—स्पन्दन साइला
१
यो देश हाजमोला बनाउछ
जे आउछ मज्जाले पचाउछ ।।१
मह¨ी चन्दा आतक र मुल्यबृद्घि
सारै बेतालको डम्˚ु बजाउछ ।।२
२
के हो महोदय हिजोआज बाटो बिर्सीएछौ नी
अहो भोट माग्दा भेटेको लाटो बिर्सीएछौ नी ।।१
अलिकति लाजसरम हुन्छकी हुदैन यार
लाटोको घरमा खाएको आटो बिर्सीएछौ नी ।।२
३
के लाग्छ लुगा आफै छोटा भएपछी
के हेर्नु अर्धनागो फोटा भएपछी ।।१
अब महङगा होलान माया पनि
लाख हजारबाट गोटा भएपछी ।।२
४
वाह वाह सानी कति राम्री देखीएकी
हत्तेरीका समानतामा चेपिएकी ।।१
भन्न त केहि खाज्दैथे सानीहरm
विचरा आफनै छायाले टेकिएकी ।।२
५
खायो ढिडो
हल्ली हिडो
आवाराको
थाम्यो बिडो ।।२
६
फुलको कोपिला थियो थुङगा आएछ
देऊता भन्थे देउतामा ढुङगा आएछ ।।१
लौ हेर मेरी बास्सै म तन्नेरी भएछु
नाक मुनी लामो लामो जुङगा आएछ ।।२
७
हुनेहरmसङग गास छ
जुवाडे सङग तास छ ।।१
म के भनौ श्रीमान
गरिब सङग खाली यौटा आश छ ।।२
८
जिन्दगीको जोड घटाऊमा हिसाब मिलेन
अझै निस्कर्समा जिन्दगीको किताब मिलेन ।।१
जिन्दगी परिक्षा भन्छ,म जित्नेहरुको दौड
जिन्दगी छ कचकच हाम्रो बिबाद मिलेन ।।२
८
याहा आशुहरुमा चोट गरिब छ साथी
अझ विवादहरुमा खोट गरिब छ साथी
धनी गरिबको बार केलाई अब याहा
स्वयम हजारको नोट गरिब छ साथी
९
केही सवाल छ म सँग केही जवाफ छ म सँग तिमीलाई सब थाहा छ तिम्रो अभाब छ म सँग
कुन्नी के दिईन्छ उपाहारमा थाहा छैन मलाईसाच्चै,तिमिलाई दिने मुटु र गुलाब छ म सँग
No comments:
Post a Comment