सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Thursday, July 17, 2014

माया प्रेमको आदर्स मान्छु भन्छे / गजल

-स्पन्दन साइला

 
माया प्रेमको आदर्स मान्छु भन्छे
अचम्म भए खॆ संगै जान्छु भन्छे

मान्दिन म बिल्कुलै लादिन म
नलगेमा डोरिलेनै बान्छु भन्छे

छुच्ची सारै उत्ताउली झड्किन्छे
माया हैन ढुंगालेनै हान्छु भन्छे

दायाँबायाँ तलमाथि गर्ने हैन
गरे भने घरै सम्म तान्छु भने

उसैलाई चोखो माया नदिएमा
आँसु हैन जहर नै खान्छु भन्छे

Monday, July 14, 2014

छथर यात्रा सम्झनामा


-स्पन्दन साइला

वाउ.... हामी छथर जाने ।
            कति प्रफुल्लता कति रोमान्चकता एक वाक्य भरि वचपनमा आमाले मावल जाने भनेपछि खाना नरुचेजस्तै ।
 अघिल्लो दिन पत्रकार महासंघ सुनसरीको कार्यालय धरानमा दाजुहरु नवराज, भोजराज, सन्तोष नानाहरु सरिता, मनिता साथीहरु प्रेम, सबिन, रश्मीसग भोलि बिहान ५ बजे नै घण्टाघरमा भेट्ने वाचासहित छुटेका थियौ । त्यै टिमका केही साथीहरु म नगए नजाने भएकाले पनि म जानै पर्नेजस्तो भएको थियो । धरान देखि ९६ किमी उत्तर तेह्रथुमको पन्चकन्यामा हुन गइरहेको दोस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सवमा । साच्चै नढँटुम् त हतार थियो मनमा छथर जानको लागि । त्यही र त अघिल्लो दिन नै व्यागप्याक गरेको थिए ।झोेला भित्र एउटा जम्फर अरु सामानको तुलनामा निकै ठूलो थियो । नवराज दाई र साथीहरुको जाडो सम्झिदै दिएको सल्लाहको सिरोधार्य नै हो जम्फर । व्यागभित्र ब्रसमन्जन, तौलिया, क्यामेरा, चार्जर पनि कोचे र केही आवश्य कपडा पनि । तीन दिन बस्नुपर्छ मैले सोचिहाले ।  फागुनचैतको मौसम धुलो पनि कम्ती उड्दैन । वाफ रे । मनभित्रै धुवाँधुलो उडाउदै भूमरी चल्यो ।, ख्वाङ् ख्वाङ् खोकी चल्यो बेस्सरी । केही त छुटेन यात्राको आवश्यक सामग्री फेरि एकचोटी दिमाग घुमाए ँ । क्यामेराको मेमोरी लाग्ने एडप्टर चाही भोलि बाटोमै किनँैला । ओच्छ्यानमा पुगिसकेपछि निदाउन अघि कल्पना गरे । छथरकी लिम्बुनी सोबिते सिरफुलै शिरबन्दी, बुलाकी मनमा एक प्रकारको चित्र बस्यो । लिम्बुनी भेषैमा कति राम्री देखिएकी मन किन हो कुन्नी अनौठो वेगले पुलकित भए झै भयो ।
    बिहानको ४ बज्यो ।
समयको जति धेरै ख्याल र महत्व भएपनि घडीको महत्व घट्दै गएको हो कि भन्ने बुझाइ केहीको रहेको छ । तर पनि धरान र घण्टाघर परिपूरक अर्थात धरानको भुटुकेन्द्र सम्झिनै पर्ने यो बानीको विकासमा छाप नै बसेको छ । जसरी आस्तिकहरुमा ईश्वरको छाप छ । घण्टाघरले ४ बजेको घण्टा हान्यो । ठ्याङ् ठ्याङ ठ्याङ् ठ्याङ् । म ओछ्यानमै तनक्क तन्किएर जुरुक्क उठे । मोबाइलको घडी हेरेर सम्भावित भ्रमको अन्त्य गरे । साँच्चै ४ बजेछ । अ, एउटा कुरा बिहान चाडो नउठेको पनि महिनौ बितेछ । हे निन्द्रादेवी मलाई माफ गर्नोस् मैले मनमनै भने । हा हा हा म आफै हँसे । पागलजस्तो । बाथरुम गए नुहाए र ताजा भए । ब्रस गर्दा गिजाबाट रगत आयो यो मेरो दातको नियमित र महत्वपूर्ण कामको सूचिमा नै परेको छ ।  बाथरुमबाट निस्केपछि नवराज दाईलाई कल गर्नै लागेको थिए । रश्मी जीको कल आयो ।
 “गुडमर्निङ ।” मैले अँग्रेजी छाटे । 
“मर्निङ । उठ्नुभयो ।” उताबाट आवाज आयो ।
 “अघि नै अनि तपाइ निद्रामै हो ?”  मैले भने ।
“हो” । फेरि उताबाट आवाज आयो । ल छिटो गर्नुस् भनेर मैले फोन राखे । रश्मी जी म सग निन्द्रामै बोल्दै हुनुहुन्थ्यो । पछि नवराज दाइसग सम्पर्क भयो । म पौने पाँच बजे नै घण्टाघर पुग्दा रश्मी र सबिन जी घण्टाघरको गेट छेऊ मै उभिरहनु भएको थियो ।  हामीले भेटघाट ग¥यौँ । अलि मास्तिरको चौतारीमा दाइहरु भोजराज,गोविन्द ,नबराज ,लक्ष्मण हुनुहुन्थ्यो । सन्तोष दाइ र सरिता नानालाई केहीबेर कु¥यौ । दाइहरु भैरव आङ्ला दाइसग सम्पर्क भएकोले हाम्रो सवारीसाधन अलि बेर गरेर भएपनि सवाघण्टापछि मात्र आयो । यो कुनै आश्चर्यको विषय नै थिएन । हामी एकदम निपूर्ण छौ । पर्खिन र पर्खाउन । साँस्कृतिक कलाकार र आयोजक पनि त्यही बसमा चढेको हुनाले बस पहिले नै भरिएको भएपनि कोचकाच बस्यौ । हाम्रो त खाली भूई तानेर बस्ने बानी छ । गाडीको २ नम्बर गेयर लागायो प्रतिघण्टा २० किमिको दूरीमा हामी उकालो हुइकियौ । घ्याच्च । गाडी रोकियो । हामी छाताचोक पनि पुगेका थिएनौँ । फेरि केही थान मुलाको सिन्की कोचे झै मान्छे कोच्यौ । बसमा भिड नै भएपनि  हामी त्यतिबेला चाहि साँच्चै रोमान्चित थियौ जतिबेला पेट्रोलपम्प देखि  भेडेटारसम्मको उकालो जबजब चढ्दै गयौ । धरानलाई तलतल छाडेर नागबेली बाटो उक्लिदै थियो । धरानमा केही दिनदेखि बिस्तारै बढेको गर्मी परपर भाग्दैथियो । भेडेटार पुग्दा करिब बिहानको सात बजिसकेको थियो ।  हामी चियानास्ताका लागि जब ओल्र्यौ बसबाट एक्कासि माथितिर नाम्जेले सुनको सूर्य बोकेको थियो तर कति पनि गह्रौ नमानी  । हामी मटर र चिउरा टोक्दै आधा घण्टाजति बस्यौ  । “ल सबै पत्रकारले फोटो खिच्ने” उर्दी नै जारी भयो । त्यतिबेलाको नाइके सन्तोष दाइको । सबैले एकअर्काको फोटो खिचे । मैले फोटो खिच्दा उत्तरतिरको हिमालले घुम्टो छोप्नै लागेको थियो । खै कुन्नी सर्माएर हो कि ....  । सबैभन्दा बढी तस्बिर चाहि सन्तोष दाइको सबैको क्यामेरामा कैद भयो कि ? अँ साँच्चै प्रेम जीको पनि  । हामीमध्येका धेरै पत्रकारले “बाइबाइ धरान , हेल्लो हाइ छथर” भनी सबैले फेसबुक स्टाटस अपडेट गरिरहँदा भेडेटारको नागबेलीले हामी फर्कने पर्खाइमा इन्तजार गरिरहे जस्तै प्रतीत हुन्थ्यो । 

भेडेटारदेखि तम्मोरसम्मको यात्रामा यात्रा र महोत्सवको विषयमा कसले के लेख्ने भनेर चर्कै बहस भो । धेरैले न्युज र फिचर लेख्ने भए, मैले जोडले भनेँ, “यात्रा संस्मरण ।”  लिम्बुनी सोबितेको गाउँमा पहिलो पाइला नै मेरो लेखनका उर्जा बन्यो । यो भन्दा अघि यस्तो कुनै अवसर नै मिलेको थिएन । यस्तो सुनौलौ अवसर मिलाइ दिने छथर समाजलाई साधुवाद । धनकुटाको हिलेमा अवस्थित विश्वको सबैभन्दा ठूलो तोङ्बा देख्दा लिम्बुगाउँको तोङ्बा सम्झेर नवराज दाइ र सन्तोष दाइ खुसी भएको अनुमान लगाएँ ।

Saturday, July 5, 2014

अध्यारो घोप्ट्याएर जुन चिहाउछ

-स्पन्दन साइला, धरान

 https://twitter.com/Spandan_saila

थाङनामा सपना सुताएर
ठेला उठ्छ त भाग्य फुर्छ
ठेला मर्छ त भाग्य सुक्छ
खानको लागि  बाच्ने तिमि
र बाच्नको लागि खाने म
तिम्रो र मेरो के  सम्बन्ध हुनसक्छ खै ?
र टेक्छौ मलाई मेरै छालाको बुटले.

तिमि
बन्यौ  र  टेक्यौ मलाई
र अहिले पनि केहि न केहि बनेर टेक्दैछौ मलाई
म श्रमदानी
पान चपाएर प्याच्च थूक्ने तिमि
चुरोट सल्काएर
चुरोटको धुवा   र सलाईको काटी
फ्याक्नु जति पनि ठान्दैनौ मलाई
प्रजातन्त्र .............र लोकतन्त्र
ल्यायौ र पिलायौ घाटी थिचेर
पिउन त बाध्य छु केवल
भोक महंगी
चन्दा  आतंक
मानौ म आजको यन्त्र मानव हो
भोकलाई
आत्मसमरपनकै लागि भएपनि
रित्तो बतलमा भरेर पिउनुको
के  अर्थ  हुनसक्छ देस मलाई ?

भोकको परकास्टलाई सहेर
ओठमा कलेटी कसेर
ऊहरुको   नजरमा
थुक सुकाएर प्यास बुझाउदै
आङ्खनै अनुहार चपाएर
थुईक्क  थुक्नुको
के औचित्य हुन्छ देस मलाई ?

चार पर्खाल भित्र
दुई दाना अक्षता,फूल,अवीर र क्यान्डिल चढाएर
तिम्रो अजीब र निर्जीव शरिरमा
प्राथना गरेर जीवनको भिख माग्दा
तिमी हुनु र नहुनुमा
के फरक पर्छ भगवान ?

खास,
हरेक दिनको सुर्यास्त पछि पनि उज्यालो नै चाहान्छन महरु
र इतिहासको बर्षहरुमा जस्तै गरि
टिलपिल टिलपिल चम्किएर
फेरि एकपटक
भन्ज्याग माथिबाट अध्यारो घोप्ट्याएर जुन चिहाउछ

-धरान ,सुनसरी

Wednesday, July 2, 2014

समिक्षा /एसके निधनको आधा दर्जन शुत्रकथामा घोत्लिदा


—स्पन्दन राजा

१ आमुख – 

    पेशाले शिक्षक रहेका दुई सन्तानका पिता शुत्रकथाकार  एसके निधन दधिराम ज्ञवली र माता कोपिला ज्ञवलीका माईला पुत्ररत्न हुन । विशेष गरि कबिता र कथामा कलम चलाउदै आएका निधन  मकवानपुरको हेटौडामा बसोबास गदै आएका छन ।
    एक दशक अघि गुल्मिबाट हेटौडा बसाई सरि आएपछि कवि पुष्प परागको सङगतमा साहित्य सृजना थालेका निधनले लघुकथा शैलिमा लेखिदै आएको सुत्रकथा भन्दा भिन्नै र नविन प्रयोग गरेर सुत्रकथा लेख्दै आएका छन् । विचारमा कम्युनिष्ट रहेका सुत्रकथाकारले सुत्रकथामा क्रान्तिकारी परिवर्तन नै गर्ने प्रयास गरेका छन् । सुत्रकथामा साधारण परिभाषा समेत नहुदा लेखकहरुमा बिद्यागत विचलन देखिन्छ । यो विषयमा निधनको व्याक्तिगत विचार छ —“लघु कथा र सुत्र कथाको फरक नै नजानेका र आफुलाई सबै बिद्याको ठेकेदार ठान्ने केहि बजारु लेखकले सुत्र कथालाई अपब्याख्या गरेका छन ।”

    फुटकर कबिता र सुत्रकथा देशका मुख्यमुख्य पत्रपत्रिका र वेवसाईटमा आउन थालेपछि चर्चामा आएका निधनको  संयुत्त कविता सङग्रह अत्रिप्त खण्डहर प्रकाशन भएको छ । उमेरले तिन दशक नाघेका उनै सुत्रकथाकारको विभिन्न समयमा लेखिएको र विभिन्न पत्रपत्रिका र वेवसाईटमा प्रकाशित प्रत्याभुती ,प्रभाव, थुक्क हामि ,एकादेशको कथा, शान्ति र विडम्बना सहित आधा दर्जन सुत्रकथाहरुमा अन्तरकुन्तर एक अध्यायनको प्रयास गरेको छु । सुत्रकथा सम्बन्धि २०४२ साल तिरै डा. ध्रुवचन्द्र गौतमले अवधारणा ल्याए र पछिल्लो समयमा काठमाण्डौबाट प्रकाशन हुने कौशिक त्रैमासिकले सुत्रकथा विषेशाङ्क निकाल्यो त्यसमा समावेस अधिकाशं कथाहरु लघुकथा स्वरुपकै थिए । जसले सुत्रकथामा कुनै ईटा थप्ने काम गर्न सकेन । तसर्थ अझै  पनि स्पष्ट मानङ्क नभएको अवश्थामा याहा मानङ्क तथा सुत्रकथा निर्माणको औसत आधार प्रक्रिया खोज्ने प्रयास समेत गरिएको छ ।

२ विÈयगत प्रवृति–
    निधनले राजनीतिक भ्रष्टिकरण्ँ, सामाजिक विकृति, युगिन यथार्थ, समाजिक असमानता,  आथिर्क असमानता, संंस्कार सस्कृति ,मानवता,यौनिक हिसां आदिलाई कथाका विषयवस्तु बनाएको पाईन्छ ।उनका कथाहरुमा प्रगतिवादि चेतनामा विषयवस्तुहरुको उठान पाईन्छ भने कतिपय कथामा आध्यात्मिक विचार र चेतनालाई प्रगतिवादि विचारले व्याङग्यत्मक प्राण दिएर विषयवस्तुमा सजिवता उतार्ने काम गरेका छन् । यसअर्थमा निधन प्रगतिवादी जीवनदृष्टिका कथाकार हुन् । उनको समग्र कथालेखन माक्र्सवादी विचारमा आधारित छ । यही विषयगत प्रवृति तथा दृष्टिकोण्ँलाई आत्मसात् गरी नेपाली समाजिक धरातलको यथार्थलाई कुसल ढङगले अभिव्यक्त गर्न असाध्यै पोख्त देखिन्छन् । नेपाली समाजमा विद्यमान अन्धविश्वास र राजनीतीक कुपरम्पराप्रति व्याङग्य, वर्गीय उत्पीडन र राजनैतिक अन्यायप्रति निधनका कथाले सशक्त प्रतिकार गर्न सक्नुले सुत्रकथाको विषयगत प्रवृति अब्बल रहेका छ ।
३ शैलीगत प्रबृति–
    कथाकारले कस्तो किसिमले तथा कस्तो प्रकारले सुत्रकथालाई अभिव्याक्त गरेको छ ? अथवा भाÈामा आएको कला, सौन्दर्य कस्तो छ ? भन्ने प्रश्नको सहि उत्तर नै शैलि हो । सहि अर्थमा शैली भनेको भाषागत प्रस्तुतीकरण्ँ या व्याक्तता हो । उनले ब्याख्यात्मक र सम्वाद वा नाटकीय रुपमा सरल ,सहज,सुकोमल र प्रवाहमय भाÈाशैली कथामा प्रयोग गरि आम पाठकले बुΣन सक्ने बनाएका छन् ।
    प्राय सबै कथामा स्वभाविक, व्याख्यात्मक, प्रतीकात्मक, सूचनात्मक,  आलङकार, प्रभावकारी, हास्यव्यंङगात्मक, प्रौढ, चेतनाप्रवाह आदि सरल भाषा शैलीमा  प्रयोग भए पनि “एकादेशको कथा”मा  जटिल अलङकारयुक्त र लामा वाक्यका कारणले साधारण पाठकका लागि जटिल लाग्न सक्छ । सबैले बुΣन सक्ने हुनु पनि साहित्यको असल पक्ष हो भन्ने कुरा यस पंतिकारलाई लागेको छ । शान्ति, विडम्बना , प्रभाव ,प्रत्याभुती ,थुक्क हामि जस्ता सुत्रकथामा छोटा सवाद र एकदम सरल शैलिको प्रयोग हुनुका साथै छोटो कथा वस्तु हुनाले साधारण भन्दा साधारण पाठकले लागि पनि सजिलै बुΣन सक्छन् । तथापि कुनै पनि साधारण पाठकले “एकादेशको कथा”मा अरु कथाको तुलनामा लेखकको लेखकिय क्षमता दमदार पाउन सक्छन ।

४ अर्थगत प्रबृति–  
  
    अर्थ भनेको साहित्यमा सम्बन्धित विÈयले उपयोग गरेको आशय भन्ने बुझिन्छ । यो बुझाईमा साहित्यमा अर्थगत प्रवृतिले विभिन्न Ôेत्रलाई ओगट्ने गर्दछ । ति हुन् सत्तालिप्सा, राष्ट«ियता, युगिन यथार्थता,राजनीतिक भ्रष्टता, नारि पिडा,स्वतन्त्रता ,भ्रष्टचार , व्यङ्ंग्यार्थ , बिद्रोह, सामाजिक जनजीवन , सस्कार ,सस्कृति आदि । निधनको सुत्रकथाहरु भित्र “प्रभाव”मा विद्रोह ,“प्रत्याभुती”मा युगिन यथार्त र व्यङ्ंग्यार्थ ,“थुक्क हामि”मा व्यङ्ंग्यार्थ ,“एकादेशको कथा”मा सत्तालिप्सा,व्यङ्ंग्यार्थ ,राष्ट«ियता र राजनीतिक भ्रष्टता “शान्ति”मा स्वतन्त्रता र “विडम्बना”मा युगिन यथार्थता,नारि पिडा जस्ता अर्थगत उपयोग गरेका छन् ।
५ शुत्रकथाको संरचनागत प्रबृति –

–शुत्रकथाकार एसके निधन

    सुत्रकथाकार निधनले कथा, लघुकथा र परम्परागत सुत्रकथामा भन्दा भिन्दै र नविन संरचनागत प्रवृतिको निर्माण र प्रयोग गरेका छन् । कथामा आएको प्रयोग उदाहरणीय बन्न सक्छ  एउटा ईतिहास समयान्तरमा । यो नविन प्रयोगले कथालाई रोचक , सबल र आकर्षणको केन्द्र बनाउन सफल छ ।
    सुत्रकथा निर्माणको औसत आधार प्रक्रिया तथा संरचनागत प्रबृतिहरु ः –

क ः मुलत नियम नहुनु –
    अन्य कथामा जस्तो आदि,मध्य र अन्त्य जस्तो नियम नहुनु मुलतः सुत्रकथा हुनु हो अर्थात सुत्रकथा हो भन्न सकिने आधार निधनको सुत्रकथामा प्रसस्त पाईन्छ । उनका सुत्रकथामा अन्त्यबाट कथाको सुरु हुनु मध्यबाट नै अन्त्य र मध्य सुरुमा हुनुले आश्थर्यको विषय लागे पनि स्वभाविक मान्न सकिन्छ । यहि त हो अन्य कथासगको सुत्रकथाको सिमाना र मुख्य फरक ।

ख ः लघु कथाले जस्तो अन्बितिको अनुशासन पालना नहुनु –
    लधुकथाको नियम र बन्धनमा जस्तो सुत्रकथामा जतिल्ता हुदैन । साधारणतया लधुकथा दूई मिनेटमा पढिसकिने र सुरुवातबाट कथाको बिस्तारै बिस्तार भएर अन्त्यमा कथा चरमोत्कर्षाेमा पुग्दै निष्कर्ष दिएर सकिन्छ । तर निधनको सुत्रकथाहरुमा त्यस्तो बन्धन पाईदैन । उनका सबैभन्दा छोटा सुत्रकथा शान्ति पन्ध्र सेकेण्ड देखि लिएर सबैभन्दा लामो “एकादेशको कथा” पन्ध्र मिनेट सम्मको अध्यायन समय सिमामा सकिन्छ । साथै आउने समयमा साधारण कथाको समयसिमा अवधि सम्मको पनि लेख्न सकिएला किनकि त्यो सिमा भन्दा पारि उपन्यासको जन्म मानिन्छ ।
ग ः सुरु र अन्त्य भेटिदैन –
     सुत्रकथाको विशेष्ता नै अन्य कथा भन्दा भिन्न प्रकृतिको हुनु हो । जसले सुत्रकथाको मुल्य बृद्धि गराउछ । निधनका आधा दर्जन सुत्रकथामा न सुरुवात नै पाईन्छ न त अन्त्य नै पाईन्छ । उनका अधिकाशं सुत्रकथाका हरेक अध्यायलाई तास जस्तो फिटेर पनि सजिलै कत्थ्य पढ्न र बुΣन सकिन्छ । यो त महिलाई जत्तिनै चक्चाले फिटेर खाए पनि महिकै स्वाद जस्तो हो । यसको सरल उदाहरण विडम्बनामा देख्न पाईन्छ । जुन सुत्रकथामा फरक फरक उप शिर्षकमा पाच अध्याय रहेका छन । जसलाई दिईएको उपशिर्षकले अध्याय जनाउछ भने अन्यमा गणितिय अङ्क र तारा चिन्हले अध्याय छुट्टयाईको छ ।

घ ः टुक्रा टुक्रा मिलेर सिंगो कथा –

    यो यस्तो शृङखलात्मक एउटा जालो हो, जसका सबै उपकथा र अध्याय कथाको हैसियत राख्छन भने सिङगै सुत्रकथा हो । उनको सम्पुृर्ण सुत्रकथाहरु थुप्रै टुक्राटुक्रा मिलेर पुर्ण बनेका छन् । ति टुक्रालाई एक्लै स्वतन्त्र छुट्टयाएर राखिदिने हो भने पनि सिङगो सुत्रकथाको स्वरुप लिन्छ ।

ङ ः प्राकृतिक सुत्र जस्तै –
    जैविक प्रकृति जस्तै निधनको सुत्रकथा आफै सुकेर र हरियाली आएको पाउन सकिन्छ । हरेक टुक्रा वा अध्यायमा कथा सुरु र अन्त्य हुनसक्ने भएकाले स्वभाविक रुपमा प्राकृतिक सुत्र जस्तै लाग्छ । यो गणितिय हिसाबमा चक्रिय अङ्क  अर्थात धडिको सुई जस्तै चक्रिय निश्चित आधारमा घुमेको छ ।

च ः प्रत्येक टुक्रा आफैमा अर्थपूणर््ँ –

    प्रत्येक टुक्रा आफैमा अर्थ पूणर््ँ हुनु र नहुनुले सुत्रकथा हो कि होईन भन्ने छुट्टयाउन सकिन्छ निधनको कथा अध्यायन गरेपश्चात । प्रत्येक टुक्रा आफैमा अर्थपूणर््ँ छ भने सुत्रकथा नत्र अरुनै भन्न सकिन्छ । उनका सबै कथा टुक्रामा विभाजित हुनुका साथै हरेक टुक्रा आफैमा अर्थपूणर््ँ अर्थात अलगै छुट्टयाएर पाठ गर्न सकिन्छ ।

छ ः  ब्यख्यात्मक र सम्वाद  वा नाटकीय रुप–
    विडम्वना,प्र्रत्याभुति र प्रभावमा सम्वाद  वा नाटकीय रुप ,थुक्क हामि,शान्ति र एकादेशमा ब्याख्यात्मक रुपको प्रयोग गरि सुत्रकथा लेखिएका छन् । यी दुवैको एकै पटक प्रयोग गरेर पनि सुत्रकथा लेख्न सकिन्छ भन्नको लागि यो प्रसस्त आधार हो ।

ज ः सालिन व्यंग्य यसको प्राण्ँ हो –
    निधनका सबै सुत्रकथाहरुमा व्यंग्य साहित्यमा भुतको भिनाजु,भैरव अर्र्याल ,आर सि रिजार ,लक्ष्मण गाम्नागे,अर्जुन पराजुलिहरुको जस्तो तिखो र रुखो व्यंग्यको प्रयोग नगरेर ताकिर्क भाषामा सालिन व्यंग्यको  प्रस्तुति पाईन्छ । जस्ले व्यंग्य साहित्यसगको सम्बन्धमा फरक छुट्टयाउछ । सालिन व्यंग्यले सुत्रकथामा प्राण्ँ भर्दछ र नै सालिन व्यंग्य यसको प्राण्ँ हो ।

झ ः शब्द सिमा र पात्र सिमा भन्दा बाहिर छ –

    “एकादेशको कथा”मा एक दर्जन पात्र, नौ दर्जन वाक्य संरचना करिब एघार सय शब्दको संयोजन र प्रत्याभुतिमा दुई पात्र सम्मको प्रत्यक्ष संयोजन पाईने निधनका सुत्रकथामा अमानविय पात्रको संयोजन भएको र सबै भन्दा छोटो कथा शान्तिमा दुई वाक्य र बत्तिस शब्दको संयोजनसम्म पाउन  सकिन्छ । उनका एउटा सिङगो कथामा आएको मुख्य पात्र एक टुक्रामा आएर गौण पात्रका रुपमा आएका छन । सबै पात्र प्रमुख र सबै पात्र गौण हुन् किनकी कथाको एक अध्याय वा एक टुक्रा एउटा कथाको हैसियत राख्दछ । तसर्थ सुत्रकथा शब्द सिमा र पात्र सिमा भन्दा बाहिर छ भन्न सकिन्छ ।

    ( यी माथिका नौ वटै सुत्रकथा निर्माणको औसत आधार प्रक्रिया तथा संरचनागत प्रबृतिहरु निधनका सबै कथामा एकै पटक आएको पाईदैन् । सामान्तया एउटा कथामा साठि प्रतिशतको अनुपातमा जन्जिर जस्तो प्रकृयाले आएका छन । तसर्थ भन्न सकिन्छ कि एउटा पुर्ण सुत्रकथा बन्नको लागि सबै आधार प्रक्रिया तथा संरचनागत प्रबृतिहरु प्रयोग गर्न आवश्यक छैन । )

निबन्ध

आफ्नै जिन्दगीमा : पात्रहरुको अधिकार                       


-स्पन्दन साइला
“परिवार समाज र देशको साझा कानुन र दायरा भित्र रहेर  पूर्ण अधिकार छ आफनो जीवनमा कसरी बाच्ने भनेर,”मैले भरखरै भनिदिए ।

तर थाहा छैन म आफनो जिन्दगीसँग कती विकट र कती निकट छु , त्यो पनि ढुङगाको जस्तो कठोर मन बनाउन चाहन्थे र भन्थे  ःमलाई कसैले पगाल्न सक्दैन । तर किन पर्यो केटाकेटीको आशु देखेर रुन र किन वालुवा चाल्नेहरुको कथा ब्यथा बुझ्न   मनहरी खोलाको किनार जान पर्यो ? त्यही र दुनियाँले वाध्य बनाउछ मैन जस्तो पग्लन र तप्प तप्प चुहिन । अनी कसरी  भनौ म आफनै जिन्दगी पूर्ण अधिकारमा निहित छु । असलमा कुरो आज दिउसोकै हो । प्रयोगात्मक शिक्षण अभ्यासको अन्तिम दिन विद्यार्थीहरु बिदाको क्षणँ रुदा मलाई पनि कता कता चिसो पसेको थियो भित्र । त्यही र त बिदा नमागी नै भक्कानिएर बिद्धालय  परीसरबाट भागेको थिए । जतिबेला बिदा दिन सकिरहेका थिएनन् । म त्यो भन्दा बढि भैसकेको थिए । जुन बेला आमा रोएकी थीईन घरबाट म हिंड्ने बेला  ःछोरा चाडै फर्की है  ः आवाज संगै दलानमा उभिएर म ढिस्कोले नछेकिन्जेल एक टकले हेरिरहेको सम्झदै.................
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

मैले थोरै दिएर धेरै पाएको थिए अर्थात थोरै माया दिएर धेरै पाए , थोरै पढाए धेरै पढिए । साच्ची भनौ उल्टो तिनिहरु मेरा गुरु थिए कि जहाँ म सिकिरहेको थिए  ःसमुहमा कसरी बस्ने ? माया के हो ? आदर सम्मान के हो ? सम्बन्ध कस्तो हुन्छ ? यस्तै यस्तै अनी कोही निर्दयी हुदैन । मानौ हरेक घन्टिको पैतालिस मिनेटमा पैतालिस जोडा कुरा सिक्दै थिए पढाउने नाममा ठगेर । अँ त म साच्ची भन्दै थिए । तिनिहरुको हातमा राता सेता गुलाफ र अन्य फुलहरु थिए । हामीलाई दिनको लागि । हेर्दा तिनिहरुको अनुहार यस्तो थियो मानौ कुनै बालकको सबैभन्दा प्रीय वस्तु हराएर अझै भेटेका छैनन् । भन्दै छ मलाई त्यही पुतली चाहिन्छ र बलेर सकिनै लागेको मैन मन्द मन्द , मधुरो र र हल्लिरहेको प्रकाश जस्तो । अनुहार रुमाल, सल  र पछ्यौराले ढाकेर घोप्टो पारी बिस्तारै बिस्तारै पुछिरहेका थिए । म देख्दै थिए झ्याल पट्टी ममता र अप्सनाको कुनै दौडको क्रममा घुडा टेकेर बसेको खेलाडि झै आँखामा तयार थिए सेती नदी तेज बहाबको लागि । हलचल थिएन तिनिहरुमा न त हिजो जस्तो खलबल र ख्यालठट्टा थियो त त्याहा केवल सबैका आँखाको डिलैमा सेती नदिहरु । मैले माथिनै भनेनी ढुङगाको जस्तो कठोर मन पनी पग्लियो त्यही र त आज भन्ने पक्षमा छैन म ज्यान मन आफनै मर्जिमा छ । यो त सब समय र अरुकै हो जसले भोगिरहेको छ । आफु त लगाममा खिचिएको र पिठ्यूमा भारी लादिएको र ढाडमा मान्छे चढेको घोडा न हो आखिर । तिनिहरु मध्ये एक सानो फुच्चेले चिच्याउदै सोधेको थियो ।