जीबनको भित्तामा : चरित्र
![]() |
- स्पन्दन साइला |
सदन स्कुलको ठीक पारी पट्टि सानो भट्टि पसलको ठीक अगाडि पुरानो भाचिन लागेको टुल माथि कालो जङगी बुट, जिन्सको कालो पेन्ट, रातो कम्मरपेटी ,सेतो टि–सर्ट माथि कालो कोट लगाएर चिउडोमा हात राख्नेलाई नचिनेर को हो भन्नुहोला म नै हो महन्त उर्फ स्पन्दन ।
यतिबेला बेलुकाको चार बज्नै लागेको छ । तीन चार जनाको सानो हुल केटाकेटी आइसक्रिम चाट्दै पिन्डेस्वर चोकको बाटो लागे । भित्र भट्टि पसल्निको सानी छोरी ललिपपको लागि आमालाई निधारमा पप्पी गर्न तयार छे । मैले बच्पनमा आमालाई के भनेर सुन्ताला चकलेट मागेहुला ? यस् एल सि सकेर सहरमा पढन आएपछी मैले आमालाई बिरलै फोन गरेको छु यदाकदा काममा बाहेक । अस्ती दुई महिना अगाडि गरेको थिए । अघी भर्खरै भाईले फोनमा आमालाई मैले फोन गदिर्न भनेर सम्झाउदै थियो । उफ उफ चिया पनि कती तातो । पिएनले चार बजेको घन्टी बजाउना साथ साना केटाकेटी कराउदै गेट सम्म आइपुगे । पालेले गेट पुरा खोली नसक्दै बाहिर निस्किसक्दा मलाई मेरो बालापनको स्कुलको सम्झनाले चियायो । तिनिहरुले पछाडि बोकेको गर्हौ झोलालाई बेस्सरी दुबै हातले च्यापेर दोउडिए । हाम्रो स्कुले जिबनको सुरुवाती कÔाहरुमा प्रायको झोला नै हु“दैन थियो र मेरो पनि थिएन । म रु दुई पर्ने कपी एक दुई किताब अनी सानो टुक्रा सिसाकलम त्यो पनि मेरो जेठा दाजुले धरानबाट घर आउ“दा ल्याइदिनुहुन्थ्यो । हाम्रो स्कुल्को उनिफर्म सेतो सर्ट र कालो पेंट थियो तर हुन्थ्यो त जहिले कालो कालो । तेही सेतो बाट कालो बनाउनेमा मेरो नम्बर सात आठ तिर पथ्र्यो होला । तेही टाटै टाटा बसेको कालो सर्तको पछाडि भित्र पट्टी पुस्तक र कपी राखेर सर्टको अगाडिको तलको दुई वटा टाक खोलेर बेस्सरी कसेर म पनि जोडले ओर्हालो कुद्थे । तेही दोउडाइको चिनो मेरो निधारमा अझै पनि छ । हामी हातिछाप चप्पल लगाउथिउ कत्ती पटक त खाली खुट्टानै स्कुल पुगेको छु । लाजनै नमानी चोरपुलिस खेल्न। म जहिले चोर हुन्थे आज पनि जिन्दगीको चोर छु। दुइ जना साना स्कुले केटीहरु अंगालो मारेर चुइगम चपाउदै माथि तिर लागे । आजकाल त कत्ती धेरै पैसा छ । एकपतक त मैले पूजा गर्ने दियोमा राखेको आठाना चोरेर एउटा चुइगम किनेर पाच जनाले बाडेर पनि खायौ । त्यो पनि मैले त बेलुकी खाना खादा आमाले कराउनु भएपछी मात्र फालेको हु“ । यदाकदा मेरो साथीहरुले पनी चुइगम ल्याउथ्यो हामी बाडेर कÔा कोठामा नै खान्थ्यौ । त्यो समयमा हाम्रो एक मात्र दुस्मन थियो होचो कदको भिम सर । लठ्ठिले गालामा घोचेर मिल्काउन भन्नुहुन्थ्यो र मिल्काउनु पर्थो । उहा गैसक्नु भएपछी हामी भन्थ्यौ फूच्चे ।
आजकल कबिता माथिनै बिभिन्न्न प्रयोग गर्ने जीबनबादी कबिहरुनै बालसुलभता देखे पछी बालापन फर्काउला जस्तै गरी बिम्बलाई दुख्ख दिदै कबितालाई अकबिताको क्याटागोरिमा थप्छन । तर जिन्दगीलाई नया“ आयाम र प्रयोगको चस्माले पटक्कै हेर्न रुचाउदैनन । एक पटक मैले जिन्दगीलाई जोडजोडले सम्झाएको छु बडो मुस्किलले । र भनेको छु यो पनि जिन्दगी हो । अघिल्लो बर्Èको ठन्डि मौसममा एक अबेर साझ बिएसी पत्रीकाको कार्यलयबाट फकिर्दा घण्टाघरको पूर्व पट्टिको पेटिमा मसिनो दाउरा जम्मा गरेर सानो आगो फुकेको आगोको वरिपरि करिब एक दर्जन सडक बालबालिका र एक अर्धवैसे आईमाई आगो तापिरहेका थिए । आईमाई पुगेकी थी होली करिब पैतालिस जत्ती या त्यो भन्दा कम । म अड्कलबाजिमा पहिले देखि नै अलिक कम्जोर छ ु। सबैको पुरानो र मैलो कपडा थियो । त्यो पनि प्वाल नै प्वाल यस्तो लाग्थ्यो पुरा शरीर यो खुला संसार हेर्न लालायीत छ । बाइक रोकेर एक दुई किल्क फोटो लिन भ्याए भोलिको अंकको फोटो फिचरको लागि । सात आठ बर्से सानो फुच्चे बलिस्ठताको कमजोर प्रतिमुर्ती पछाडि उभिएको थियो । हातले ईशारा गरेर छेउमै आएपछी बेढंगको फोस्रो मानवियता देखाए मेरो टोपि लागाइदिएर चूपचाप । यहा“ थियो भोलिको देशको प्रधानमन्त्री डाक्टर शिÔक या समाजसेवी ।
प्राय हिउदे स्कुल बिदाको मौकामा सधैं जसो गुच्चा र डन्डिबियो खेल्नकै लागी पनि गोठाला गईन्थ्यो । गाईबस्तुको वास्त नगरी मस्त स“ग दिनभर खेलेर तल मण्डल काकाको बारीको मकै र अन्य बाली गाईबस्तुलेले सखाप पारेपछि भेटेको सिरकनोको डाम अनी गुच्चा र दन्डिबियो हारेपछिको पि“डा लिएर साझमा घर फकिर्दा पनि पस्चिमदिशामा गोधुली सगै कती सुन्दर सुर्यास्तको अनुभब लिन सक्थे । आजकाल म उही भएपनि समयको काटा अलिक माथि चढेछ र सहि मानेमा जीबनका सुन्दर पहेलीहरु पछाडी नै छोडिएका छन् । जीबनको ति सुन्दर अनुभुती र स्पर्स गर्न अब यिनै र यस्तै साना साना केटाकेटी स“ग मात्रा समय होलान । जो मस्तस“ग बा“च्नकै लागि जीबन बाचिरहेका छन । किन सडकमै नहोस । म आफु अब त्यो बालापनको सुन्दर अनुभुती गर्न सक्दीन । म त अब प्रत्येक पल अरुको लागि बाच्ने यन्त्रमानब जो बनेको छु र बन्नु पर्ने बाध्यता आउछ बुढी आमाको लागि बुढो आपाको लागि मान्छे हुनुको समाजको लागि र म आङ्खनै लागि । अब त घत परिन्जेल हास्न पनि कहा“ सकिन्छ र । अस्ती भर्खर फोन गरेर फेसबूकको भित्तामा कम नजर आउनुहुन्छ भन्ने मेरो सवालमा मेरो हेटौडा क्याम्पस जीबनको ≈दयी मित्र गजलकार धर्मअराज स्याङतान अब फेसबुकको भित्ता र भित्तामा टास्ने सामाग्रीको भन्दा जीबनको भित्ता बढी जरुरत भएको सुनाउने मित्रको बिÈयमा मलाई थाहा छ । उ अब अरुकै लागि बाचिरहेका छन । जो सुन्दर जीबन कलीला पाइलाहरुमा चालिरहेको छ । उस्को कबिता र गजल भन्दा पनि बेजोड शक्तिशाली हरेक बिहान बनाइरहेको छ सानो मुटुको टुक्रास“ग । उस्ले लेखीदिनाले लेखिएको थियो अÔरहरु अब उ त जीबनको कबितामा ब्यस्त र मुस्किलले सिर्˚ आºनो लागि हास्नेछ । अब अÔरको झगडामा रमाउने मान्छे नया“ परीनिर्माण्ँमा जीबन जिउनाले पनि कत्ती पनि आवाजमा तलमाथि नगरि त्यसरी नै फोन राख्यो जसरी उ फेरी कबितामा नया“ प्रयोग गर्दैछ वास्तविक जीबन माथिको धरातललाई टेकेर । उ कबिता जस्तै लयमा प्रकृतिले नै झुन्डायाइ दिएको जीबनको भित्तामा मुस्कान झुन्डायाउनेछ । प्रत्येक पटकको सानी छोरीको मुस्कानमा ।
म बसेको भट्टीको नजिकैको मेडिकलबाट सानो नानीको जोडजोडको रुवाइ मेरो कानमै ठोकिएर दुखाइको दुखेसो पोखिरहेको छ । रुवाईमा एक प्रकारको पिडा छ । हुनसक्छ कठोर देखिने डाक्टरको हातले कोमल शरिरमा सुइ रोपेको या ज्वरोको असह्य पिडाको चित्कार । मौसम परिवर्तन स“गै आएको रुघाखोकिले ति सानी नानीलाई भन्दा उनको फुल जस्ताइ कोमल हृदयकी आमाको दिलमा बिरामा लागेको म सजिलै अनुमान लगाउन सक्छु । हरेक साल यसरी नै मौसम परिवर्तनको स“गै आउछ काल रुघाखोकी र माहामारी बनेर र उजाड बनाएर आमाको कोख जान्छ । सानो नानीलाई फुल्याउन र पिडा कम बोध गराउन काखी च्यापेर मेडिकलको पेटिमा यताउता गर्दै घरी लोरीको लयमा गुनगुनाउदै त स्तनपान गराउन तल्लिन छिन आमा । आमा शब्द र आमाको महानता कत्रो हुन्छ ? म स्तब्ध हुन्छु यो सोचेर । जती पटक आमा शब्द उच्चारण्ँ गर्यो तेतिनै यसको भारिपन बढ्ने । सानो नानीलाई एकछिनको फुल्याए पछी ति आमा निदाएको नानी काखी च्यापेर रिक्सा चढेर लागिन भानुचोकको बाटो पट्टी लाग्छिन । म आबस्यक्ता भन्दा बढी सेलाएको चियाको घुट्को लिन्छु । चिनी अलिक बेसी भएछ । कहिलेकाहि जीबनमा पनि यो नियम लागु हुन्छ ।
यस भट्टि पसलको निक्कै बेरको बसाइ पछी भट्टिबाट दुध खाएर निस्किएको बिरालुलाई पनि रक्सी खाइन भन्दा कस्ले पत्याउलार भन्ने सोचेर चियाको पैसा तिरेर मेडिकल छिरे खाली समयको सदुपायोग गफ लडाउन चिरपरिचित कर्मचारीहरुस“ग । गफगाफ गर्दा थाहा भयो ति अघी रुने सानी नानीको अवस्था निक्कै किटिर्कल रहेछ । उपाचारको लागि अलिक राम्रो अस्पातल लान सल्लाह दिएर पठाएको रहेछ । घडीले छ बजेको लÔण्ँ काटामा मिलाउनु अघिनै म घरको बाटो लागे । बाटमा अघी ललिपपको लागि आमालाई निधारमा पप्पी गर्न तयार हुने सानी नानी फेरी आइसक्रिमको लागि झगडा गरिरहेकी थि । आज कोठामा पुगेर घरमा आमा र आपालाई फोन गर्नुछ ।
आमा नमस्ते ।।।
-धरान ,सुनसरी
आफ्नै जिन्दगीमा : पात्रहरुको अधिकार
![]() |
-स्पन्दन साइला |
“परिवार समाज र देशको साझा कानुन र दायरा भित्र रहेर पूर्ण अधिकार छ आफनो जीवनमा कसरी बाच्ने भनेर,”मैले भरखरै भनिदिए ।
तर थाहा छैन म आफनो जिन्दगीसँग कती विकट र कती निकट छु , त्यो पनि ढुङगाको जस्तो कठोर मन बनाउन चाहन्थे र भन्थे ःमलाई कसैले पगाल्न सक्दैन । तर किन पर्यो केटाकेटीको आशु देखेर रुन र किन वालुवा चाल्नेहरुको कथा ब्यथा बुझ्न मनहरी खोलाको किनार जान पर्यो ? त्यही र दुनियाँले वाध्य बनाउछ मैन जस्तो पग्लन र तप्प तप्प चुहिन । अनी कसरी भनौ म आफनै जिन्दगी पूर्ण अधिकारमा निहित छु । असलमा कुरो आज दिउसोकै हो । प्रयोगात्मक शिक्षण अभ्यासको अन्तिम दिन विद्यार्थीहरु बिदाको क्षणँ रुदा मलाई पनि कता कता चिसो पसेको थियो भित्र । त्यही र त बिदा नमागी नै भक्कानिएर बिद्धालय परीसरबाट भागेको थिए । जतिबेला बिदा दिन सकिरहेका थिएनन् । म त्यो भन्दा बढि भैसकेको थिए । जुन बेला आमा रोएकी थीईन घरबाट म हिंड्ने बेला ःछोरा चाडै फर्की है ः आवाज संगै दलानमा उभिएर म ढिस्कोले नछेकिन्जेल एक टकले हेरिरहेको सम्झदै.................

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
मैले थोरै दिएर धेरै पाएको थिए अर्थात थोरै माया दिएर धेरै पाए , थोरै पढाए धेरै पढिए । साच्ची भनौ उल्टो तिनिहरु मेरा गुरु थिए कि जहाँ म सिकिरहेको थिए ःसमुहमा कसरी बस्ने ? माया के हो ? आदर सम्मान के हो ? सम्बन्ध कस्तो हुन्छ ? यस्तै यस्तै अनी कोही निर्दयी हुदैन । मानौ हरेक घन्टिको पैतालिस मिनेटमा पैतालिस जोडा कुरा सिक्दै थिए पढाउने नाममा ठगेर । अँ त म साच्ची भन्दै थिए । तिनिहरुको हातमा राता सेता गुलाफ र अन्य फुलहरु थिए । हामीलाई दिनको लागि । हेर्दा तिनिहरुको अनुहार यस्तो थियो मानौ कुनै बालकको सबैभन्दा प्रीय वस्तु हराएर अझै भेटेका छैनन् । भन्दै छ मलाई त्यही पुतली चाहिन्छ र बलेर सकिनै लागेको मैन मन्द मन्द , मधुरो र र हल्लिरहेको प्रकाश जस्तो । अनुहार रुमाल, सल र पछ्यौराले ढाकेर घोप्टो पारी बिस्तारै बिस्तारै पुछिरहेका थिए । म देख्दै थिए झ्याल पट्टी ममता र अप्सनाको कुनै दौडको क्रममा घुडा टेकेर बसेको खेलाडि झै आँखामा तयार थिए सेती नदी तेज बहाबको लागि । हलचल थिएन तिनिहरुमा न त हिजो जस्तो खलबल र ख्यालठट्टा थियो त त्याहा केवल सबैका आँखाको डिलैमा सेती नदिहरु । मैले माथिनै भनेनी ढुङगाको जस्तो कठोर मन पनी पग्लियो त्यही र त आज भन्ने पक्षमा छैन म ज्यान मन आफनै मर्जिमा छ । यो त सब समय र अरुकै हो जसले भोगिरहेको छ । आफु त लगाममा खिचिएको र पिठ्यूमा भारी लादिएको र ढाडमा मान्छे चढेको घोडा न हो आखिर । तिनिहरु मध्ये एक सानो फुच्चेले चिच्याउदै सोधेको थियो ।

ःघर कहाँ हो रे गुरुको ?
ः पुर्व खोटाङ ।
ःकहिले जाने ?
ः दुई महिना पछी ।
त्यस पछी बिसिर्ने होला ?
म निरुत्तर ठिङ्ग उभिरहे केहि सोच्न नसकेर ।
मलाई सानो उपहार दिदै रुन लागेको थियो उ । मैले बल्ल थाहा पाए । सम्मान नै प्रेम रहेछ जसले विश्वास र महत्वपूर्ण ठान्छ ।
मैले सोचेको थिए प्रयोगात्मक कक्षा शिक्षणमा आफनो लागि मात्र पढाउछु र राम्रो अंक ल्याएर पास गर्छु । तर त्यो भन्दा अगाडिनै फेल भएको रहेछु । जब म बाहिर मन बाधेर साथी पर्खदै थिए । आलो आँखा लिएर आएको थियो साथी र मलाई थाहा भयो भित्र कक्षाकोठामा खोजी हुदैछ एक हातले ताली बजाउन खोज्ने म आँफैलाई । हामी अलिक वर आइसकेका थियौ । एकभारी गर्हौ मनलाई मनले नै नाम्लो ,खकन र टेकुवा लगाएर यसो पछाडि फरकेर हेरेको हातमा लालुपाते फुल लिएर प्राय कक्षा एकका केटाकेटी हात हल्लाइरहेका थिए । म अनुमान लगाउन सक्थे तिनिहरु हामीलाई नै डाकिरहेका छन भित्र पटी बाटै गेटलाई नै अडेस लगाएर ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
लेख ,कबिता कथा , गजल आदि लेख्नलाई प्राय पार्क वा बन्द कोठानै काफी छ । तर मेरो साथीलाई मनहरी खोलाको किनार दौडनु छ साप्ताहिक पत्रिकाको स्तम्भको लागि लेख्न । र म पनि त्यही चाहान्छु । अब हामी मनहरी खोलाको किनरमा छौ ,म साबेल चलाउदैछु जुत्त र झोल नखोली कुनै लेखकको रवाफ देखाउदै । साच्ची भनौ त त्याहा पनि बस आङ्खनो स्वार्थ पुरा गर्ने हेतुले साबेला चलाऊदैछु । साथी सोधखोज गर्दै नोटबुकमा केही कुराहरु नोट गरिरहन्छ । म सुन्छु बस सुन्दै साबेल मात्र चलाउछु।
—बिहान कती बजेबाट काम गर्नुहुन्छ ?
बिहान छ बजे बाट ।
—कतिबेला सम्म?
साझसम्म।
—खान?
प्रश्न नसकिदै उत्तर आउछ –एक छाक ।
—कती वर्ष पुग्नु भो ?
त्यस्तै तीन बिसमा तीन घटि ।
—उहा नि? उनको श्रीमती तिर औलाउदै । .
त्यस्तै हो .......................
म जान्दछुकी ति बुढाबुढिले वालुवा चालिदिनाले कती मानिसका नयाँ घर बनेका छन बर्सौ देखी तर रमौली र प्रतापपुर गाउँ नै राप्ती खोलाले बगाउन लागिसकेको छ । उनिहरुको काँसले बारेर काँसले नै छाएको घर समेत । भगवान बिर्सेंर भन्ने हो भने त म फेरी गल्न थालको छु । थोरै आएको शान्ति पछी । जो छन तिनिहरु सर्वश्रेष्ठ छन । आफनो श्रममा थोरै भएपनी खुशी छन् । तर साहु पल्टिदाहरु उल्टै यो भएन र त्यो भएन भन्छन । दिनमा एक चोटि हातमुख जोर्नको लागि खप्दैछन हिउदको दिनभरिको घाम ,पसिनाको धारा ,रातको जिउ दुखाई बिहानको झिसमिसेमा मनहरी खोलाको चिसो पानीमा आछु छु छु छु ..................................................................................सम्झिदा पनि जिउनै सिरिङग हुन्छ । उनिहरु आफै भन्छन– हाम्रो सुख्खको खुशीको र रहरको यो काम होईन । रहर थियो हामीलाई पनि अग्लो घर बनाउने , मिठो खाने , राम्रो लाउने , यो फोहोर पानी पिएर हैन प्रसोधित रम खाने तर आफनो पक्षमा भाग्य र इस्वर नभए पछी जबरजस्ती बाध्न परेको छ स्वतन्त्रता । म अहिले सोचिरहेछु फेरी ति बुढाबुढिलाई भेटे भने धन्यवाद दिने छु ता कि मेरो मानसिकता
बदलिदिएकोमा ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
म अहिले सम्झना सकिरहेको छैन । कि एउटि पाँच छ वर्षकी सानी बच्चिले त्यति राम्रो सँग नपट्याएको एउटा कागज र रातो गुलावको फुल दिई।
त्यो खोलेर हेर्दा केरमेर गरेर लेखिएको उनको नाम र गुलाफको फुल बनाइएको थियो । भर्खर एक वर्ष पुग नपुग बिद्यालय आएकी बच्चिले जम्मा क ख र a b c d सिक्दै होली । यत्रो ठुलो मायाको अर्थ र उपहार जो अर्थमा शब्दमा ब्याक्त गर्न शायद शब्द छैन ।
अहिले ति केटाकेटी सम्झिरहेछु । जो रातो फुल र अध्यारो अनुहार लिएर कक्षाकोठामा आएका थिए । साचो त यो हो की जब जब तिनिहरुलाई बिर्सने प्रयास गर्छु तिनै अनुहारहरु हातमा लालुपाते फुल लिएर अझै मलाई हात हल्लाई रहेका छन र हात अगाडि बढाएर भनिरहेका छन गुरु मोबाइल न ...............।
म लेख्दा लेख्दै सोचिरहेछु कि म रुदिन भन्ने मान्छे बिना खुशी रोए भने । रहरको खिलाफ वालुवा चाल्नु पर्छ भने र मन नलाग्दा नलाग्दै कसैलाई बिदाइको हात हल्लाउनु पर्छ भने हामी आँफैलाई सियोको टुप्पो जत्रो पनि आफैको अधिकार छैन। किनकी आफै स्वतन्त्रता खोसिन्छ र हामी अधिकार बिहिन भएर एउटा गुफाको जेलमा बन्दी छौ । पढाउदा पढादै स्वर सुक्छ भने ,हिड्दा हिड्दै खुट्टा गलेपछी ,खाँदा खाँदैको गास अड्के पछी हामी कती स्वतन्त्र छौ हेर्ने आँखा वरीपरी कचेरा लागेपछी के देख्नु ? यदी अधिकार नै थियो भने म रुनु पर्ने थिएन , ति बुढाबुढि बगरमा बेल्च्चा हैन एउता अफिसमा भेटिन्थे होलान् ,ती केटाकेटीले गेट भन्दा बाहिर निस्किएर मलाई भन्थे होलान् निस्ठुरि मास्टर ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

ई
बिर्सने प्रयास गर्छु तिनै अनुहारहरु हातमा लालुपाते फुल लिएर अझै मलाई
हात हल्लाई रहेका छन र हात अगाडि बढाएर भनिरहेका छन गुरु मोबाइल न
...............।
No comments:
Post a Comment