बिधामा दजिर्एको बेला कबिता बिधा लिएर अहिले कबिताको फाटमा ‘‘अकबिता‘‘ सहीत  युवाकबी निरज साम्पाङ देखा परेका छन । एक प्रसिद्ध भारतीय कवि केदारनाथ सिंह भन्छन.‘‘हो, कविता बिक्तैन । यो नै यसको ताकत हो । यसलाई खरिद गर्न सकि“दैन ।‘‘ यहि मानेमा कवितामा प्रयोग सहित शक्तिशालि पाच हरफे कविता सग्रह हो ‘‘अकविता‘‘ खोटाग जन्मथलो भइ साम्पाङ  रोजगारिको शिलशिलामा दक्षिण कोरीया रहदै आएका छन् । यो उनको पहिलो साहित्यिक कृति हो ।
    उनका कवितामा विभिन्न जीवन र जगत सम्बन्धि विभिध अनुभुति र आयामहरु साथै बैदेसिक रोवगारीमा भोग्नु पर्ने र भोगेका कथा व्याथालाई जीवन्त उतारेका छन् । ग्रामिण जीवन,अतीत र वर्तमान जीवन,व्यथिति,परदेशी जीवनका भोगाई उतार चढाबलाई ऐना जस्तै छर्लङ उतारेका छन् ।  समानता, स्वतन्त्रतालगायत विविध नेपाली सन्दर्भ र प्रसङगलाई समेत कवितात्मक बान्कीमा उनिएको छ । यस्तैगरी यिनका कवितामा विविध सन्दर्भबाट वर्तमान युगीन भयावह, दर्दनाक, विसङगत र अस्तव्यस्त परिस्थितिको चित्रण्ँ पनि गरिएको छ । समाज, राष्ट्र, अन्तर्राष्ट्र आदि सन्दर्भको स्वाभाविक वणर््ँन गरिएको यस कृतिलाई कवितात्मक यात्रावणर््ँन मान्न सकिन्छ । यस्तै नेपाली राजनीति  Ôेत्रमा देखिएका विकृतिलाई पनि कविले कविता मार्फत प्रष्ट रुपमा औल्याएको छ ।
    कविताका शब्द, शब्दावली, बहुआर्थी, सहचार विन्यास पाठकलाई सरल र छोटा लाग्नुका साथै कवितात्मक विशाल आयतन बोकेको पाइन्छ । उनको कविताको विविध विÈयवस्तुमा कतै स्थानीय रङगको चित्रण्ँ पाइन्छ त कतै मान्छेका विभिन्न चरित्रको उद्घाटन गरेका छन् ।

 २. कविताको विÈयगत वर्गीकरण्ँ ः
    कवि साम्पाङको कवितासङग्रह अकविता भित्र डुबुल्की मार्दा विभिध आयाममा   वस्तुतः हामी चार विÈयवस्तु पाउ“छौं–
    क. व्याग्यत्मक
    ख. स्थानीयता
    ग. जीवन र जगतको चिन्तन र
    घ. देशभक्त यूवा


 २.क. व्याग्यत्मक  ः
    यस संग्रहका कवितामा कविले राजनितिक अस्थिरता,केन्द्रिकृत प्रणालि,सरकारको गैर जिम्मवारीपन  प्रति तिखो व्याग्य प्रहार गरेका छन । जुन जागी आए पनि कानै चिरेको भाषा शैलिमा नेतृत्व पंतिलाई व्याग्य गर्दछन् । साथै तन्त्र र वादको साहारा लिएर ठगीखाने प्रवृति प्रति छेड हानेका छन् ।
२.ख.  स्थानीयता ः
    कविले आङ्खनो माटोलाई र स्थानियतालाई कवितामा प्राथमिकत्ता दिएका छन । यो उनको सुन्दरताको पक्ष हो । स्थानियतामा सस्कृति र सस्कारको प्रभाव पाउन सकिन्छ । साम्पाङको कविता मात्र सस्कृति र सस्कारबाट कसरी अक्षुतो रहन सक्थ्यो र ? मौलिकताको नजिक रहेरले सुनमा सुगन्ध रहेको छ ।
२.ग. जीवन र जगतको चिन्तन ः
    साम्पाङको कविताको मूल चेतनामा वर्तमान जीवन र जगतबारे विभिन्न सन्तुष्टि र असन्तसष्टिको भाव व्यक्त गरेका छन् । तथापी पनि  जीवनमा कविले कतै सुख–शान्ति, सञ्चो भोगेका छैनन् । यो कुरा स्वयम कवि आफ्नो मुलुकबाट रोजगारिको सिलसीलामा कोरियाकम रहनुले पनि वास्तवित्ता थाहा हुन्छ ।
२.घ देशभक्त यूवा .ः
    कवितामा कवि देशभत्तिले ओतप्रोत भरिएका छन् । सम्पुर्ण युवालाई एकजुट भएर आफ्नै देशमा पसिना बगाउन आग्रह गर्दछन् ।देशको अस्थिरताको बाबजुद पनि कवि आफै उठ्नु सन्देश दिन्छन् ।सम्पुर्ण पुराना र थोत्रा आशा भत्काएर नया निर्माण गर्नु पर्ने कविको ठम्याई छ ।
३. कविताको संरचना ः
     वर्तमानमा समयमा लामा,अति लामा, क्लिष्ट र दुµह कविताबाट असन्तुष्ट साधारण देखी आमपाठकका निम्ति कवि साम्पाङका कविता  सरल, सहज सुबोध्य छन् ।कविता छोटा ,सरल र सरलचिन्तन भएर पनि कवितामा एक सुन्दर र कलात्मक प्रयोग हो यो अकबिता । जीवनका विभिध आयामहरुलाई सुन्दर तरिकाले पाच हरफमा अभिव्याक्त गरिएको  छ ।
    सामान्यत कवितामा सरचनात्मक या ठोस मुर्त रुपमा अन्त्यानुप्रास सहित सोझै प्रथम हरफबाट  उठ्ने प्रसगले चौथो हरफ सम्म पुग्दा चरम विन्दुमा पुगेको पाईन्छ । पाचौ हरफ सम्म आईपुग्दा जीवन ,जगत सम्बन्धिका विसंगति,असगति,बिडम्बना, व्याथाहरु र चित्कार छततछुल्ला अभिव्याक्त भएको पाईन्छ । हाम्रो आफ्नै जीवन र जगतको अनुभुतिलाई टपक्कै टिपेर विभिन्न भाव, बिम्ब, प्रतीक, अलङकार खिपेर  शब्दलाई कलात्मक फूल–बुट्टा भरेर चिरिच्याटट् बनाएइएको नया कवितात्मक शिल्पी रहेको छ । कवितामा शास्त्रियता ,भाषाको धुमाउरोपन र लम्बियता भन्दा टाढा रहेर पनि मुत्त,लालित्यता, सटिक ,सुुन्दर र शक्तिशाली कविता रचना गर्न सकिन्छ भन्ने यो गतिलो उदाहरण हो । कविता माथि कवितालाई प्रयोग गरेर अकविता भनिरहेको अवश्थामा यो एउटा झटारो सिद्ध भएका छ । कि अकविता यस्तो हुन्छ ।
४. कवितामा अन्तर्पाठ ः
    कविताभित्र कुनै न कुनै रुपमा अर्काे प्रसग या सन्दर्भ जाडिएको हुन्छ । यसरी कविताभित्र विषयबस अर्को कुनैपनि सन्दर्भमा प्रसगबस आउने कथा, उपकथा, पात्र, प्रसङग, विÈयवस्ततु ,धट्नाहरु आदि जोडिएर आउने विषयवस्तु नै अन्तर्पाठ हो । अन्तर्पाठ मिश्रण, घुलित र पुनघुलति रुपमा आउछ ।  कवि साम्पाङको केही कवितामा इतिहास, भूगोल,  नोस्टाल्जिया, संस्कृति, राजनिती,प्रकृति, अर्थतनत्र आदि मिश्रीत, घुलित र पुर्नघुलतिका रुपमा आएका छन् । कविले आङ्खना कविताहरुमा संस्कृतिपरक, भूगोलपरक, इतिहासपरक, अर्थतनत्रपरक, इत्यादि अन्तर्पाठहµको प्रयोग गरेका छन्। श्रवण मुकारुङको ”बिसे नगर्चिको बयान” कवितामा ईतिहासबाट लिएको पात्र बिसे नगर्चिलाई विÈयवस्तु बनाइएको छ ।

जहा फहरिन्छ चन्द्रसुर्य
जहा“ खेल्छ काडेभ्याकुर
जहा“ हास्छ सगरमाथा
जहा“ अटुट छ बिरहरुको गाथा
बुद्ध , ईतिहास हेर त्यही जन्मे गौतम बुद्ध  (बुद्ध ,पृ ः५७ )

५. कवितामा शब्दप्रयोग ः
    कवि निराज साम्पाङले कवितामा अ“ग्रेजी, सस्कृत,झर्रा नेपालि र साम्पाङ राई शब्द–शब्दावलीको प्रशस्त प्रयोग गरेका छन् । जस्तै अ“ग्रेजीमा पिक ,मेस , सेकेन्ड,कर्ली, ह्यान्ड,बाईक, वाईफ,नाईफ,प्रोफाईल,ट्वाईलेट,पर्फुम ,फरवरि, डबल, डिजाईन, फिजियो, थेरापी, टाईम्पास, न्युज ,कन्क्रिट इत्यादि शब्दहµ पाइन्छन्, जुन शब्दहरु अहिले नेपालि भाषामा सामान्य रुपमा प्रयोग गर्ने गरिन्छ । उनले साम्पाङ राईका शब्दलाई पनि उत्तिकै उत्साहक प्रयोग गरेका छन्। सलचेउ, चाचायसची, सलछानी एमाएपा,फुपामुमा, वुमीडुमे, जस्ता साम्पाङ राई शब्द प्रयोग भएका छन् । कवितामा सस्कृत शब्दको तेतिकै मात्रामा प्रयोग गरिएका छन् भने न्यूनतम पूर्वेली भाÈिकाका झर्रा शब्दहµको सार्थक प्रयोग  पाइने यस कविता सङग्रहमा तत्सम, साम्पाङ र   अङ्ग्रेजी शब्दको  ठाउ, ठाउमा प्रयोग पाइए पनि त्यो सहज र स्वाभाविक छ ।

६ अलङकार योजना ः
    यस कविता सङग्रहका कवितामा अन्त्यानुप्रास, उत्प्रेÔा, उपमा, रुपक जस्ता साहित्यका प्राकृतिक अलङकारहरुको योजनाले भाÈिक सौन्दर्य प्राप्त गर्न सकेको पाइन्छ । सीधा सीधा विचार र प्राकृतिक सटिक अलङकारको प्रयोगले भावलाई र भावले विचारलाई कुनै अवरोध वा Ôति नपु¥याएकोले कवितामा विचार र भावको सन्तुलन र सम्योजन दहे पाउन सकिन्छ । कवितालाई कुशल अलङकार योजनाले  सुन्दरता प्रदान गरेको छ ।

७ सुझाव ः
     सबैजसो कविताहµ सरल, सहज र सुबोध नै छन् । यस कृतिको कागजको गुण्ँस्तर पुस्तकको आवरण्ँसज्जा, छपाइ आदि सबै उत्कृष्ट कोटिको छ । छोटा कविता लेख्नु जति सजिलो लाग्छ तेतिकै आमपाठकले बुΣने भाषामा लेख्नु गाहे छ । कवि स्वयमले शब्द, अलङकार,प्रतिक, अन्त्यानुप्रास, उत्प्रेÔा, उपमा, रुपक जस्ता विषयमा ध्यान दिने हो । अझै ”अकविता”आफैमा प्रयोग भएको निरन्तरताको आवश्यत्ता हुन्छ ।

८ अन्त्यः
    समग्रमा भाÈिक प्रयोगको नौलो बान्की पाइने यस सङग्रहमा स्वच्छन्द चेतनामा लालित्यपूणर््ँ र समानान्तरता अन्त्यानुप्रास भाÈाशैलीय विन्यास विधानमा कविता लयात्मक गुण्ँयुक्त  छन् । उनले जति लेखिरहेका छन् त्यो सुन्दर छन् तर जति लेखिरहेका छन् त्यो प्रयाप्त हैन । थोरै शब्द खेलाए धेरै कुरा भन्न खोज्नु निश्चय पनि सजिलो काम भने होइन तर कविले यसमा जागर देखाएका छन् । अतीत र वर्तमानको तुलना, अनिश्चित भविष्य, मृत्यु आदिको अभिव्यञ्जना गरिएका यिनका रचनामा विवाह सम्बन्धी भिन्न र नवीन दृष्टिकोण्ँ अघि सारिएको छ । ‘‘खुल्ला जेल हो विवाह ।‘‘ राजनीतिक चेतना स्तर माथि नउठ्दा हामि कसरी फुस्रा ओठ लिएर बाचिरहेका छौ भन्ने यथार्तलाई रमेत उजागर गरेका छन् । अझै पनि कृषि प्रधान देशका हामी कृषक मङसीर र जेठ दुवैमा आधा पेट लिएर बाचेको जस्तो प्रसङगको कारणले ‘‘अकबिता‘‘ रसस्वादनमा गम्भिर बनाउछ ।

मंसिर न जेठ
आधा पेट
नबढ्ने रेट
चङ्गा चेट
किसान, केही बोल किसान ।   ( किसान,पृ ः२४)

  
कृतिः अकविता (कविता सग्रह)
जम्मा पृष्ठः ८८
मूल्यः १०१
प्रकाशकः मुना राई (२०७१)

-धरान,सुनसरी


No comments:

Post a Comment