जब देखिन्छ टुक्रा-टुक्रा आफ्नै जगत
उफ ! गन्हाउन थाल्दछ आफ्नै रगत ।।
चपरी - चपरी र चैला - चैला बनाई
माटो र देश माथिको हासो हो फगत ।।
आफ्नै आमालाई भेजा लगाएर अब
खै के भएको छ मान्छेहरुको मगज ।।
पाउ शिर ,शिर पाउ भएको देश हो यो
कुन दैवी शक्तिले गराउने हो सजग ।।
कुन्नी खै कतिन्जेल धानिन्छ स्वाभिमान
बेचेर राहधानी पठाएर नगद ।।
- धरान
माटो र देश माथिको हासो हो फगत ।।
आफ्नै आमालाई भेजा लगाएर अब
खै के भएको छ मान्छेहरुको मगज ।।
पाउ शिर ,शिर पाउ भएको देश हो यो
कुन दैवी शक्तिले गराउने हो सजग ।।
कुन्नी खै कतिन्जेल धानिन्छ स्वाभिमान
बेचेर राहधानी पठाएर नगद ।।
- धरान