सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

तांका

तान्काको बारेमा : अलिकती

-स्पन्दन साइला

 

तान्का जापानी छोटो कबिता हो । तान्का पाँच पङ्तीमा लेखिने कविता लेख्ने शैली हो । हाइकूमा ५-७-५ स्वरमा लेखिए जस्तै तान्का ५-७-५-७-७ स्वरमा लेखिन्छ । यस कबिता शैलिको ईतिहास लगभग १२०० बर्ष भन्दा पुरानो रहेको बताईन्छ । यस (तान्का) जापानी शब्दको नेपाली अर्थ “छोटो गीत” भन्ने आउँछ । यो कबिता शैली बिशेष गरेर प्रकृति, ॠतु, प्रेम, बेदना, अथवा यस्तै किसिमका कुनै गहिरो भावनालाई आधार बनाएर लेखिन्छ ।यो हाईकू जस्तै छोटो कबिता हुन्छ । यो कबिताको सटिकता हो । "गागरमे सागर"को भाब अभिब्याक्त हुन्छ र यो पनि लामा कबिता जत्तिक्कै पूर्ण र वोजनदार हुन्छ ।
हाइकूमा भन्दा २ वटा बढी पङ्ती हुने यस कबिता शैलिमा हाइकू भन्दा बढी उपमा, अलंकार मुर्त र अती सटिक बिम्बहरुको स्वरुप प्रयोग गर्ने गरिन्छ ।
तान्काको सम्रचना :
पहिलो पङ्ती – ५ स्वरको
दोश्रो पङ्ती – ७ स्वरको
तेस्रो पङ्ती – ५ स्वरको
चौथो पङ्ती – ७ स्वरको
पाँचौ पङ्ती – ७ स्वरको को हुन्छ । आर्थात आधा अक्षरहरुको स्वर गनिदैन छन्दका कबिताहरुमा जस्तै ।
उदाहरणका लागि केही तान्काहरु :
१ .
हारेको प्रेम 
खै के भन्छौ पियारी 
गुलाबी रङ 
किन मिठो लाग्दैन ?
हिजोआज मलाई ।
२ .
थोत्रो झुपडि 
भोकभोकै अध्यारो 
सित्तल जुन 
छटपटिमा रुदैछ 
एउटा भोको पेट ।
३ .
नारा घोकेर 
जुलुस अघिपछी 
यो हो नाटक 
कहिले नटुङ्गिने 
अनन्त बिलासितामा ।
............................................./ धरान

No comments:

Post a Comment