सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Monday, February 27, 2017

गजल


एक चोटि     हजुरसङ्ग गफ गर्छु नि भन्छे
मन पर्यो भने जुनिभरी लभ गर्छु नि भन्छे ।।१।।

थोरै मात्र भेटिन्छ जिन्दगिमा पागलहरु
पग्लि हजुरको लागि सब गर्छु नि भन्छे ।।२।।

आउन चाहिँ आधी जस्तै आइ हुरि जस्तै आइ
बिस्तारै   आएर  दिलमा   नक गर्छु नि भन्छे ।।३।।

हो दुनिया निक्कै अघि बढिसकेको छ देखेनौ?
कस्ति उत्ताउली लौ बेस्सरी हग गर्छु नि भन्छे ।।४।।

अरे! चलाख नि छु भन्छे लजालु नि छु भन्छे
गरेर  प्रेम मलाई      चकचक   गर्छु नि भन्छे ।।५।।

®स्पन्दन राजा
 २०७३-११-१६

No comments:

Post a Comment