सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Monday, June 30, 2014

जीबनको भित्तामा : चरित्र

- स्पन्दन राजा


              सदन स्कुलको ठीक पारी पट्टि सानो भट्टि पसलको ठीक अगाडि पुरानो भाचिन लागेको टुल माथि  कालो जङगी बुट, जिन्सको कालो पेन्ट, रातो कम्मरपेटी ,सेतो टि–सर्ट माथि कालो कोट लगाएर चिउडोमा हात राख्नेलाई नचिनेर को हो भन्नुहोला म नै हो महन्त उर्फ स्पन्दन ।
                 यतिबेला बेलुकाको चार बज्नै लागेको छ । तीन चार जनाको सानो हुल केटाकेटी आइसक्रिम चाट्दै पिन्डेस्वर चोकको बाटो लागे । भित्र भट्टि पसल्निको सानी छोरी ललिपपको लागि आमालाई निधारमा पप्पी गर्न तयार छे । मैले बच्पनमा आमालाई के भनेर सुन्ताला चकलेट मागेहुला ? यस् एल सि सकेर सहरमा पढन आएपछी मैले आमालाई बिरलै फोन गरेको छु यदाकदा काममा बाहेक । अस्ती दुई महिना अगाडि गरेको थिए । अघी भर्खरै भाईले फोनमा आमालाई मैले फोन गदिर्न भनेर सम्झाउदै थियो । उफ उफ चिया पनि कती तातो । पिएनले चार बजेको घन्टी बजाउना साथ साना केटाकेटी कराउदै गेट सम्म आइपुगे । पालेले गेट पुरा खोली नसक्दै बाहिर निस्किसक्दा मलाई मेरो बालापनको स्कुलको सम्झनाले चियायो । तिनिहरुले पछाडि बोकेको गर्हौ झोलालाई बेस्सरी दुबै हातले च्यापेर दोउडिए । हाम्रो स्कुले जिबनको सुरुवाती कÔाहरुमा प्रायको झोला नै हु“दैन थियो र मेरो पनि थिएन । म रु दुई पर्ने कपी एक दुई किताब अनी सानो टुक्रा सिसाकलम त्यो पनि मेरो जेठा दाजुले धरानबाट घर आउ“दा ल्याइदिनुहुन्थ्यो । हाम्रो स्कुल्को उनिफर्म  सेतो सर्ट र कालो पेंट थियो तर हुन्थ्यो त जहिले कालो कालो । तेही सेतो बाट कालो बनाउनेमा मेरो नम्बर सात आठ तिर पथ्र्यो होला । तेही टाटै टाटा बसेको कालो सर्तको पछाडि भित्र पट्टी पुस्तक र कपी राखेर सर्टको अगाडिको तलको दुई वटा टाक खोलेर बेस्सरी कसेर म पनि जोडले ओर्हालो कुद्थे । तेही दोउडाइको चिनो मेरो निधारमा अझै पनि छ । हामी हातिछाप चप्पल लगाउथिउ कत्ती पटक त खाली खुट्टानै स्कुल पुगेको छु । लाजनै नमानी चोरपुलिस खेल्न। म जहिले चोर हुन्थे आज पनि जिन्दगीको चोर छु। दुइ जना साना स्कुले केटीहरु अंगालो मारेर चुइगम चपाउदै माथि तिर लागे । आजकाल त कत्ती धेरै पैसा छ । एकपतक त मैले पूजा गर्ने दियोमा राखेको आठाना चोरेर एउटा चुइगम किनेर पाच जनाले बाडेर पनि खायौ । त्यो पनि मैले त बेलुकी खाना खादा आमाले कराउनु भएपछी मात्र फालेको हु“ । यदाकदा मेरो साथीहरुले पनी चुइगम ल्याउथ्यो हामी बाडेर कÔा कोठामा नै खान्थ्यौ  । त्यो समयमा हाम्रो एक मात्र दुस्मन थियो होचो कदको भिम सर । लठ्ठिले गालामा घोचेर मिल्काउन भन्नुहुन्थ्यो  र मिल्काउनु पर्थो । उहा गैसक्नु भएपछी हामी भन्थ्यौ फूच्चे ।

                आजकल कबिता माथिनै बिभिन्न्न प्रयोग  गर्ने जीबनबादी कबिहरुनै बालसुलभता देखे पछी बालापन फर्काउला जस्तै गरी बिम्बलाई दुख्ख दिदै कबितालाई अकबिताको क्याटागोरिमा थप्छन । तर जिन्दगीलाई नया“ आयाम र प्रयोगको चस्माले पटक्कै हेर्न रुचाउदैनन । एक पटक मैले जिन्दगीलाई जोडजोडले सम्झाएको छु बडो मुस्किलले । र भनेको छु यो पनि जिन्दगी हो । अघिल्लो बर्Èको ठन्डि मौसममा एक अबेर साझ बिएसी पत्रीकाको कार्यलयबाट फकिर्दा घण्टाघरको पूर्व पट्टिको पेटिमा मसिनो दाउरा जम्मा गरेर  सानो आगो फुकेको आगोको वरिपरि करिब एक दर्जन सडक बालबालिका र एक अर्धवैसे आईमाई आगो तापिरहेका थिए । आईमाई पुगेकी थी होली करिब पैतालिस जत्ती या त्यो भन्दा कम । म अड्कलबाजिमा  पहिले देखि नै अलिक कम्जोर छ ु। सबैको पुरानो र मैलो कपडा थियो । त्यो पनि प्वाल नै प्वाल यस्तो लाग्थ्यो पुरा शरीर यो खुला संसार हेर्न लालायीत छ । बाइक रोकेर एक दुई किल्क फोटो लिन भ्याए भोलिको अंकको फोटो फिचरको लागि । सात आठ बर्से सानो फुच्चे बलिस्ठताको कमजोर प्रतिमुर्ती पछाडि उभिएको थियो । हातले ईशारा गरेर छेउमै आएपछी बेढंगको फोस्रो मानवियता देखाए मेरो टोपि लागाइदिएर चूपचाप । यहा“ थियो भोलिको देशको प्रधानमन्त्री डाक्टर शिÔक या समाजसेवी ।
               प्राय हिउदे स्कुल बिदाको मौकामा सधैं जसो गुच्चा र डन्डिबियो खेल्नकै लागी पनि गोठाला गईन्थ्यो । गाईबस्तुको वास्त नगरी मस्त स“ग दिनभर खेलेर तल मण्डल काकाको बारीको मकै र अन्य बाली गाईबस्तुलेले सखाप पारेपछि भेटेको सिरकनोको डाम अनी गुच्चा र दन्डिबियो  हारेपछिको पि“डा लिएर  साझमा घर फकिर्दा पनि पस्चिमदिशामा गोधुली सगै कती सुन्दर सुर्यास्तको अनुभब लिन सक्थे । आजकाल म उही भएपनि समयको काटा अलिक माथि चढेछ र  सहि मानेमा जीबनका सुन्दर पहेलीहरु पछाडी नै छोडिएका छन् । जीबनको ति सुन्दर अनुभुती र स्पर्स गर्न अब यिनै र यस्तै साना साना केटाकेटी स“ग मात्रा समय होलान ।  जो मस्तस“ग बा“च्नकै लागि जीबन बाचिरहेका छन । किन सडकमै नहोस । म आफु अब त्यो बालापनको सुन्दर अनुभुती गर्न सक्दीन । म त अब प्रत्येक पल अरुको लागि बाच्ने यन्त्रमानब जो बनेको छु र बन्नु पर्ने बाध्यता आउछ बुढी आमाको लागि बुढो आपाको लागि मान्छे हुनुको समाजको लागि र म आङ्खनै लागि । अब त घत परिन्जेल हास्न पनि कहा“ सकिन्छ र ।  अस्ती भर्खर फोन गरेर फेसबूकको भित्तामा कम नजर आउनुहुन्छ भन्ने मेरो सवालमा मेरो हेटौडा क्याम्पस जीबनको ≈दयी मित्र गजलकार धर्मअराज स्याङतान अब फेसबुकको भित्ता र भित्तामा टास्ने सामाग्रीको भन्दा जीबनको भित्ता बढी जरुरत भएको सुनाउने  मित्रको बिÈयमा मलाई थाहा छ । उ अब अरुकै लागि बाचिरहेका छन । जो सुन्दर जीबन कलीला पाइलाहरुमा चालिरहेको छ । उस्को कबिता र गजल भन्दा पनि बेजोड शक्तिशाली हरेक बिहान बनाइरहेको छ सानो मुटुको टुक्रास“ग । उस्ले लेखीदिनाले लेखिएको थियो अÔरहरु अब उ त जीबनको कबितामा ब्यस्त र मुस्किलले सिर्˚ आºनो लागि हास्नेछ ।  अब अÔरको झगडामा रमाउने मान्छे नया“ परीनिर्माण्ँमा जीबन जिउनाले पनि कत्ती पनि आवाजमा तलमाथि नगरि त्यसरी नै फोन राख्यो जसरी उ फेरी कबितामा नया“ प्रयोग गर्दैछ वास्तविक जीबन माथिको धरातललाई टेकेर । उ कबिता जस्तै लयमा प्रकृतिले नै झुन्डायाइ दिएको जीबनको भित्तामा मुस्कान झुन्डायाउनेछ । प्रत्येक पटकको सानी छोरीको मुस्कानमा ।

   
                     म बसेको भट्टीको नजिकैको मेडिकलबाट सानो नानीको जोडजोडको रुवाइ मेरो कानमै ठोकिएर दुखाइको दुखेसो पोखिरहेको छ । रुवाईमा एक प्रकारको पिडा छ । हुनसक्छ कठोर देखिने डाक्टरको हातले कोमल  शरिरमा सुइ रोपेको या ज्वरोको असह्य पिडाको चित्कार । मौसम परिवर्तन स“गै आएको रुघाखोकिले ति सानी नानीलाई भन्दा उनको फुल जस्ताइ कोमल हृदयकी आमाको दिलमा बिरामा लागेको म सजिलै अनुमान लगाउन सक्छु । हरेक साल यसरी नै मौसम परिवर्तनको स“गै आउछ काल रुघाखोकी  र माहामारी बनेर र उजाड बनाएर आमाको कोख जान्छ । सानो नानीलाई फुल्याउन र पिडा कम बोध गराउन काखी च्यापेर मेडिकलको पेटिमा यताउता गर्दै घरी लोरीको लयमा गुनगुनाउदै त स्तनपान गराउन तल्लिन छिन आमा । आमा शब्द र आमाको महानता कत्रो हुन्छ ? म स्तब्ध हुन्छु यो सोचेर ।  जती पटक आमा शब्द उच्चारण्ँ गर्यो तेतिनै यसको भारिपन बढ्ने । सानो नानीलाई एकछिनको फुल्याए पछी ति आमा निदाएको नानी काखी च्यापेर रिक्सा चढेर लागिन भानुचोकको बाटो पट्टी लाग्छिन । म आबस्यक्ता  भन्दा बढी सेलाएको चियाको घुट्को लिन्छु । चिनी अलिक बेसी भएछ । कहिलेकाहि जीबनमा पनि यो नियम लागु हुन्छ ।
                          यस भट्टि पसलको निक्कै बेरको बसाइ पछी भट्टिबाट दुध खाएर निस्किएको बिरालुलाई पनि रक्सी खाइन भन्दा कस्ले पत्याउलार भन्ने सोचेर  चियाको पैसा तिरेर मेडिकल छिरे खाली समयको सदुपायोग गफ लडाउन चिरपरिचित कर्मचारीहरुस“ग । गफगाफ गर्दा थाहा भयो ति अघी रुने सानी नानीको अवस्था निक्कै किटिर्कल रहेछ । उपाचारको लागि अलिक राम्रो अस्पातल लान सल्लाह दिएर पठाएको रहेछ ।  घडीले छ  बजेको लÔण्ँ काटामा मिलाउनु अघिनै म घरको बाटो लागे । बाटमा अघी ललिपपको लागि आमालाई निधारमा  पप्पी गर्न तयार हुने सानी नानी फेरी आइसक्रिमको लागि झगडा गरिरहेकी थि । आज कोठामा पुगेर घरमा आमा र आपालाई फोन गर्नुछ ।
आमा नमस्ते ।।। 

-धरान ,सुनसरी 

No comments:

Post a Comment