रचना गर्भ
![]() |
स्पन्दन राजा, धरान |
मेरो सहज उत्तर थियो, “उहुँ, चिन्दिनँ ।”
साँच्चै म राजसिं लामा को हो भनेर चिन्दिन नै थिएँ ।
मैले सोधेँ, “के लामा नेता हो ? कि पत्रकार ? कि कवि हुन ?” मैले यसरी सोध्नुमा मेरो प्रजातान्त्रिक राजनितिमा आस्था, एक पत्रकार र अर्को पत्रकारबीच हुँदै गरेको भलाकुसारी र साहित्य र साहित्यिक व्यक्ति विशेष मेरो रुचिको बिषय भएकाले हो । मेरो प्रश्न पछि उनले भने( राजसिं लामा एक भयंकर कवि हुन । र धरानका पायोनियर पत्रकार हुन् । लामाको प्रसंग मैले लामालाई नचिन्नु जति सामान्य ठानेँ, त्यो भन्दा बहुत सामान्य ठानेँ भर्खरै निस्केका लामा माथिको हाम्रो प्रसंग । मैले सोधेँ कि( “यो बीचमा आएको अप्रासांगिक कुरामा तेस्तो के विशेष छ र ?” हामी तेतिबेला टुकुचाको गल्लिको सानो चिया पसलमा थियौ । पञ्चायती व्यवस्थाको खिलाफ कविता लेखेकै कारण राजद्रोहको मुद्दामा १२–१२ पटक जेल पर्नु, तत्कालीन व्यवस्थाको सरकारले सयौँ कविता जलाउनु, पटकपटकको सफायाबाट बाँच्नु, दूध बेच्ने एउटा केटो जो राज्यबाट हत्या गरिएको किसान लास बोकेर कर्फ्युको बाबजुद पनि कोणसभामा जिन्दावाद र मुर्दावादको नारा लगाउदै हिँड्नु, सिक्किम सरकारको प्रमुख प्रेस सल्लाहकार हुनु के यो विशेष हैन ? यस्तैयस्तै करिब धाराबाहिक रूपमा १० मिनेट जतिमा लामा माथिको उनको संक्षिप्त बुझाइ सकियो । र, अन्तमा भने बाँकी आफै खोज्नू । यसपछि भने लामाप्रति मेरो उत्सुक्ताको एक सिमिमको बाढी नै आयो । हामी उज्यालो गल्लीको मधुरो चियापसलबाट तर निक्कै सानो गल्लीबाट हात मिलाएर छुट्टियौँ । म धरान फर्केको केही हप्तासम्म यो बिषय त्यतिकै थाँति रह्यो । तर पनि राजसिं लामा को हुन.. भनेर जान्ने इच्छा मनमा हुटहुटी भैरह्यो । यही बीचमा बिष्टले मलाई राजसिं लामाको बारेमा केही तर निक्कै अपर्याप्त सामाग्री पठाइ दिए । साथै स्वयम् लामासँग भेट गर्ने वातावरण पनि मिलाइदिए । फोन नम्बर दिए । लामासँग मैले फोनमा बोलेँ । कुराकानीपछि थाहा लाग्यो कि प्रायः कमै मात्रामा भेटघाटको लागि समय दिनुहुँदो रहेछ । केही समय अघि उहाँ अस्वस्थ पनि हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । उहाँसँगको भेटका लागि अघिल्लो दिन सम्पर्क गरेर मैले राजसिं लामाको बारेमा जान्न चाहेको बताएँ । उहाँले भन्नु भयो, म त राजकुमार कार्की हुँ फेरि पनि तपाईँलाई म राजसिं लामाको बिषयमा बताउँछु । यो प्रसंग निक्कै नाटकीय लाग्न सक्छ तर सही यस्तै थियो । अघिल्लो दिनको समयअनुसार ठिक १ः३० मा म राजकुमार कार्कीको निवासमै रहेको ब्लाष्टको कार्यालयमा पुगेँ । एउटा पुरानो टिभीमा समाचार हेरिरहेका कार्कीको हुलिया सामान्य सर्ट पेन्ट लगाएका थिए । अनुहारले साठि नाघेका जस्ता र केही थकितजस्ता देखिए । फुलेको कपालमा लगाएको कलर त्यति खुलेको होइन । भित्ताभरि विभिन्न संघसस्थाबाट सम्मानित भएका सम्मानपत्र । कुर्सी छेउमै रहेको टी–टेबलमा आधा जति सिग्रेटको ठुट्टाले भरिएको एस्ट्रे । एस्ट्रे नजिकै खोलिएको सूर्य चुरोटको बट्टा । र, बट्टा माथि एलजीको निलो लाइटर ।
क) दुध बेच्ने केटो
बिहानको उज्यालो भुइमा खस्न नपाउदै ११ १२ बर्षको एउटा फुच्चे केटो दूध बोक्ने भाडा बोकेर बरगाछि चोकमा धरानबाट बिराटनगर जाने ’आराथुङ्ग’ बस कुरिरहेको हुन्थ्यो । पहिलो बस चढेर तरहरामा ओर्लिने गर्दथ्यो तरहरमा ओर्लिएर सिधै किसानको घर घरमा पुगेर ताजा ताजा दूध बोकेर पुन धरान फर्किएर आफ्नो नियमित ग्राहकहरुमा दूध बाड्ने र महिना पुगेको ग्राहकबाट पैसा उठाउने गर्दथ्यो । दूध बेचेर ग्राहकबाट उठाएको पैसा किसानलाई दिने र बाँकी फाइदा भएको पैसाबाट आमालाई घर खर्च चलाउन मद्दत गर्ने गर्दथ्यो । अहिलेको भानुचोक नजिकै रहेको ’अकुल’ होटलमा कुनै दिन खाना खाएर र कुनै दिन भोकै दूध बोक्ने भाडा बोकेर घर फर्कन्थ्यो । धेरै जस्तो दिन घरमा भाडा राखेर मात्र तेतिकै दूध लागेको र कटकटिएको कपडा नै लगाएर बिधालय पुग्ने गर्दथ्यो । तेहि केटोले श्री सिक्षा सदन बिधालयको कक्षा ५ मा पढ्दा पहिलो पटक कबिता लेख्यो । कबिताको शीर्षक थियो(’मातृभुमि’ । त्यो कबिता त्यो समयमा राजधानिबाट प्रकासित हुने ’मातृभुमी’ पत्रीकाले छापेको थियो । तेहि केटाले कक्षा ६ मा पढ्दा केहि साथिहरुसग मिलेर साहित्यिक मन्च तयार गर्यो । एउटा गज्जबको माइनट गर्यो र माइनोट सहित प्रध्यानाद्यापकलाई निबेदन लेखेर बुझायो । निबेदनको बेहोरामा लेखिएको थियो( साप्ताहिक रुपमा बिधालयले साहित्यिक कार्यक्रम गरोस भन्ने बारे । त्यो कार्यक्रम केही महिनामा सम्म निरन्तर रुपमा प्रध्यानध्यापकको प्रत्यक्ष रेखदेखमा सञ्चालन पनि भयो । तर पछि बिभिध कारणले तेसले निरन्तरता पाउन सकेन ।
हालको ऐतिहासिक महत्व बोकेको आधुनिक धरान सहरको सुरूवात विक्रम संवत् १९५० तिर विजयपुर डाँडामुनिको घनाजङ्गल फाड्ने क्रमबाट सुरू भएको हो । सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरूले तयार गर्ने गरेको धरानबाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ । यहि धरानको तत्कालिन बाझगरा पञ्चायतमा २०१५ साल बैशाख १ गत्ते आइतवारका दिन सुनसरिमा जन्मिएको तेहि दूध बेच्ने केटा उर्फ राजकुमार कार्कि अहिले मेरो अगाडि मेरो कोक्पा(बाजे)उमेरको भएर मलाइ आराम कुर्सिमा बसेर यो काहानि सुनाउदैछ । आफ्नो बाबुबाजेको पुर्ख्यौली जग्गाजमिन प्रसस्त भएर पनि परिवारमा सौतेनी मामला पसे पछि आमासङ्ग एउटा फुटेको कराही लिएर छुट्टिएर बसेका थिए । कार्की जेठा छोरा हुन । जेठा छोरा भएकैले सानै उमेरबाट उनले आमालाइ घरब्याबहारमा सहयोग गर्नु परेको थियो । घरको दुख र पारिवारिक कारणले कार्किमा एक खाले बिद्रोहको बीउ रोपियो । पुस्तक पढ्न रुचि राख्ने कार्किको सानैमा मार्क्सवाद समबन्धी केही थोरै पढेका थिए । उनको दिमागले भेउ नपाउने दर्शनहरु पढेर चाहिँ उनलेको दिमागले यति टिप्यो कम्युनिष्ट गरिब र सोझा मान्छेहरुको लागि रहेछ । उनको आमा लोक भाकामा आफै शब्दहरु कनिकुथी बनाएर गुनगुनाउमे गर्द्थिन । आमासङ्गै गोठाला जादा र घरको काममा सहयोग गर्दा र बिधालयको पाठ्यक्रमा राखिएको कबिताले उनलाइ कबिता लेख्न होस्याएको बताउछन । यति भएर पनि कार्की आमालाइ नै कबिताको आफ्नो गुरु मान्छ्न । धरान सहर जो अहिले उपमहानगरपालीका बनेको छ । अहिले पनि यस सहरलाई पुर्वीय नेपालको लागि गोर्खा सैनिक भर्ती केन्द्रको रूपमा चिनिन्छ । जसको स्थापना सन् १९५३ मा भएको हो । भर्तिकेन्द्र खुले देखि नै याहाको जनजिवनमा विभिन्न अबसर चुनौतिहरु प्राप्त हुदा हुँदै पनि उनको बाल्यकाल दूध बेच्नुसङ्गै सङघर्षमय नै बित्यो ।
ख) राजसिं लामा
पार्टिमा प्रत्यक्ष रुपमा जोडिएर राजनिती गर्न सुरु गरेको बेला पार्टिले दिएको नाम सुधिर हो । पहिलोपटक पक्राउ परे पश्चात् पुन नाम परिवर्तन गरि रेडरोज राखे । रेडरोज नाममा थुप्रै कबिताहरु लेखे । फरि उनले नाम परिवर्तन गरेर सूर्य राखे । २०४२ साल कात्र्तिक २ गते अफ्रीकाको अमेरिकन कठपुतली बोथाहा सरकारले २० बर्षिय क्रान्तिकारी अस्वेत कवि मालेसेमा बोन्जामिन मोलाइस जस्ले राज्यको दमनका बिरुद्धमा कलमको निभबाट आगो सरि कबिता ओकल्थे । तिनै कबिलाई राज्यले राज्यको दमन र शोषणमा लेखिएका कबितालाइ राजद्रोहको मुद्धा बनाएर फाँसी दिने निर्णय गर्यो । फासिमा चढ्नु अघि मोलाइसलाई सोधियो( तेरो अन्तिम इच्छा के छ ? मोलाइसले आफ्नो अन्तिम इच्छा केही नरहेको बरु मेरो यो २० बर्ष उमेर सम्म चाहेर पनि देश र जनताको लागि केही गर्न नसकेको तर क्रान्तिको झिल्को बनेर जिन्दगी सगौरब देश र जनताको लागि फासिमा चढेर सगौरब उत्सर्ग गर्न तयार छु भने । त्यो बेला कार्की धरानको थानामा नै थिए । जेलबाट नै दक्षिण अफ्रिकालि अश्वेत कविलाई दिएको मृत्युदण्डको सम्मानमा लेखिएको उनको कविताको दोस्रो हरफ उनी अहिले पनि सम्झन्छन्
ओ मालेसेला....
खुली हावामे पंख फिँजाकर उडकर
तुमने हमको दिखायी है आजादी के लिए कुल जिन्दगी देना
तुमने हमको सिकायी ओ मालेसेला .....
उनको उत्त कविता भारतका चारु मजदूरले शुरू गरेको नक्सलाइट आन्दोलन समर्थित भारतको पटनाबाट आउने हिन्दी पत्रिका ‘उद्भावना’मा छापिए पछि राजकुमार कार्की एक्कासी राजसिँ लामाको नाममा चर्चित भए । उनको छद्दम नाम राजसिं र लामा चाहिँ विभिन्न खाले कार्कीहरु मध्य उनी लामा कार्की भएकाले राजसिं लामा नाम आफैले नामाकरण गरेका थिए । उनले राजसिं लामाको नाममा लेखेका सयौ कबिताहरु राज्यले जलाएको बताउछन । सयौ कबिता जलाईदा पनि कति पनि बिचलित नभै निरन्तर राज्यको दमन र पञ्चायती ब्याबस्थाको बिषयमा लेखिरहे बोलिरहे । तेसरि एक कबिको कबिता जलाउनु भनेको राज्य कविसङ्ग र कबिको बिद्रोही भाबसङ्ग डराउनु हो भन्ने ठान्छन । जब कोहि गल्ती गर्छ तब डराउन थाल्दछ भन्ने उनको ठम्याइ छ ।
ग) राजनीति
कक्षा ८ ९ पढ्दा ताका नै उनी अनेरास्ववियुको कक्षा कमिटी र एकाइ कमिटिमा बसेर राजनिती गर्न सुरु गरिसकेका थिए । कक्षा पाँच पढ्दै त्यो बेलाका धरानको महेन्द्र बहुमुखी क्याम्पसका स्ववियुका नेता बिआर पौडेलसँग पनि कार्कीको चिनापर्ची थियो । उनी कक्षा ६ मा पढ्दा खेरी भरतसिँ याख्खा भन्ने किसानलाई पञ्चायन झोडा काण्डको बेला तरहराको बनबिभागमा ल्याएर तत्कालिन सरकारले राजद्रोहको मुद्धामा गोलि ठोकेर मारेको थियो । त्यो समयमा अखिलको बिधार्थी नेताहरु सुर्य प्रसाद पराजुली, बिर पौडेल र वाम्पन्थि नेताहरुसङ्ग याख्खाको लास सेना प्रहरिको कब्जाबाट खोसेर धरान ल्याउदा जिन्दावाद र मुर्दाबाद नारा लगाउदै हिडेका थिए । धरानको छाताचोकमा ल्याएर लास प्रदर्शन गरि विभिन्न ठाउमा कोण सभागरिएको थियो । त्यहाँबाट धरानका तत्कालीन प्रधानपन्च गोविन्द मोक्तानको घर अगाडि लाश राखेर प्रदर्शनकारीहरूले कोणसभा गरे । चर्का भाषण र नाराबाजी भए । ततकालिन डिएसपिले घरबाट कोहि बाहिर निस्के सिधै गोलि हान्ने आदेश सहित कर्फ्यु नै लगाएको सम्झिन्छन कार्की । लासलाई अन्त्यमा कम्युनिष्ट झण्डा ओढाएर धरानको तिनकुने नजिकै दफनाइएको थियो । यो घटनाले उनलाई राजनितिको बारेमा बुझ्न , राज्यको दमनको बारेमा बुझ्न मदत गर्यो ।
२०३६ साल तिर २१ बर्षे युवा कार्किले जिविको पार्जन सजिलो होस भन्नका लागि उर्लाबारिमा किस्कुट फ्याक्ट्री खोले । बिस्कुट फ्याक्ट्री चलाइरहदा नै कोशी वामपन्थी कोअर्डिनेट केन्द्रको सम्पर्क ब्याक्ती बने । त्यो बेला तत्कालीन पूर्वका वामपन्थीहरूको कोअर्डिनेसन केन्द्रमा आबद्ध कार्कीको समूहलाई त्यो बेला उर्लाबारीमा बहुदलको प्रचारमा आएका तत्कालीन नेकमा (मार्क्सवादी)का महासचिव मनमोहन अधिकारीलाई सहयोग गर्न भनिएको थियो । पछि नेकपा मालेको सम्पर्क ब्याक्तिको रुपमा कार्य गरे । तेस पछि भने कार्की कम ब्याबसायी धेरै राजनितिज्ञ , कम बिधार्थि र बिधार्थी हुँदै धेरै राजनितिमा सरिक हुन थाले ।
महेन्द्र बहुमुखी क्याम्प्स धरानबाट हुने विभिन्न बिधार्थी राजनिती र अस्कल काण्डमा समेत कार्किको प्रत्यक्ष सहभागिता रहेको थियो ।
घ ) जेल जीवन
पटक पटक गरि राजशिं लामा पञ्चायत बिरुद्ध कबिता लेखेको कारण सहित राजद्रोहको मुद्धामा १२ पटक सम्म जेल जीवन भोगेका कवि हुन । जेलमा रहदा पनि राज्यको दमन र पञ्चायतको बिरुद्धमा कबिता लेखी नै रहे । जेलको भित्ता भरी अङ्गारले क्रान्तिले ओतप्रोत भएका कबिता लेखेर राज्यको दमनको बिरुद्धमा धावा बोल्थे । १२ पटक जेल र थुनामा परेका कवि कार्कीका आफ्ना कविता र दैनिकी लेखिएका डायरी जलाउँदा कार्किलाई कुनै दुखेसो भएन । बरु त्यो बेला पञ्चाय्तको डरको सिमा नाघेकोले तेस्तो हर्कत गरेको ठान्थे । जलेका कबिताहरुमा पञ्चायतको घिनलाग्दो अनुहार जलेको देख्थें । यसले झन उनलाई पञ्चायत र राज्यको शोषण विरुद्ध लेख्न बल प्राप्त भएको महसुस गर्थे ।’ २०४८ अगाडी लेखिएका ३०० जति नछापिएका कविता र दर्जनौं छापिएका कविताहरू पञ्चायतको अनुहार सङ्गै जलेर खरानी भएको कार्की बताउछन । उर्जाशील समयमा लेखिएको कबिताहरु अहिले नहुदा भने चाहि उनको कबिता सगह पकाशन गर्न समस्या र दस्तावेजको रुपमा नभएको बताउनछ । आफु पहिले कबी भएर पछी क्रान्तिकारी भएको बताउने कार्किको पचास र साठीको दशकमा लेखेका कविताहरूको सङ्रह पुस्तकको रुपमा प्रकासनको तयारिमा रहेको छ ।
राजद्रोह, राजकाज, शान्तिसुरक्षा, लेखन प्रकाशन गरी विभिन्न १६ वटा मुद्दामा १२ पटक थुनामा परेका लामा पहिलो पटक उर्लाबारीबाट पक्राउ परेर डिएसपीको कार्यालय विराटनगरमा नौ महिना जेल बसे । त्यसपछि ११ पटकसम्म जेल परेका कार्की कहिले कवि गोष्ठी गरेको भन्दै त कहिले पञ्चायतले रजतजयन्ती मनाउदा पञ्चायतलाई ‘धमिराले खाएको घर’ भन्दै कविता लेखेको कारण त कहिले पुस्तक विमर्शमा गरेको आरोपमा जेल परे । सुनसरीको डिएसपी कार्यालयदेखि मोरङको अञ्चल कारागारसम्म जेलमा बसे कार्की । धरानको छाता चोकबाटै ४ पटक पक्राउ परेका थिए । १२ पटकको जेल जीवनमा मोरङको डेढ वर्षे जेल सबैभन्दा लामो जेल परेका लामा एक पटकमा हप्तादिने दिन देखि नौ महिनासम्म गरी करिन ४ वर्ष जेलमा बिताएका छन । कार्की २०४६ सालको पहिलो जनआन्दोलन र २०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा पनि जेल परेका थिए । दोस्रो जना आन्दोलनको समयमा अन्तिमा पटक इटहरीमा पक्राउ परेर पकलीको सशस्त्र क्याम्पमा ११ दिन थुनिएका थिए ।
धेरै पटक विराटनगर जेलमा हँुदा लामालाई सफाया गर्ने हल्ला चल्थ्यो तर लामा अन्तिम सास सम्म पनि प्रजातन्त्रको लागि र पञ्चायतको बिरुद्धमा लडिरहने अठोट र आत्मबिश्वास कायम गर्थे । उनि अहिले सोच्छन मेरो आत्मबिस्वास नभएको भए म जेल भित्रै मरिसक्थे हुला । पाँचपटकसम्म उनलाई विराटनगरबाट काठमाडौंको नख्खु जेल लाने योजना बन्यो । नख्खु जेल सरकारविरोधी तत्व सफाया गर्ने स्थलको रूपमा चिनिएको थियो । तर चौकीदार झारमान लिम्बू र नेपाल थरका एक जेलरले उनलाइ त्यसो गर्न दिएनन् । किनकी चौकीदारहरुलाई क्रान्ति जनताले राज्यसँग जनताको लागि गरिने भनेर लामाले बुझाएका थिए ।
लामाको आक्रोश र विद्रोह पञ्चायतको बिरुद्धमा मात्र थिएन त्यो बेला, राजतन्त्रको बिरुद्धमा समेत थियो । पञ्चायतको चोला च्यातेर मात्र राजतन्त्रको चोला च्यात्न सकिन्छ भन्ने धाराणा भएको लामालाई पञ्चायतले पञ्चायतविरोधी कविता लेखेको भन्दै राजद्रोहको मुद्धमा जेल हाल्थ्यो । र चरम यातना दिन्थ्यो । लिङ्गमा धागो बाँधेर भित्तामा तान्दै धागोमा हिर्काउने र तेरो कबिता लेख्ने यही हात र औंला हैन भन्दै औंलामा पिनले घोच्ने जस्तो निर्मम यातना दिने गर्दथे प्रहरिहरुले । अझै उनको दाहिने हातको साहिँली औंला र माहिली औंलामा किला गाडेको निशाना र औंला भाँचेको चोट छ । चरम यातना भोगेर पनी कहिले विचलित नभएका लामा प्रजातन्त्र र क्रान्तिका पुस्तकहरु जेलका प्रहरी र नाइकेलाई पढ्ने सल्लाह र प्रजातान्त्रीक हुन आग्रह गर्दथे । जेल भित्र पनि उनि क्रान्तिका र प्रजातन्त्र सम्बन्धी पुस्तकहरु पढ्ने गर्दथे । ति पुस्तकहरु उनलाई भेट्न आउने शुभचिन्तकहरुले ल्याइदिने गरेका थिए । उनि आफु मात्र एक्लै ति पुस्तकहरु नपढेर साथिहरु र जेलका नाइकेलाई पनि पढन दिन्थे ।
एक पटक पञ्चायती व्यबस्थाले पक्राउ गरेर धरानको प्रहरी थानामा तीन महिनादेखि थुनामा रहेको लामाको बिषयमा एउटा अफवाह फैलियो । जेलमा रहेका लामालाई पञ्चायतको अदालतले लामासँग पाँच लाख धरौटी माग्छ । लामाले तिर्न सक्दैन अनि सफयाको सिकार बन्छ । पञ्चायती ब्याबस्थाले पटका पटक सफाया पनि दिन नखोजेको हैन । धरान देखी नजिकैको सेरा पुलमा रातको समयमा लगेर असफल र नाटकिय सफायाको प्रयास पनि भएको कार्की बताउछन । त्यहि समयमा संयुक्त प्रजातान्त्रिक आन्दोलनको पक्षमा लागेका राजबन्दीहरूको पक्षमा वकालत गर्न राजनीतिक दलहरूले एउटा वकिलहरूको समूह नै तयार गरिएको थियो । काठमाडौंबाट सुशीला कार्की तथा सुवास नेम्वाङसहितको ११ जना वकिलहरूले तत्कालीन धरानमा रहेको अञ्चल अदालतमा कार्की सहिता अन्य बन्दीहरूको पक्षमा वकालत गरे । त्यो बेला कार्की दुइ सय धरौटिमा जेलबाट रिहा भएका थिए ।
ङ) सिक्किम सम्बन्ध
जेल बाट निस्के पछि उनी काठमाण्डौ बस्न थाले । काठमाण्डौ बस्दा केही साथिसङ्ग मिलेर बागबजारस्थित कार्यालय खोलेर अङ्ग्रेजी म्याजिन द बुद्ध वल्र्डको प्रकासन सुरुवात गरे । त्यो अङ्ग्रेजी म्यागजिनको केही अङ्क दक्षिण एसियाको सबै भन्दा ठुलो बुद्ध धर्मको मोनार्गी सिक्किमको रुम्तेक गुम्बामा सम्म पुगेछ । त्याहा यब्रयानी, हिन्यामी मध्यका ठुला बुद्ध धर्मगुरु ताइसुतुरिन रिम्पोछे र ग्याल्ज्याप रिम्पोछे थिए । ताइसुतुरिन अङ्ग्रेजी, टिबटियन, हिन्दी र काम चलाउ नेपाली पनि बोल्ने गर्दथे भने ग्याल्ज्याप टिबेटियन भाषा मात्र बोल्थे । बुद्ध धर्म सम्बन्धी महत्वपुर्ण कुराहरु द बुद्ध वल्र्डमा लेखिएका थिए । तिनै लेखहरुले प्रभाबित भएका रिम्पोछेहरुले कार्किलाई त्याहा अतिथिको लागि निमन्त्रणा आयो । निमन्त्रणाको केही समय पछि खुद त्याहाको प्रतिनिधि लिन नै आएपछी कार्की साथिहरु डम्बर गिरि र प्रल्हाद हुमागाइ सहित ११ दिन विशिष्ट अतिथिको रुपमा रुम्तेक गुम्बामा बसे । त्याहा बस्दा ताइसुतुरिनसङ्ग त्याहाको राजनैतिक , धार्मिक, सास्कृतिक बिषयमा कुराकानी भए । खास गरि ताइसुतुरिन लामासङ्ग बौद्ध धर्म र राजनैतिक बिचारबाट प्रभातित भएको कार्की आफै बताउछन । त्यो समयमा सिक्किममा मुख्यमन्त्री नरवहादुर भण्डारिको सरकार रहेको थियो । लामा नेपाल फर्किए पछि सिकिममा राजनितिमा ठूलो फेरदल भएछ । सिक्किम मुख्यमन्त्री भण्डारिको सरकार ढालेर नया उसैको मन्त्रीमण्डलमा रहेको सञ्चमान लिम्बुलाई मुख्य मन्त्री बनाउने पक्का पक्की भए पछि पुन रुम्तेक गुम्बाबाट लिम्बुको सरकारको प्रेस चिफ एडभाइजर भएर काम गरिदिन पत्र आएछ । पत्रलाई बेवास्ता गरिरहेको बेला गुम्बाको प्रतिनिधि आए पछि ती प्रतिनिधिहरु सहित दिल्ली स्थित रहेको सिक्किम हाउसमा गएर २ बर्षको लागि सरकारको प्रेस चिफ एसभाइजरको लागि सहमती पत्रमा हस्ताक्षर गरेर उतैबाट सिक्किम हानिए ।
सिकिममा पनि उनले सुर्य साप्ताहिक प्रकासित गरे । उनी त्याहा काम गर्दा थुप्रै पटक मुख्य मन्त्री लिम्बुको भाषण लेखिदिए । तेहि समयमा भारतिय प्रधानमन्त्री बि पि नरसिहको राव सिक्किममा चुनाबी प्रचारमा आएकोबेला नेपालिमा रावको लागि पनि भाषण लेखिदिएको बताउछन । त्यो भाषणपत्र प्रधानमन्त्री रावले सिक्किमको पाल्जोक रङ्गशालामा नेपालिमै सभासम्बोधनमा प्रयोग गरिएको थियो । भाषणको सार उनी अहिले यसरी सम्झिन्छन ( ’भारत देश धार्मिक बिभिधता भएको , सास्कृतिक बिभिधता भएको एक सम्पन्न मुलुक हो । सिक्किम स्टेट पनि भोटे, लेप्चा नेपालभाषि आदिले बिभिधता भएको हो । याहाको वातावरण सुहाउदो धार्मिक र राजनितीक खलल नपुग्ने गरि काङ्रेसले याहाको जनताको मागहरु सम्बोधन गर्ने छ । ’
नेपाल र सिक्किमको धेरै कुरा मिल्दा मिल्दै पनि राजनैतिक स्थिती, समाजिक स्थिती, भाषिक स्थितिमा घुलमिल हुन नसकेका कारण दुई महिना पछि नै त्यहाबाट काम छोडेर नेपाल फर्किन पनि चाहेका थिए ।अहिले कार्की भन्छन( ’नेपालबाट यो बिषयमा अनुभव नभएको म त्याहा ताइसुतुरिन, ग्याल्ज्याप बौद्ध धर्मगुरुहरु र मुख्यमन्त्री लिम्बुको बिश्वास, आट हौसला र सहयोगले नै तेतिको महत्व पुर्ण कार्यभार सम्हाल्न सकेको थिँए ।’ चुनाबी अभियानकै बेला मुख्यमन्त्री लिम्बुको लागि लेखिएको एउटा भाषणमा पुर्वमुख्यमन्त्री भण्डारिको राजनैतिक आर्थिक भ्रष्टचारिको भण्डाफोर गरिको थियो । त्यो भाषणपत्र पाकेनको सभामा लिम्बुले बोलेका थिए । सोही कार्यक्रमबाट फर्किने क्रममा बाटोमा चियानास्ताको लागि रोकिएको बेला लामा माथी लामाकै भासामा सानो गाडिका दुई गाडी आएका भण्डारिको लठैतहरुले आक्रमण गरेका थिए । उनका सुरक्षाका लागि रहेका डिएसपी बढुवाको प्रकृयामा रहेका राजकुमार लिम्बु र दुई जना शेर्पा जवानले उनलाइ बचाएका थिए । अर्को कार्यक्रममा पाकेनमै भण्डारिले सभालाई सम्बोधन गर्दै लामालाइ गुण्डा नाइकेको सज्ञा दिदै भनेका थिए( आमाबुवाहरु नेपाल देखि सञ्चेले एउटा गुण्डा नाइके ल्याएको छ । तेसको नाम राजकुमार कार्की हो । त्यो अहिले याहा राजसिं लामाको छदमनाम प्रयोग गरेर बसेको छ । लामाको दुई सालको कार्यकाल सकिदै लाग्दा पवन चाम्लिङ्ग राइजिङ्ग पोइण्टमा आइसकेका थिए । चाम्लिङ्ग र लिम्बुको राजनैतिक सहमतिमा चाम्लिङ्ग मुख्यमन्त्री बन्ने पक्का पक्की भए पछि उनी नेपाल फर्किएका थिए ।
च) निमा डोल्मा
लामा सिक्किम रहदा खेरी नै अर्को प्रसङ्ग पनि सम्झिन्छन । त्यो हो निमा डोल्मासङ्गको फ्लिमी भेट र सहचार्य । उनी सिग्रेटको अम्मलि हुन । अफिसमा बसेर कुरा गरिरहदा पनि बेला बेला सिग्रेट तानिरहेका थिए । उनको क्वार्टर नजिकैको मार्केटमा भर्खरै एउटा कस्मेटिक पसल खुलेको थिएछ । लामा हरेक बिहान जस्तो टहल्दै टहल्दै सिग्रेट खान तेतै पुग्दा रहेछन । एकदिन कस्मेटिक पसलमा पनि सिग्रेट बेचिरहेको देखे पछि उनी अचम्म माने । तर तेसको भोलिपल्ट देखि नियमित सिग्रेट किन्न त्याही जाने थाले । पसलमा दुई जना महिला पालैपालो जसो बसेका हुन्थे । एउटि आफ्नै उमेरकी र अर्कि अलि कम उमरकि थिई । बिस्तारै आउजाउ हुदा चिनजान भए पछि थाहा पाएछन । ठुली चाहिँ निमा डोल्मा अर्थात दिदी रहिछे । जसको बिवाह नागाल्याण्डको नागासङ्ग भएको र दुई बच्चाको आमा रहिछे । सानि चाहिँ बहिनी जो जिस्किन र बोल्नमा खप्पिस रहिछ । कहिले कहि सानिले जिस्काउथी ( लामा मलाइ बिहे गरेर लैजाउ र गान्धी मार्केटमा भएको दुइटा घर मध्य एउटा घर दाइजोमा पाउ । निमा र उनको श्रीमानसङ्ग प्रेम बिवाह भए पनि पछि समय बित्दै जादा रक्सी पिएर आएर कुट्ने , पैसा मात्र माग्ने र केटि लिएर हिड्दै मानसिक टर्चर दिन थालेछ । दैनिकको टर्चर पछि निमाको बुवाले सम्झाइ बुझाइदिन आग्रह गरे पछि निमाको श्रीमानलाई क्वार्टरमा बोलाएर के सम्झाउन खोजेका मात्र थिए लामा र निमाको सम्बन्धलाई गलत तरिकाले तथानाम गाली गरेछन । लामा अहिले त्यो गाली सम्झन चाहादैनन । निमाको बुवाको पुन आग्रहमा केही दिन डर देखाउन भए पनि देखाउन उनको ज्वाइलाई नजिकैको प्रहरी चौकिमा लामाले राख्न लगाएछन । किन मान्थ्यो महिलाको मैन जस्तो सामन्य तापबाट पग्लिहाल्ने मन । ५ दिनको दिनमा नानिहरु र प्रेम सम्झेर निमा रुदै पुगिन लामा कहाँ र भनिन( अब त चेत्यो होला छोड्न भनिदेउ राज । त्याहाबाट निस्के पछि पनि किन सुध्रीन्थ्यो ज्याद्रो मान्छे । बरु टर्चर दिनलाई कुनै कसर बाँकी राखेन । यसरी सहन भन्दा छुटिनु जाती भनेर निमा श्रीमान सङ्ग छुटेको करिब एक डेढ बर्ष पछि कार्किकै सहयोगमा हङ्गकङ्ग पुगिन । अहिले उनी लनडनमा रहदै आएकी छिन ।
लामालाई एक पटक सामान्य रुघा खोकिबाट सुरु भएको बिरामीले दुई महिना जति थला पार्यो । अस्पताल गएर उपचार र औषधि खादा पनि ठिक भएन । लामो आराम र औषधिले ठिक नभएको बिरामी लामा डोल्माले दिएको जडिबुटी , जडिबुटिबाट बनेको औषधि, गोरुको सुप र प्रेमले एकै हप्तामा तङ्गीए । तेसपछि लामाले निमाको नाममा एउटा गित लेखे । त्यो गित पछि न्यु बज्राचार्यको सङ्गीत र किशोर थुलुङ्गको आवाजमा पनि रेकर्ड भयो । उक्त गितलाई कार्किले गुनगुनाएर नै सुनाए
गान्तोकको बजारैमा दोचा लगाएर
घाइते मुटु पठाको छु यो चिठिको खोलमा
सम्हालेर राखि देउ है मेरि निमा डोल्मा
निमा डोल्मा मेरि निमा डोल्मा
के निमा सङ्ग तपाइको प्रेम थियो ? भन्ने प्रश्नमा कार्किले मुस्कुराउदै भने ( ’त्यो पक्कै पनि प्रेम थिएन तर प्रेम जस्तो मीठो केही थियो । खासमा एक असल सहचार्य थियो ।’
छ) ब्लास्ट सम्म
०४७ को प्रजातन्त्रको पुनर्वहाली पछि २०४८ सालमा धरानको पब्लिक हाइ स्कुलमा राजबन्दी अभिनन्दन समारोहको कार्यक्रम आयोजना गरिएको थियो । कार्किलाई पनि अभिनन्दनमा निमन्त्रणा थियो । जब उनी समारोह स्थलामा पुगे र देखे कि मञ्चमा आसिन धेरैजसो ब्याक्तिहरु हिजोको दिनमा कि त पञ्चायतका पक्षधर मात्र पाए कि त हिजो राज्यमको दमन बिरुद्ध बोल्नेमाथी ढुङ्गा मुढा प्रहार गर्ने र प्रहरिलाई पोलझोस गर्नेहरु माला लगाएर बसेको देखेर निरास बने । उनलाइ तेतिबेला लाग्यो कि हामी जस्ता सोझासाझा जनताहरुले राजनिति गर्ने होइन रहेछ । राजनिती त हुनेखानेहरु जो तुरुन्त टीका लगाउन सक्नेहरुले रहेछ । राज्यको शोषणको बिरुद्ध बोलेर जेल र यातना भोग्नेहरु सम्मानित ठाउँ र राजनितिक बृतमा नदेखेर उनमा बितृष्णा पैदा भयो । खास गरि पार्टीगत राजनितिबाट निराशा आएको कार्किले त्यही कार्यक्रमा उनले बोले( आजको राजनितिमा हुनेखानेहरुको रहेछ । हिजोको अफ्ठ्यारोमा हुदा खानेहरुको रहेछ ।
तेहि साल लामाको अध्यक्षतामा इन्डिपेन्डेण्ट युथ अर्गनाइजेसन एक्सन ग्रुप अफ धरान बनियो । यसको गुपको मुख्य उद्देश्य धरान बचाउ अभियानमा लाग्नु थियो । तत्कालिन सरकारले धरानमा भएको अञ्चल अदालत बिराटनगरमा लगेर पुनराबेदन अदालत, क्षेत्रीय अस्पताल लगेर अञ्चल अस्पताल बनाएको थियो । उनको अध्यक्षतामा बनेको अर्गनाइजेसनले सरकारको त्यो कदमको बिरोध गर्दै धरानमा भएको सम्पुर्ण सरकारी कार्यलय धरानमै हुनुपर्छ भन्ने कुरामा जोड दियो । उक्त अर्गनाइजेसनले सञ्चालन गर्ने विभिन्न सकरात्मक अभियानमा धनकुटाबाट रकम चेम्जोङ्ग, संखुवासभाबाट हरि बैरागी र झापाबाट द्रोणाचार्य क्षेत्रीले साथ र सहयोग दिएका थिए । तर न त त्यो बिषयलाई सरकारले सुनुवाइ गर्यो न त कतैबाट सकरात्मक टिप्पणी नै आयो । उनलाई लाग्यो यस्तो बिषय जो समचार बन्नु पर्ने थियो समचार पनि बनेन । समचार नबनी र सञ्चार माध्यमको सहयोग बिना राज्यसङ्ग लड्न नसकिने रहेछ भन्ने लागेर कार्किले ब्लाष्ट बुलेटिन प्रकासित गर्न सुरु गरे । बुलेटिनको प्रधानसम्पादक स्वयम् कार्की रहे । बुलेटिन हातहातबाट बेचेर नै अर्को अङ्क प्रकासन गर्ने खर्च र सङ्गठन चलाउने खर्च जुटाउन थाले ।
भारतको तत्कालिन प्रधानमन्त्री बिपि नरसिह रावले अहिलेको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान मोरङ्गको डयनियामा सिलान्यास गरेका थिए । प्रतिष्ठानलाई धरानमा ल्याउन ब्लाष्टले महत्वपुर्ण भुमिका खेलेको कार्की बताउछन । धरानमा सामाजिक रुपान्तरणको लागि, सास्कृतिक रुपान्तरणको लागी, राजनितिक रुपान्तरणको लागी, शैक्षिक रुपान्तरणको लागि अहिले पनि ब्लाष्टले महत्वपुर्ण भुमिका खेलिरहेको छ । देश दशबर्षे गृहद्वन्द्वमा फसेको बेला पनि राज्य पक्ष र बिद्रोही पक्षको काडा बन्दै भए पनि कार्की सिक्किमबाट फर्केपछी २०५२ साल देखि अहिले सम्म निरन्तर रुपमा सुचना र सञ्चारको क्षेत्रमा ब्लाष्टले महत्वपुर्ण भुमिका खेलिरहेको छ । पुर्व क्षितिज प्रकाशन सञ्चारगृहको ब्लाष्ट पुर्बाञ्चलको पहिलो राष्ट्रीय दैनिकको रुपमा ख्यातिप्रात छ । कार्की यस पत्रीकाको स्थापना कालदेखी नै पायोनियर प्रधानसम्पादकको रुपमा रहेका छ्न ।
आजकल कार्की हरेक बिहान पाँच बजे केही किलोमिटर हिड्छन । घर आउछ्न । चिया र सिग्रेट पिउछन । अनि सानी नातिनीसङ्ग धेरै जस्तो समय बिताउछन । कार्की भन्छन सानी नातिनी मेरो यो समयको अत्यन्त प्यारो र उर्जाको श्रोत हो । दिउँसो समय ब्लाष्टको अफिसमा दिन्छ्न । हरेक बेल्का कसरी ब्लाष्टलाई कसरी सुचनाको भर पर्दो माध्यम र बिश्वासिलो बनाउने भनेर कर्मचारिहरुसङ्ग छलफलमा बस्छन । फरक समयमा फरक फरक भुमिकामा सुधिर, रेडरोज, सुर्य र राजसिं लामाको भुमिका निभाएको कार्कीको अब ती भुमिका सकिएको हो त ? के फेरि ती भुमिका परेको अवस्थामा कार्कीले निभाउछन त ?,भन्ने प्रश्नमा कार्की गम्भिर भएर भन्छन ’ती सबैको आफ्नो समय थियो र आफ्नो भुमिका जो भुमिका मज्जाले निभाएका थिए । अब त्यो भुमिका कोमामा गैसकेको अबस्था छ । चाह्यो भने इतिहासले बचाउला । अब त राज कुमार कार्की मात्र छ ।’ के इतिहासले कोमामा पसेको सुधिर, रेडरोज, सुर्य र राजसिं लामालाई बचाउला त ? त्यो समयले देखाउला तर जवजव समाज अनि देशमा अन्याय र अत्याचारले सिमा नाघ्न थाल्छ् , तव तव त्यो समयमा सुधिर, रेडरोज, सुर्य र राजसिं लामाले जन्म लिने गर्दछन ।