सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Wednesday, August 24, 2016

गजल


जब  देखिन्छ टुक्रा-टुक्रा आफ्नै जगत
उफ ! गन्हाउन थाल्दछ आफ्नै रगत ।।

चपरी - चपरी र चैला - चैला बनाई
माटो र देश माथिको हासो हो फगत ।।

आफ्नै आमालाई  भेजा लगाएर अब
खै के भएको छ मान्छेहरुको मगज ।।

पाउ शिर  ,शिर पाउ भएको देश हो यो
कुन दैवी शक्तिले गराउने हो सजग ।।

कुन्नी खै कतिन्जेल धानिन्छ स्वाभिमान
बेचेर    राहधानी    पठाएर    नगद ।।

                                                 - धरान

No comments:

Post a Comment