सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Monday, June 30, 2014

सुत्र कथा

                           थुक्क हामि   

–एसके निधन 

https://www.facebook.com/pages/Spandan-Saila/488343347929737?fref=ts

१.

बिहार तिरको एउटा ब्यापारिले उ संग प्रस्ताव राख्यो–तिम्रो गाई र मेरो खशि साटौ। जाबो ब्याउने गाई संग जमुना पारिको खशि साट्न पाउदा किन नसाट्नु भनेर उसले खशि र गाई साट्यो।

२.
उतै तिरको अर्को ब्यपारिको अर्को प्रस्ताव आयो –तिम्रो पखो बारि मलाई भाडामा देउ म तरकारि खेति गर्छु ।जाबो पखो बारिबाट भाडा आउने भएपछि यस्तो प्रस्ताव किन नस्विकार्नु? उसले बारि भाडामा दियो।

३.
ब्यापारिले अर्को प्रस्ताव राख्यो– तिम्रो खेतमा जाने कुलो मेरो तरकारि बारि तर्फ फर्काइदेउ म तिम्लाई खेत को दोब्बर पैसा दिन्छु। बगेर खेर जाने जाबो पानि बाटै पैसा आएपछि खेतमा कस्ले दुख गरोस्। उसले पानिको कुलो उतै सोझाईदियो।

४.
उसले आम्दानिका चौतफि र्बाटाहरुको खोजि गनर्् थाल्यो। लालुपाते र लालि गुरांस समेत् बेच्न पछि परेन ।

५ .
नव धनाड्य उ घरको आंगन मा सुर्य स्नान गर्दै थियो। घरकै बार्दलिमा बसेर उसकै छोरो नया“ नेपालि किताबबाट शब्द अर्थ घोक्दै थियो–
माटो अर्थात् राष्ट्र
गाई अर्थात् राष्टिर्यता
पानि अर्थात् राष्टिर्य सम्पदा
रातो फुल अर्थात् क्रान्ति
............................
उ घमक्क प¥यो । आफुले आफैलाई गजानन्द मिश्र ,गिरिजाप्रसाद कोईराला,केपि वलि र झन्डै–झन्डै पुष्पकमल दहाल प्रचन्ड नै होकि होकि समझ्यो र भुसुक्कै निदायो।



-हेटौंडा , मकवानपुर


समिक्षा


निरज साम्पाङको “अकविता” भित्र

-स्पन्दन साइला

-निरज साम्पाङ





१. आमुख ः

घामहरु
अभाबले अनी
अबसर नपाउदा
जुनाकिरी बने
जुनकिरी खै कसरी ? घाम बन्यो   (घाम र जुनकिरी ,पृ ः५१)
    नेपाली साहित्यमा बिक्रिको हिसाबले कम पढिने बिधामा दजिर्एको बेला कबिता बिधा लिएर अहिले कबिताको फाटमा ‘‘अकबिता‘‘ सहीत  युवाकबी निरज साम्पाङ देखा परेका छन । एक प्रसिद्ध भारतीय कवि केदारनाथ सिंह भन्छन.‘‘हो, कविता बिक्तैन । यो नै यसको ताकत हो । यसलाई खरिद गर्न सकि“दैन ।‘‘ यहि मानेमा कवितामा प्रयोग सहित शक्तिशालि पाच हरफे कविता सग्रह हो ‘‘अकविता‘‘ खोटाग जन्मथलो भइ साम्पाङ  रोजगारिको शिलशिलामा दक्षिण कोरीया रहदै आएका छन् । यो उनको पहिलो साहित्यिक कृति हो ।
    उनका कवितामा विभिन्न जीवन र जगत सम्बन्धि विभिध अनुभुति र आयामहरु साथै बैदेसिक रोवगारीमा भोग्नु पर्ने र भोगेका कथा व्याथालाई जीवन्त उतारेका छन् । ग्रामिण जीवन,अतीत र वर्तमान जीवन,व्यथिति,परदेशी जीवनका भोगाई उतार चढाबलाई ऐना जस्तै छर्लङ उतारेका छन् ।  समानता, स्वतन्त्रतालगायत विविध नेपाली सन्दर्भ र प्रसङगलाई समेत कवितात्मक बान्कीमा उनिएको छ । यस्तैगरी यिनका कवितामा विविध सन्दर्भबाट वर्तमान युगीन भयावह, दर्दनाक, विसङगत र अस्तव्यस्त परिस्थितिको चित्रण्ँ पनि गरिएको छ । समाज, राष्ट्र, अन्तर्राष्ट्र आदि सन्दर्भको स्वाभाविक वणर््ँन गरिएको यस कृतिलाई कवितात्मक यात्रावणर््ँन मान्न सकिन्छ । यस्तै नेपाली राजनीति  Ôेत्रमा देखिएका विकृतिलाई पनि कविले कविता मार्फत प्रष्ट रुपमा औल्याएको छ ।
    कविताका शब्द, शब्दावली, बहुआर्थी, सहचार विन्यास पाठकलाई सरल र छोटा लाग्नुका साथै कवितात्मक विशाल आयतन बोकेको पाइन्छ । उनको कविताको विविध विÈयवस्तुमा कतै स्थानीय रङगको चित्रण्ँ पाइन्छ त कतै मान्छेका विभिन्न चरित्रको उद्घाटन गरेका छन् ।

 २. कविताको विÈयगत वर्गीकरण्ँ ः
    कवि साम्पाङको कवितासङग्रह अकविता भित्र डुबुल्की मार्दा विभिध आयाममा   वस्तुतः हामी चार विÈयवस्तु पाउ“छौं–
    क. व्याग्यत्मक
    ख. स्थानीयता
    ग. जीवन र जगतको चिन्तन र
    घ. देशभक्त यूवा


 २.क. व्याग्यत्मक  ः
    यस संग्रहका कवितामा कविले राजनितिक अस्थिरता,केन्द्रिकृत प्रणालि,सरकारको गैर जिम्मवारीपन  प्रति तिखो व्याग्य प्रहार गरेका छन । जुन जागी आए पनि कानै चिरेको भाषा शैलिमा नेतृत्व पंतिलाई व्याग्य गर्दछन् । साथै तन्त्र र वादको साहारा लिएर ठगीखाने प्रवृति प्रति छेड हानेका छन् ।
२.ख.  स्थानीयता ः
    कविले आङ्खनो माटोलाई र स्थानियतालाई कवितामा प्राथमिकत्ता दिएका छन । यो उनको सुन्दरताको पक्ष हो । स्थानियतामा सस्कृति र सस्कारको प्रभाव पाउन सकिन्छ । साम्पाङको कविता मात्र सस्कृति र सस्कारबाट कसरी अक्षुतो रहन सक्थ्यो र ? मौलिकताको नजिक रहेरले सुनमा सुगन्ध रहेको छ ।
२.ग. जीवन र जगतको चिन्तन ः
    साम्पाङको कविताको मूल चेतनामा वर्तमान जीवन र जगतबारे विभिन्न सन्तुष्टि र असन्तसष्टिको भाव व्यक्त गरेका छन् । तथापी पनि  जीवनमा कविले कतै सुख–शान्ति, सञ्चो भोगेका छैनन् । यो कुरा स्वयम कवि आफ्नो मुलुकबाट रोजगारिको सिलसीलामा कोरियाकम रहनुले पनि वास्तवित्ता थाहा हुन्छ ।
२.घ देशभक्त यूवा .ः
    कवितामा कवि देशभत्तिले ओतप्रोत भरिएका छन् । सम्पुर्ण युवालाई एकजुट भएर आफ्नै देशमा पसिना बगाउन आग्रह गर्दछन् ।देशको अस्थिरताको बाबजुद पनि कवि आफै उठ्नु सन्देश दिन्छन् ।सम्पुर्ण पुराना र थोत्रा आशा भत्काएर नया निर्माण गर्नु पर्ने कविको ठम्याई छ ।
३. कविताको संरचना ः
     वर्तमानमा समयमा लामा,अति लामा, क्लिष्ट र दुµह कविताबाट असन्तुष्ट साधारण देखी आमपाठकका निम्ति कवि साम्पाङका कविता  सरल, सहज सुबोध्य छन् ।कविता छोटा ,सरल र सरलचिन्तन भएर पनि कवितामा एक सुन्दर र कलात्मक प्रयोग हो यो अकबिता । जीवनका विभिध आयामहरुलाई सुन्दर तरिकाले पाच हरफमा अभिव्याक्त गरिएको  छ ।
    सामान्यत कवितामा सरचनात्मक या ठोस मुर्त रुपमा अन्त्यानुप्रास सहित सोझै प्रथम हरफबाट  उठ्ने प्रसगले चौथो हरफ सम्म पुग्दा चरम विन्दुमा पुगेको पाईन्छ । पाचौ हरफ सम्म आईपुग्दा जीवन ,जगत सम्बन्धिका विसंगति,असगति,बिडम्बना, व्याथाहरु र चित्कार छततछुल्ला अभिव्याक्त भएको पाईन्छ । हाम्रो आफ्नै जीवन र जगतको अनुभुतिलाई टपक्कै टिपेर विभिन्न भाव, बिम्ब, प्रतीक, अलङकार खिपेर  शब्दलाई कलात्मक फूल–बुट्टा भरेर चिरिच्याटट् बनाएइएको नया कवितात्मक शिल्पी रहेको छ । कवितामा शास्त्रियता ,भाषाको धुमाउरोपन र लम्बियता भन्दा टाढा रहेर पनि मुत्त,लालित्यता, सटिक ,सुुन्दर र शक्तिशाली कविता रचना गर्न सकिन्छ भन्ने यो गतिलो उदाहरण हो । कविता माथि कवितालाई प्रयोग गरेर अकविता भनिरहेको अवश्थामा यो एउटा झटारो सिद्ध भएका छ । कि अकविता यस्तो हुन्छ ।
४. कवितामा अन्तर्पाठ ः
    कविताभित्र कुनै न कुनै रुपमा अर्काे प्रसग या सन्दर्भ जाडिएको हुन्छ । यसरी कविताभित्र विषयबस अर्को कुनैपनि सन्दर्भमा प्रसगबस आउने कथा, उपकथा, पात्र, प्रसङग, विÈयवस्ततु ,धट्नाहरु आदि जोडिएर आउने विषयवस्तु नै अन्तर्पाठ हो । अन्तर्पाठ मिश्रण, घुलित र पुनघुलति रुपमा आउछ ।  कवि साम्पाङको केही कवितामा इतिहास, भूगोल,  नोस्टाल्जिया, संस्कृति, राजनिती,प्रकृति, अर्थतनत्र आदि मिश्रीत, घुलित र पुर्नघुलतिका रुपमा आएका छन् । कविले आङ्खना कविताहरुमा संस्कृतिपरक, भूगोलपरक, इतिहासपरक, अर्थतनत्रपरक, इत्यादि अन्तर्पाठहµको प्रयोग गरेका छन्। श्रवण मुकारुङको ”बिसे नगर्चिको बयान” कवितामा ईतिहासबाट लिएको पात्र बिसे नगर्चिलाई विÈयवस्तु बनाइएको छ ।

जहा फहरिन्छ चन्द्रसुर्य
जहा“ खेल्छ काडेभ्याकुर
जहा“ हास्छ सगरमाथा
जहा“ अटुट छ बिरहरुको गाथा
बुद्ध , ईतिहास हेर त्यही जन्मे गौतम बुद्ध  (बुद्ध ,पृ ः५७ )

५. कवितामा शब्दप्रयोग ः
    कवि निराज साम्पाङले कवितामा अ“ग्रेजी, सस्कृत,झर्रा नेपालि र साम्पाङ राई शब्द–शब्दावलीको प्रशस्त प्रयोग गरेका छन् । जस्तै अ“ग्रेजीमा पिक ,मेस , सेकेन्ड,कर्ली, ह्यान्ड,बाईक, वाईफ,नाईफ,प्रोफाईल,ट्वाईलेट,पर्फुम ,फरवरि, डबल, डिजाईन, फिजियो, थेरापी, टाईम्पास, न्युज ,कन्क्रिट इत्यादि शब्दहµ पाइन्छन्, जुन शब्दहरु अहिले नेपालि भाषामा सामान्य रुपमा प्रयोग गर्ने गरिन्छ । उनले साम्पाङ राईका शब्दलाई पनि उत्तिकै उत्साहक प्रयोग गरेका छन्। सलचेउ, चाचायसची, सलछानी एमाएपा,फुपामुमा, वुमीडुमे, जस्ता साम्पाङ राई शब्द प्रयोग भएका छन् । कवितामा सस्कृत शब्दको तेतिकै मात्रामा प्रयोग गरिएका छन् भने न्यूनतम पूर्वेली भाÈिकाका झर्रा शब्दहµको सार्थक प्रयोग  पाइने यस कविता सङग्रहमा तत्सम, साम्पाङ र   अङ्ग्रेजी शब्दको  ठाउ, ठाउमा प्रयोग पाइए पनि त्यो सहज र स्वाभाविक छ ।

जीबनको भित्तामा : चरित्र

- स्पन्दन राजा


              सदन स्कुलको ठीक पारी पट्टि सानो भट्टि पसलको ठीक अगाडि पुरानो भाचिन लागेको टुल माथि  कालो जङगी बुट, जिन्सको कालो पेन्ट, रातो कम्मरपेटी ,सेतो टि–सर्ट माथि कालो कोट लगाएर चिउडोमा हात राख्नेलाई नचिनेर को हो भन्नुहोला म नै हो महन्त उर्फ स्पन्दन ।
                 यतिबेला बेलुकाको चार बज्नै लागेको छ । तीन चार जनाको सानो हुल केटाकेटी आइसक्रिम चाट्दै पिन्डेस्वर चोकको बाटो लागे । भित्र भट्टि पसल्निको सानी छोरी ललिपपको लागि आमालाई निधारमा पप्पी गर्न तयार छे । मैले बच्पनमा आमालाई के भनेर सुन्ताला चकलेट मागेहुला ? यस् एल सि सकेर सहरमा पढन आएपछी मैले आमालाई बिरलै फोन गरेको छु यदाकदा काममा बाहेक । अस्ती दुई महिना अगाडि गरेको थिए । अघी भर्खरै भाईले फोनमा आमालाई मैले फोन गदिर्न भनेर सम्झाउदै थियो । उफ उफ चिया पनि कती तातो । पिएनले चार बजेको घन्टी बजाउना साथ साना केटाकेटी कराउदै गेट सम्म आइपुगे । पालेले गेट पुरा खोली नसक्दै बाहिर निस्किसक्दा मलाई मेरो बालापनको स्कुलको सम्झनाले चियायो । तिनिहरुले पछाडि बोकेको गर्हौ झोलालाई बेस्सरी दुबै हातले च्यापेर दोउडिए । हाम्रो स्कुले जिबनको सुरुवाती कÔाहरुमा प्रायको झोला नै हु“दैन थियो र मेरो पनि थिएन । म रु दुई पर्ने कपी एक दुई किताब अनी सानो टुक्रा सिसाकलम त्यो पनि मेरो जेठा दाजुले धरानबाट घर आउ“दा ल्याइदिनुहुन्थ्यो । हाम्रो स्कुल्को उनिफर्म  सेतो सर्ट र कालो पेंट थियो तर हुन्थ्यो त जहिले कालो कालो । तेही सेतो बाट कालो बनाउनेमा मेरो नम्बर सात आठ तिर पथ्र्यो होला । तेही टाटै टाटा बसेको कालो सर्तको पछाडि भित्र पट्टी पुस्तक र कपी राखेर सर्टको अगाडिको तलको दुई वटा टाक खोलेर बेस्सरी कसेर म पनि जोडले ओर्हालो कुद्थे । तेही दोउडाइको चिनो मेरो निधारमा अझै पनि छ । हामी हातिछाप चप्पल लगाउथिउ कत्ती पटक त खाली खुट्टानै स्कुल पुगेको छु । लाजनै नमानी चोरपुलिस खेल्न। म जहिले चोर हुन्थे आज पनि जिन्दगीको चोर छु। दुइ जना साना स्कुले केटीहरु अंगालो मारेर चुइगम चपाउदै माथि तिर लागे । आजकाल त कत्ती धेरै पैसा छ । एकपतक त मैले पूजा गर्ने दियोमा राखेको आठाना चोरेर एउटा चुइगम किनेर पाच जनाले बाडेर पनि खायौ । त्यो पनि मैले त बेलुकी खाना खादा आमाले कराउनु भएपछी मात्र फालेको हु“ । यदाकदा मेरो साथीहरुले पनी चुइगम ल्याउथ्यो हामी बाडेर कÔा कोठामा नै खान्थ्यौ  । त्यो समयमा हाम्रो एक मात्र दुस्मन थियो होचो कदको भिम सर । लठ्ठिले गालामा घोचेर मिल्काउन भन्नुहुन्थ्यो  र मिल्काउनु पर्थो । उहा गैसक्नु भएपछी हामी भन्थ्यौ फूच्चे ।