सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु
भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु
छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर
रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु
Wednesday, February 8, 2017
यो छुट्टिमा म घर जानेछु
®स्पन्दन राजा
यो छुट्टिमा म घर जानेछु
र पुरै घर खान तलासी गर्नेछु
मेरो आपाआमाले
कहाँ लुकाएर राख्नु भएको छ दुखको पोकाहरु
र हेर्छु काहाबाट निकाल्नु हुन्छ मुस्कान र ममताहरु ।।
यो छुट्टिमा म घर जानेछु
र आपाको माटिलो बास्नादार कोट्को खल्ती
साफ साफ चेकजाँच गर्नेछु
एक दुइ पुरानाका सिक्काहरु
कहाँदेखि सधै दिनजसो भेटिन्थे पत्ता लगाउने छु ।
किन रितिदैन थिए खल्तिहरु पत्ता लगाउने छु ।।।
यो छुट्टिमा म घर जानेछु
र आमाको काखमा टाउको राख्ने छु
आराम आरामले निदाउने छु
किन लाग्छ यसरि स्वर्गीय निन्द्रा आमाको काखमा ?
पत्ता लगाएरै छोड्ने छु
कसरी चाउरीएको गालामा पनि
गहिरो शान्त मुस्कान आउँछ
ठिकठाक सङ्ग जाचबुझ गर्ने छु ।।
यो छुट्टिमा म घर जाने छु
र बहुत धेरै याद गर्नेछु
मलाई पछ्याईरने कण्ठेलाई
मलाई ढाडमा बोकेर दूध दिने पाठुलाई
र तिनिहरुको आत्मालाई सोध्ने छु
मान्छेहरु निर्जन निर्जन सडक भैरहेको बेला
तिमिहरुलाई नै मैले पहिलो र अन्तिम पटक
सुन्दर आत्माको रुपमा किन भेटेछु ??
धरान
२०७२-१०-२७
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment