सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Monday, May 22, 2017

दीपा राई पुनका प्रेम कबिताहरु

दीपा राई पुन 

पाचथरको रवीमा २०२५ मा जन्मनु भएकी कवयत्री दीपा राई पुन एक दशक देखि कबिताकर्ममा हुनुहुन्छ । हाल अमेरिकाको बोस्टनमा रहदै बस्दै आउनुभएको छ । उहाको अहिले सम्म 'तिम्रो सपनाको म', 'स्पन्दनका रागहरु' र 'छुटेको बागदाता' कबिता सङ्ग्रहरु प्रकाशित छ्न । कवयत्रीले त्रिभुवन विस्वबिधालयबाट नेपाली भाषा साहित्यमा स्नातकोत्तर गर्नु भएको छ भने भानु दुई शतबार्षिकिको अवसरमा भानु स्वर्णपदक र सम्मान प्राप्त गरिसक्नु भएको छ । उहाको दुई प्रेम कबिताहरु ... 
------------ब्लगर: स्पन्दन राजा 

 

प्रेमोपहार


धमिलो सम्झनाहरूले
तिमीलाई पनि पच्छाई रहेकै होला
त्यहि यादहरू त हुन
तिमी र मलाई जोड़ने सेतु
मनको एक पाखा भरि
सधै हरित बाँचेर
जीवनलाई उर्वर बनाई रहने
प्रेमोपहार जस्तो अमिट यादहरू

जीवन त बाटै बाटो हिडिरहेकै छ
तिमी एकातिर म अर्को तिर
फेरि पनि जीवन किनारमा
हामी सँगै बगिरहेछौ
एक अर्कालाई
खुशीको  कामना गरेर
काँडाहरू सहदै
परिस्थितिसँग जुझ्दै
बाँच्नुको सहास भरिरहनु
यो पनि त प्रेमोपहार नै हो

जीवनमा एक नज़र एक पल
प्रेम बनेर मनमा गढिरहन्छ
तिमीले जानेको भए
मैले बुझेको भए
मौनताको पहाड भत्काएर
जीवनकै हरियाली बगैचा
मिलेर बनाथ्यौ होला
आफैलाई नबुझेर आफूसँग हार्दै
एक अर्कामा जीतको कामना गरिरहनु
साँच्चै सुन्दर प्रेमोपहार हो प्रिय

आज तिम्रो जन्मोत्सव मन मै मनाए
केहिक्षण रोए र हल्का भए
धेरै तिमीलाई सम्झेर मुस्कुराए
तिम्रो निश्चल प्रेमको अगाडि
संसारको सबै उपहार तुच्छ लाग्यो
तिमीलाई केहि दिने हिम्मत गरिन
जीवनको अन्तिम स्वास सम्म
तिमीलाई -सिर्फ तिमीलाई
मेरो प्रेम नै प्रेमोपहार।

...............................................

अलग अनुराग


 बिहानको सुनौलो घामले
एक टुक्रा मुस्कान छर्छ
 टिपेर आफैलाई शिउरी दिन्छु
सौन्द्रयताको गहना सम्झेर
त्यति नै बेला तिमी आउँछौ
खै कताबाट
टोलाएर हेर्दै भन्छौ
हजार जूनी बाँच्न सक्छु
तिम्रो मुस्कानमा अल्झेर

जूनले अँध्यारोमा
लुकाई राखेको
खुशीको भण्डारबाट
एक चिम्टी खुशी तिमीलाई भन्छ
म हर्षले उफ्रिएर रमाउँछु
यो भन्दा धेर केहिँ चाहिन्न
रहरको सानो झिटीगुण्टा मेरै छ
बाँच्नुलाई यति काफि होइन र ?

फेरि पनि मलाई माया गर्ने
घाम जूनलाई भन्न सक्दिन
जीवनको संघारमा
समयले ग्रहण खसाएको छ
कष्टको भारी बोकेर
सपनाको उकालो हिड्नु छ
तिमीलाई पनि क्षमा माग्नु छ
प्रितले रेटेर दुखाउँन चाहन्न
साँचो माया अथाह  दुख्छ ।
............................................

Saturday, May 13, 2017

समकालीन नेपाली कविताको आन्दोलन र प्रबृतिहरु

 . समकालीनको अभिप्राय

 

-स्पन्दन राजा

         समकालीन शब्द contemporary को नेपाली रूपान्तरण हो समकालीन समसामयिक शब्द पर्यायवाचीका रूपमा देखापर्छन् कतै समकालीनको ठाउँमा उत्तरवर्ती शब्दको पनि प्रयोग पाइन्छ समकालीनको तात्पर्य समान, उही वा एकै समय, बेला वा बखतको भन्ने हुन्छ सन्दर्भ प्रसङ्गअनुसार समसामयिक शब्दको प्रयोग अहिलेको, उहिलेको एकै समयको भन्ने अर्थमा गरिए पनि खासमा यस शब्दले अहिलेको समय वा वर्तमानलाई बुझाउँछ साहित्यिक इतिहास समालोचनाका क्षेत्रमा अहिलेको रचनालाई समकालीन समसामयिक रचना भन्ने गरिए पनि यसले वर्तमानकालीन कुनै विषयवस्तु, व्यक्ति, कृति, प्रवृत्ति, समयावधि आदिलाई समेत बुझाउँछ समसामयिकले चालु वर्तमानकालीन अर्थात् अहिलेका प्रवृत्तिहरू अभिव्यञ्जित रचना भन्नेसमेत बुझाउने हुँदा समसामयिक भनेको विशुद्ध समय मात्र नभएर त्यस अवधिमा देखापर्ने प्रवृत्ति पनि भएकाले त्यो प्रवृत्ति कायम रहुञ्जेलसम्म यस शब्दको प्रयोग गर्न पनि सकिन्छ यसर्थ समसामयिकताले वर्तमान समय प्रवृत्ति दुवैलाई द्योतन गर्छ

          समकालीन शब्द समय विशेषको उत्तरवर्ती अवधि हो यस अर्थमा समकालीनता उत्तरवर्ती शब्दले लगभग एउटै अर्थ बुझाउँछन् समकालिन कबिता आफनो परिबेस समयको विशेष चिन्तनसँग सम्बन्धित भएको कारण समकालिन कबिता भनिएको हो समकालिन कबिताको अर्थ समसामयिक भन्ने नभएर एक ब्यापक बहुआयामिक आधुनिकाकाअ आधार तत्व हो जो समकालिन हो तेही आधुनिक पनि हो भन्ने अर्थ हुँदैन,तर आधुनिक चेतना मिश्रित निश्चिताका रुपमा समकालिन पनि हुन सक्छ समकालिन कबिताले बदलिरहेको मानव मान्यता मानबिय स्तर आफनो समयको सामाजिक बोध मागको सम्बोधन गर्दछ समकालीनता क्रमशः सर्दै गएझै उत्तरवर्ती समय पनि क्रमशः सर्दै जान्छ समकालीन शब्दले उही समयको भन्ने अर्थ बुझाउँछ भने उत्तरवर्ती शब्दले पछिल्लो समयको भन्ने अर्थ बुझाउँछ यस आधारमा यी दुई शब्द प्राविधिक रूपमा भिन्न भए पनि अर्थतात्विक रूपमा एउटै छन् यसर्थ परिवर्तित समयअनुसार अहिलेको वर्तमानसँग सम्बद्ध अभिलक्षण विशेषताहरू कबितामा विद्यमान हुनु समकालीनता कबिता हो


. समकालीन नेपाली कविताको समयसीमा

 

        उतरवर्ती नेपाली कबिताको समयसीमाङ्कनका सम्बन्धमा धेरै विवादहरू देखिन्छन् तापनि यसको निर्धारण समयावधिभन्दा पनि प्रवृत्तिगत परिवर्तनका आधारमा गरिदै आएकाले २०३६ को दशकदेखि अहिले सम्मको अवधिलाई मान्नु उपयुक्त हुन्छ नेपाली कवितामा समकालीनताको निर्धारण समयसिमाङ्कनका अभिलक्षण मान्यताका आधारमा २०३० ३१ तिर प्रयोगवादी कबिता सिथिल भए पनि समकालीनताका कुनै निर्धारक आधार अभिलक्षण घटित नभएकाले २०३६ लाई नेपाली कवितामा समकालीनताको निर्धारक समय मान्ने केही विशिष्ट आधार अभिलक्षणका रुपमा  देखिन्छन् सडक कविता क्रान्ति, जनमतसङ्ग्रह व्यक्तिसत्ताको महत्व एवम् सम्प्रेष्य कविता सिर्जोन्मुख अग्रसरताजस्ता समकालीनका अभिलक्षण यी आधारहरूले २०३६ लाई नै उत्तरवर्तीरसमकालीन नेपाली कविताको सीमारम्भ भएको पुष्टि गर्छन् उत्तरवर्तीरसमकालीन नेपाली कवितालाई मोहन कोइरालाको प्रमुख केन्द्रीयतामा रहेको पूर्ववर्ती प्रयोगवादी कविताका प्रवृत्तिबाट अलग्याउने प्रमुख घटनासडक कविता क्रान्ति (२०३६) नै भएकाले पनि यस कुरालाई थप पुष्टि गर्दछ
           सडक कबिता क्रान्तीपछि नै कबितामा नयाँ नयाँ लेखन शैलीहरु, अभियानहरु , आन्दोलनहरु, विचारहरु, विधाभञ्जनहरु आईरहेकाछन ती सबै नयाँ लेखनशैली, विचार विधाभञ्जनहरुले आफुलाई  राजनैतिक आधारबाट, सामाजिक आधारबाट, साँस्कृतिक आधारबाट, केन्द्रबाट, सिमान्तबाट, देशबाट परदेशबाट आफ्नो अस्तित्वको खोजी गरिरहेका छन् , हेरेका छन् खोजेका छन्

. उत्तरवर्ती कविता आन्दोलनको प्रभाव पार्ने पूर्ववर्ती चिन्तन

 

        नेपाली भाषा साहित्य अहिले यहाँसम्म आइपुग्न थुप्रै भाषिक साहित्यिक आन्दोलहरुले मुख्य भुमिका खेलेको तिनै विभिन्न भाषिक साहित्यिक आन्दोलनहरु कुनै  वैयक्तिक प्रयत्नद्वारा कुनै सामूहिक प्रयत्नद्वारा भाषा साहित्यमा नविनताका लागि आन्दोलन, प्रयोग वा अभियानहरू चलाइएका छन् त्यस प्रकारका कतिपय प्रयत्नहरू पूर्ण सचेतताका साथ वैयक्तिक वा सामूहिक रुपमा अभियान या आन्दोलनका रुपमा चलाइएकामा कतिपय प्रयत्नहरूले पछिमात्र आन्दोलन वा अभियानको स्वरुप ग्रहण गरेको देखिन्छन् भने कतिपय आन्दोलनहरु सफल पनि रहेका छन निश्चित उद्धेश्यमा सफलता पाएका नपाएका तेस्ता आन्दोलहनहरुले नै नेपाली कबिताको उत्तरवर्तीरसमकालीन सिर्जनामा प्रत्यक्ष परोक्ष रुपमा सहयोग गरेका छन्
             विभिन्न समयमा २०३६ अगाडि भएका साहित्यिक पर्वहरु सूक्तिसिन्धु पर्व (वि.सं. १९७४), मकै पर्व ( वि.सं. १९७७), प्रभातवर्णन काण्ड (वि.सं.१९७७) पुस्तकालय पर्व  (वि.सं. १९८७), शहीद पर्व (वि.सं. १९९७),अमरकथा पर्व (वि.सं. २०१५) साहित्यिक तथा भाषा अभियानहरुमा मोतीमण्डली  (वि.सं. १९३८), रसिक समाज (वि.सं. १९६२), जोग मण्डली (वि.सं.१९६७), हलो क्रान्ति (वि.सं. २००६), व्याकरण (संशोधन अभियान (वि.सं.२०१२), सजिलो लेखन अभियान (वि.सं.२०१६), जनजिब्रो लेखन अभियान (वि.सं.२०२१), लेकाली सांस्कृतिक अभियान (वि.सं. २०२४) साहित्यिक आन्दोलन, वाद प्रयोगहरुमा हलन्तबहिष्कार आन्दोलन (वि.सं. १९६५), जयतु संस्कृतम् आन्दोलन (वि.सं. २००४), प्रगतिवादी साहितियक आन्दोलन (वि.सं. २००९), झर्रोवादी आन्दोलन (वि.सं. २०१३), आयामेली आन्दोलन (वि.सं. २०२०र२१), राल्फा आन्दोलन (वि.संं. २०२४) जस्ता विभिन्न पर्व, साहित्यिक तथा भाषा अभियानहरु, साहित्यिक आन्दोलन, वाद प्रयोगहरुको जगमा नै नेपाली उत्तरवर्ती कबिताका विभिन्न प्रयोग, आन्दोलन अभियानहरु भएको पाइन्छ

. समकालीन नेपाली कवितामा देखिएका अभियान आन्दोलनहरू

 

          सडक कबिता क्रान्ति (२०३६) देखि सुरु भएको नेपाली समकालीन उत्तरवर्ती नेपाली कबिता विभिन्न अभियान आन्दोलनहरुले अहिलेसम्म आइपुग्दा साना ठुला, सफल असफल संक्षिप्त बृहत् गरी करिब दुई दर्जन भन्दा बढी आन्दोलन तीन दशक भन्दा बढी समय पार गरिसकेको उक्त समयमा सहवर्ती भएर आएका समसामयिक उत्तरवर्ती नेपाली कबिताको ती अभियान आन्दोलनहरुलाई संक्षेपमा चिनाउने प्रयास गरिएको

) सडक कविताक्रान्ति (२०३६)

 

             २०३६ जेठ २६ मा भवानी घिमिरे, मोहन कोइराला, हरिभक्त कटुवाल, अशेष मल्ल आदि कबिहरुद्वारा घोषनापत्र बिना नै काठमाण्डौबाट पञ्चायती अत्याचारका बिरुद्धमा जनचेतना जगाउने, प्रजातान्त्रिक भावना विकाश गराउनाका साथै कवितालाई महलबाट सडकमा ल्याउने उद्धेश्यले सडक कविताक्रान्ति भएको देखिन्छ प्रजातन्त्र प्राप्तिका लागि पनि यसले जनतालाई सडकमा उभ्याउन सघायो काठमाडौंको पिपलबोटबाट सुरु भएको यस आन्दोलनले प्रयोगअवादी कवितामा रहेको क्लिष्ट, दुर्बोध्य दुरुह रहेको कवितालाई सरल सम्प्रेष्य बनाउँदै पाठक लेखकका बिच रहेको दुरिको अन्त्य गर्ने कार्य गरेको

) भोक कविता अन्दोलन ( २०४०)

 

        भवानी घिमिरेको नेतृत्वमा झापाली दश युवाहरूलेभोक कविता आन्दोलनको थालनी गरेका हुन् २०४०को दसकमा झापाली साहित्यिक वातावरणमा एकाएक देखापरेको यो कविता  अभियानमा तात्कालीन झापाली नौ युवा कबिहरु हीरा आकाश, अमृतलाल श्रेष्ठ, केशव आचार्य, कृष्ण धरावासी, लक्ष्मण ढकाल, दुर्गा दाहाल, प्रकाश बुढाथोकी, डिकमान विरही, देवेन्द्र किशोर ढुंगानाको सशक्त संलग्नता थियो भोक कविहरूले अभाव, गरिबी बेरोजगारीका विरुद्ध आन्दोलन थालेका थिए काव्यात्मक ढंगबाट शिष्ट तरिकाले तत्कालीन व्यवस्थाको विरोध गर्नु, शारीरिक तथा मानसिक भोकलाई अभिब्यक्त गर्ने, शोषणरहित समाजका पक्षमा प्रतिबद्ध रहने, यस अन्दोलनको उद्देश्य थियो

) तरलवाद (२०४०)

 

     काठमाडौंबाट २०४० सालमा नौ बुँदे घोषणा पत्रसहित घोषित आन्दोलनका रूपमा सुरु भएकोतरलवाद आन्दोलनमा फणीन्द नेपाल, विनय रावल तीर्थ श्रेष्ठफविती थिए २०४६ सालको जनआन्दोलनको सेरोफेरोमा यो साहित्यिक आन्दोलनले निकै रन्को थपेको थियो दुबसु क्षेत्रीजस्ता समर्थक कमाएको यो तरलवादी आन्दोलनले कवितामा क्लिष्टताको विरुद्ध अभियान थालेका थिए

) जनआन्दोलन कविता (२०४६)

 

      स्पस्ट राजनैतिक उद्देश्यद्वारा अभिप्रेरित भएको यस आन्दोलनले  २०४६ सालमा तीस वर्षे निरङ्कुश पञ्चायती तानाशाही शासनका विरुद्ध ऐतिहासिक जनआन्दोलनमा नैतिक समर्थन गर्दै अगाडि आएको हो ५० दिनसम्म चलेको यो जनआन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरे यस आन्दोलनमा सम्पुर्ण प्रजातन्त्रबादी नेपालीहरु कविहरुको ठूलो समर्पण थियो
२०४६ फागुनमा प्रकाशित भएको बसन्तको खोजी कबिता सङ्रग्रह यस आन्दोलनलाई अगाडि ल्याउने मुख्य दस्ताबेज रहेको  उक्त सङ्रग्रहमा मोहन कोइराला अशेष मल्ल, विनय रावल, फणिन्द्र नेपाल लगायत अठार जना कबिहरुका कबिता संकलित थिए

) छन्द बचाउ अभियान (२०५३)

 

      नेपाली कवितामा हराउँदै गएको छन्दको प्रयोगलाई यथास्थानमा ल्याउने प्रयत्न स्वरुप पोखरेली कवि माधव वियोगीको एकल सकृयताले २०५३ साल बैशाख गतेदेखि छन्द बचाउ अभियान सुरु भएको थियो   छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ छन्द भनेको लय हो सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा वाचन गर्ने तरिका हो छन्द वेदको अर्को नाम पनि हो वर्ण मात्राको गेय व्यवस्था छन्द हो भाषामा शब्द शब्दहरूमा वर्ण स्वरहरू रहन्छन् निश्चित विधान अपनाएर वर्ण स्वरहरुलाई व्यवस्थित गर्दा छन्द तयार हुन्छ अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ
काव्य संस्कृतिको रक्षा गर्ने छन्दलाई जीवन शैलीको रूपमा विकास गर्ने उद्देश्यले थालनी गरिएको छन्द बचाउ अभियानलाई नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले पनि बैशाख गते छन्द दिवसको मान्यता दिएको

) संरक्षण कविता यात्रा (२०५३)

 

       ‘कवितात्मक माध्यमले प्रकृतिसंरक्षण चेतना अभिवृद्धि गर्ने, पहाडी जनजीवनको अध्ययन गर्ने तद्स्थानीय कविता गोष्ठीहरूको आयोजना गरी गाउँले जनसमुदायमा कवितात्मक अर्थबोध उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले लिएर २०५३ मासंरक्षण कवितायात्रा आरम्भ भएको थियो संरक्षण कविता यात्रा उद्देश्यमूलक नयाँ सोचसहित थालिएको यात्रा हो यस सरक्षण कबिता यात्राको घोषणापत्रमा संरक्षण नै जीवन हो, जीवन नै संरक्षण हो, आजको आवश्यकता गाउँमुखी कविताको सिर्जना हो सहर बजारमा बसेर गाउँको कविता रचना गर्ने युगको अन्त्यको चाहना, गाउँको कविता गाउँमै बसेर गाउँलेहरूकै लागि रचना गरिनु पर्छ, कविताले ग्रामीण प्रकृति, संस्कृति ग्रामीण जनताका सुखदुःखमा सोझै संवाद स्थापना गर्नुपर्छ, कविताले ग्रामीण जनजीवनमा जागरणको शङ्खघोष गर्नुपर्ने, नेपाली साहित्यमा सहरिया आन्दोलनहरू धेरै भए, अब हुने आन्दोलन गाउघरबाट थालिनुपर्छ जस्ता मान्यता रहेका थिए
           यस यात्राका सहभागीहरूमा सरुभक्त, हरिदेवी कोइराला, सरस्वती श्रेष्ठसरु, धनप्रसाद तामाङ, सुकुम शर्मा, जे. अस्मिता, नवराज अधिकारी, भूपिन व्याकुल पुष्प आचार्य थिए

)  सिर्जना चैत्र अभियान (२०५४)

 

           देश समाजको अग्रगतिका निम्ति लेखक कलाकारहरू विशिष्ट दायित्व रहेको हुन्छ २०४६ को ऐतिहासिक जनाआन्दोलनमा पनि तत्कालिन निरंकुशतन्त्रीय प्रतिगामिका धाराका बिरुद्धमा सचेत लेखक कलाकारले कदम चालेका थिए २०४६ चैत्र गत्ते जसरी देशको पक्षमा नेपालका लेखकहरु सयुक्त रूपमा अगाडि बढे आज पनि त्यही कायम हुनुपर्छ भन्ने यसको मुल उद्देश्य रहेको थियो सिर्जना चैत्र अभियानमा खगेन्द्र सङ्ग्र्रौला, रामेश राजकुमार केसी , नारायण ढकाल, बिमला निभा, खगेन्द्र अधिकारी,  राजेन्द्र महर्जन, सुरेश किरण, स्नेह सायमि, हरिगोबिन्द लुइटेल आदि प्रमुख स्रस्टाहरु रहेका थिए 
२०४६ लोकतान्त्रिक आन्दोलनको पृष्ठभूमिमा लोकतान्त्रिक स्रष्टाहरूलाई एक ठाँउ ल्याउनमा, यस मंचका भेलाहरुमा जुन आवाजहरु उठे, तिनले लोकतान्त्रिकसाहित्यकार संघ हुँदैलोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मंच निर्माण गर्न समेत परोक्ष भूमिका खेल्यो डा. धु्रवचन्द्र गौतमको संयोजकत्वमा पनि यस चैत्र को स्मृतिमा केही वर्षसम्म भेलाहरु हुँदै भएको पाइन्छ

) चौथो आयाम (२०५६)

 

           झापामा जन्मिएका कवि दुबसु क्षेत्रीले वि.सं. २०५६ सालमा चौथो आयामको घोषणा गरेका थिए क्षेत्रीले चौथो आयाम सिद्धान्तको प्रयोग गरी लेखिएका कविता समावेश गरिएको कृतिअश्वमेध यज्ञका घोडाहरु (२०६७) साझा पुरस्कार पाएको मूलतः आधुनिकोत्तर विश्व त्यसभित्र बाँचिरहेको बाँच्न प्रयत्न गरिरहेको मानव मानव समाज एवम् तिनका जटिल जीवन विकासलाई चार आयामबाट हेर्ने सोच प्रयत्नमा चौथो आयामको विकाश भएको थियो चौथो आयामलाई कतिपय समालोचकले धारणाहरूको एउटा नवीन कोण धारणाहरूको एउटा नवीन मोड पनि भनेका छन्

)  सृजनशील अराजक्ता (२०५६)

 

             यो आन्दोलनले वैचारिक अनेकानेक , सांस्कृतिक बैबिध्यता, नश्लियताबोध, कबित्व निस्सिमता सृजनात्मक निर्णय गरी पांच वटा मान्यतालाई अगाडि सारेको सृजनशील अराजकताले पारस्परिक सम्मानको कुरा, एकले अर्काको संस्कृति या धर्म या विश्वासमाथि आँच नपुर्याई साहित्य बनाइनु पर्छ, एकले अर्काको नश्ललाई अस्तित्वसम्मत रुपमा स्वीकार गर्दै साहित्य बनाउनु पर्छ सबै मानव जाति समान छन् भन्दै राजन मुकारुङ, उपेन्द्र सुब्बा हाङ्युग अज्ञात मिलेर नश्लबोधसहितका प्रयोगात्मक कविता लेखनलाई २०५६ देखि नेपाली साहित्यमा गति दिएका हुन् मूलतः यस आन्दोलन अन्तर्गत कबिताहरुमा उत्तरआधुनिक चिन्तनअनुसार काव्यविम्बमा सांस्कृतिक मिथकहरूको प्रयोग गरेको पाइन्छ

) छन्द जागरण अभियान ( २०५९)

 

          मुक्त छन्दका रुपमा गद्य कविता लेख्ने प्रचलन हाबी हुँदै गएपछि छन्द परम्परा घट्दै जादाँ कविताको मूल गुण अर्थात् सुन्दरता नै हराउन थाल्यो भनेर कबिहरु बालकृष्ण लामिछाने रमेश शुभेच्छुक लुइटेललेमेची पद्द्यमाला (वि.. २०५९) मार्फत् छन्द जागरण अभियान प्रारम्भ गरेका  हुन्
अभ्यास चिन्तनको अभावमा छन्दमा कविता रचना झन् कठिन हँुदै गएको   शास्त्रीय या लोकछन्द दुवै नेपाली कविता लेखनमा प्रचलित छन्द हुन् शास्त्रीय विधि सूत्रमा बसेर लेखिने छन्दोबद्ध कविताको परम्परा नासिँदै जाने हो कि भनेर अभियान्ताहरुले छन्द कबिताको महत्व मुल्यलाई प्रतिष्ठित गर्ने उद्देश्यले यो अभियान चलाएका हुन् गद्य कबिताको द्रुत विकास बिस्तार भैरहेको बेला यो अभियानले पद्य कविता सिर्जना विकाशको लागि खुट्किलाको काम गरेको

)  बससाहित्य अभियान  (२०६१)

 

             कपिलदेव खनाल सुवास आगमनद्वारा बससाहित्य अभियान (२०६१) सवारी साधनमा लेखिएका साहित्यिक महत्व बोकेका छोटा चोटीला लेख रचनाको संकलन प्रचार गर्ने उद्धेश्यले थालनी गरेको थियो यस अभियानले साहित्यिक कार्यक्रमहरु सवारी साधनभित्र सञ्चालन गर्ने, सवारी साधनमा साहित्यिक महत्वका छोटा सृजना लेखाउने आदि काम गर्ने गरेका थिए जीवन जगत्लाई प्रतिबिम्बित गर्ने लोक साहित्यका रुपमा बस साहित्यलाई अगाडि बढाइएको अभियन्ताहरु खनाल आमगमले बस साहित्य नामक पाक्षिक पत्रिका समेत केही समय प्रकाशन गरेका पाइन्छ बस साहित्य नामक त्रैमासिक पत्रिका जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको भए पनि प्रकाशन भने भएको पाइएको छैन

) रङ्गवाद ( २०६१)

 

           बैरागी काइलाको धारलाई आत्मसाथ गर्दै सुनिने, हेरिने पढिने तिनै स्वरुपका कबिता रचिनु पर्ने रङ्गवाद कुनै विशेष नियम कानुनसहितको वाद नभएर परम्परागत भन्दा भिन्न धार भएको साहित्यिक आन्दोलन हो यो खुकुलो कमशल हल्कावाद या अवाद जस्तै रहेको यसको कुनै परिभाषा छैन जुन रङ्गमा बुझिन्छ अथवा बुझेको आभास हुन्छ त्यही रङ्गवाद हो होइन यो एउटा अनिश्चिताले श्रृजना गर्ने भ्रान्तिभित्र खोजिने एक आमूल सौन्दर्य शास्त्रीय खोज हो उत्तर संरचनावाद तथा विनिर्माणवादले भाषाको माध्यमबाट सत्य अर्थलाई भाषिक चिप्लाईमा चिप्लाइदिएका हुन्छन् त्यसैले उत्तरसंरचनावाद अर्थात् उत्तरआधुनिकतावाद रङ्गवादको धरातल हो रङ्गवाद नेपाली साहित्यको वर्तमानलाई विसङ्घटन गर्दै नयाँ गतिशील साहित्य निर्माण गर्ने एउटा वैकल्पिक विद्रोही सौन्दर्यको व्यानर हो भनिएको
          धर्मेन्द्र नेम्बाङ्ग, स्व. स्वप्निल, चन्द्रवीर तुम्वापो, प्रकाश बिमिल चन्द्र योङ्या जस्ता सर्जकहरुले यो अभियान चलाएका थिए स्रस्टाहरुले प्रयोगवादी जटिल भाषाशैलीलाई यसमाा बढी जोड दिएका छन्

) गणतन्त्र कविता आन्दोलन (२०६१)

 

          रुसि साँस्कृतिक केन्द्र, काठमाण्डौकोमा  गणतन्त्र कविता  आन्दोलन (२०६१)को घोषणा कविता गोष्ठी गरी कवि, पत्रकार तथा समीक्षकहरू माझ विक्रम सुब्बाद्वारा लिखित कवि श्यामलद्वारा घोषणा पत्र वाचन गरी सुनाएर आन्दोलन सुरु भएको थियो   यो आन्दोलन निरन्तर चलिरह्यो यस आन्दोलनमा लेखिएका १४९ कविका कविताहरूकोगणतन्त्रको खेती(२०६७) नामक कवितासंग्रह मुन्धुम प्रकाशनले प्रकाशन गरेको

) अक्षरयात्रा (२०६२)

 

          अक्षरयात्रा (२०६२) पोखराबाट सन्चालित साहित्यिक अभियान हो हरेक महिनाको तेस्रो शनिबार विभिन्न ठाउँमा गएर साहित्य सिर्जनाको कार्यक्रम सञ्चालन गर्ने गर्दथ्यो अक्षरयात्राको आयोजना गजल सन्धया पोखरा नवनीत साहित्य सागर पोखराले गर्ने गरेका थिए यसका अभियन्ताहरुमा प्रकट पगेनी दीपक समीप, लक्ष्मण थापा, कृष्ण उदासी, रुपिन्द्र प्रभावी, ईश्वरमणि अधिकारी, सुरज उपाध्याय, अल्पज्ञानी, दिलिप दोषी, बिर्सना बस्नेत आदि प्रमुख रहेका थिए 

)  लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च ( २०६२)

 

            २०४७ को लोकतान्त्रिक जनआन्दोलन, जनआन्दोलन कबिता( वि.सं. २०४६) सिर्जना चैत्र कोपृष्ठभुमिमा बनेकोलोकतान्त्रिक साहित्यकार संघ हुँदै लोकतान्त्रिक स्रस्टाहरुको संयुक्त मञ्च (विस. २०६२) बैरागी काइलाको अध्यक्षतामा निर्माण भएको थियो
काठमाडौंमा गठित यो मञ्च  नेपालको बहुजातीय, बहुक्षेत्रीय, बहुभाषीय तथा बहुलवादी सामाजिक संरचनाको निर्माण संरक्षणका लागि आवश्यक पहल गर्ने उद्देश्यले गठित यस अभियानमा सबै साहित्यिक संघ सस्थाहरु संलग्न रहेका थिए काठमाडौं बाहिरका केही जिल्लामा पनि यसको बिस्तार भएको देखिन्छ

)  भयवाद(२०६६)

 

             भयवादको बैचारिक आधारको व्याख्या वा अवधारणा पत्र भनेर २०६६ श्रावण मा चौथो पटक परिमार्जन विस्तार गरिएको थियो भयवादका चिन्तक देश  सुब्बाद्वारा सिर्जित उपन्यासआदिवासी( २०६४ ) २०६५ साल श्रावण १८ गते धरानमा सम्पन्नआदिवासी उपन्यास भयवाद दर्शनः राष्ट्रीयवहस मा भयवादको वैचारिक पक्ष आदिवासी उपन्यास माथिका लिखित टिप्पणीहरुको सङ्कलन रहेको कृतिभयवादः वैचारिक चिन्तन रहेको
भय चेतनाको कुरा हो चेतनाको मात्रासँगै भयको मात्रा बढ्दै जान्छ विश्वासले भयलाई कम गराउँछ  द्वन्द्वात्मक अभौतिकवादः द्वन्द्व भौतिक वस्तुमा मात्र हुँदैन, अभौतिक वस्तुमा पनि हुन्छ जबसम्म भन्ने भावना बाँचिरहन्छ तबसम्म भय बाँचिरहन्छ सबै कार्यव्यापारहरु तबसम्म निर्जीव रहन्छन् जबसम्म त्यहाँ भयको प्रवेश हुँदैन भय कर्म होइन, कर्ता हो भयविहीनता आफैं एउटा भय हो आदि जस्ता भयवादको आधारभूत मान्यतामा रहेर देश सुब्बा अन्यले नेपालमा रहेर भन्दा पनि बेलायत अमेरिकामा बसेर कबिता सिर्जना गरिहेका छन


)   स्वर कविता अभियान( २०७२)

 

            स्वर कविता अभियान (२०७२) भारतीय हस्तक्षेप विरुद्ध माओवादी पाटी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ, एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ, अखिल नेपाल जनसांस्कृतिक महासंघ क्रान्तिकारी साँस्कृतिक संघजस्ता साँस्कृतिककर्मीहरुको संयुक्त अभियान हो अभियानकर्मीहरुले भारतीय टीभी च्यानलहरु बन्द गर्न, सार्वजनिक स्थलयातायात, टीभी च्यानल, रेडियो, सार्वजनिक समारोह आदिमा हिन्दी गीत बजाउन बन्द गर्न, विदेशी विज्ञापन बन्द गर्न राष्ट्रिय स्वाधीनताको चेतना जागृत गर्न सबै सञ्चार माध्यममा नेपाली राष्ट्रभाषाका देशभक्तिपूर्ण गीत बजाउन अनुरोध गर्दै भारतीय विस्तारवादी नीतिका विरुद्ध, नेपाली सार्वभौमिकता भूअखण्डतामाथि ठाडो हस्तक्षेपका बिरुद्ध, अन्तर्रा्ष्ट्रिय मान्यता विधिविपरीत भूपरिवेष्ठित राष्ट्रमाथि नाकावन्दीका बिरुद्ध स्वर कविता अभियान मार्फत् राष्ट्रिय स्वाधीनताको चेतना जागरण गर्ने उद्देश्यमा यो अभियान केन्द्रित रहेको थियो अभियान काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको थियो

           माथि उल्लेख गरिएका कविता आन्दोलन अभियानका अतिरिक्त काशी हिन्दु विश्वविद्यालयका विद्यार्थीहरुले चलाएको संक्रमण कविता अभियान (वि.सं. २०५०), एम. एम .गुरुङको खेत कविता अभियान (वि.संं २०५१), जगदीश शमशेर राणाको साहित्य चौतारी अभियान (वि.सं.२०५२), प्रकाश सायमीको भावक अभियान (वि.सं. २०५६), नारी साहित्य प्रतिष्ठान (२०५६), टंक आचार्य, धनकुटे कान्छा, प्रकाश आङ्देम्बेको मुक्त अभियान (वि.सं. २०६०), ताकां लेखन अभियान (वि .२०६०), रक्तिम सांस्कृतिक अभियान (२०६०), पुष्कर रिजालको साहित्यिक योगाभ्यास नेपाल साहित्यिक अभिया (वि.सं.२०६२), पुरुषोत्तमबिष्ट हेमबाबु लेखकको माटो बचाऊ अभियान (वि.सं.२०६६) जस्ता आदि अभियानहरु पनि देखा परेका  छन्

.समकालीन नेपाली कविताका  मूलप्रवृत्तिहरु

 

             सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ प्रवृत्तिगत प्रमुखताको आधारमा नेपाली कविताको परम्परालाई विभिन्न कालखण्डमा विभाजन गरिए पनि एउटा कालखण्डका प्रवृत्ति बैशिष्ठ्य अर्को कालखण्डको कबितामा पनि केही केही मात्रामा देखा पर्दै आएका छन् यसरी आउने प्रवृत्ति संस्कार परम्पराजन्य रहने गरेका छन् समसामयिक वा उत्तरवर्ती उतराअधुनिक उन्मुख समयमा पनि कतै कतै वीर, भक्ति, शृङ्गार शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएका पाइन्छन् तर आजको मूल प्रवृत्ति वा विशेषता त्यो नभएर समसामयिकता नै हो यसरी एउटा कालखण्डको समाप्ति भएर अर्को कालखण्डको सुरुवात भएपछि अघिल्लो कालखण्डका प्रबृतिका कबिता सिर्जना गर्न पाइँदैन भन्ने नभएर अघिल्लो कालखण्डको मुल प्रवृत्ति गौण भएर अर्कै नयाँ प्रवृत्ति मुल रुपमा आउँछ भन्ने हो

            उत्तरवर्ती समसामयिक नेपाली कबितामा पनि अघिल्ला कालखण्डका केही प्रबृतिहरु गौण रुपमा आएका भए पनि प्रमुख प्रबृतिहरु उत्तरआधुनिक प्रवृत्तिको प्रभाव, कथ्यगत समानता वा पुनरावृत्तीय प्रस्तुति, युगीन विविध विसङ्गत परिस्थितिप्रति व्यङ्ग्य, संस्कृतिचेतनाको प्रस्तुति, सामूहिकताको अभिव्यक्ति, मानवमूल्यको उपेक्षा, मानवताको खोजी जीवनका विसङ्गतिको चित्रण, सशस्त्र द्वन्द्वजन्य परिस्थितिको यथार्थ चित्रण, युगीन राजनीतिक अव्यवस्थाको चित्रण, पश्चगमनको विरोध अग्रगमनको अपेक्षाको अभिव्यक्ति, आर्थिक विसङ्गतिको चित्रण, सामाजिक असमानता विसङ्गतिको प्रस्तुति, अन्तर्रा्ष्ट्रियतावादी सञ्चेतना, मानवअधिकारवादी चेतनाको अभिव्यक्ति, चित्रकवितात्मक अभिव्यक्ति, मिथकीय प्रयोग, नारीवादी चेतना, प्रविधिसंस्कृतिको प्रभाव, ,भाषिक सरलताको वरण जटिलताको परित्याग आदि रहेका छन्

           यसैगरी अनियोजित ढाँचाको प्रयोग वा शास्त्रीय ढाँचा प्रयोगमा कमी, भाव सौन्दर्यमा सचेतता, वस्तुयथार्थको अभिव्यक्ति, सरल सम्प्रेष्य शिल्पशैली एवम् भाषिक कला, अन्तर्बिधात्मक पक्षको समावेश, भाव विचार एवम् चिन्तन पक्षको आधिक्य, बिम्ब प्रतीकहरुको भावानुसारी प्रयोग, प्रजातान्त्रिक लोकातान्त्रिक गणतान्त्रिक अभिव्यक्ति, उत्तराअधुकिक शैलीको प्रयोग, जीवन सापेक्षा चेतना, नरीवादी चेतनाा, डायस्पोरा, भयवादी अराजकवादी विषयबस्तु, चिन्तन  शैलीको प्रयोग आदि पनि नेपाली कवितााका उत्तरवर्ती प्रवृत्ततका रुपमा रहेका छन्

.सन्दर्भ सामाग्री ग्रन्थ अनलाइन पोर्टलहरु


) न्यौपाने, सुभाषचन्द्र ४०७२,नेपाली भाषा साहित्यका आन्दोलन विविध प्रयोगहरु, देशान्तर,वर्ष , अंक पृ   २७४३

) त्रिपाठी, वासुदेव, न्यौपाने, दैवज्ञराज सुवेदी केशव २०४६, नेपाली कविता भाग , साझा प्रकाशन

) भट्टराई, गोविन्दराज २०६२, काव्यिक आन्दोलनको परिचय,दो.संस्क., ललितपुरः साझा प्रकाशन

)सुब्बा, देश २०६६, भयवाद वैचारिक चिन्तन, सम्पादक प्रकाश थाम्सुहाङ, हङकङ ,नेपाली साहित्य प्रतिष्ठा
)  http://www.samakalinsahitya.com/?show=detail&art_id=1371

http://samakalinsahitya.com/index.php?show=detail&art_id=2840