सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु

भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु


छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर

रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु

Sunday, January 18, 2015

-मुक्तक


-स्पन्दन साइला
रुनै हो त सँग संगै रोइदिउ  
रोएरै बेइमान दिल छोइदिउ ।।

थोरै अली नजिक आएर भन
आशुले सारा कटुता धोइदिउ ।।


Friday, January 9, 2015

-मुक्तक

— स्पन्दन साइला 


बोलाएर पर्खाउछौ आजकल किन ?
पग्लाएर घुर्क्याउछौ आजकल किन ?

बोलाएर ,पग्लाएर देखाएर गुलाब
फुर्काएर फर्काउछौ आजकल किन ?

Thursday, January 8, 2015

मुक्तक -

-स्पन्दन साइला 

सर्प्राइज केही अचम्मका सगुन लिएर तिमी आउनु 
भावनाका किस्सा उपाहारमा जुन लिएर तिमी आउनु

छेउमै बसी सपनाको कुरा गर मायाको कुरा गर 
रंगी चंगी मेरो लागि बेलुन लिएर तिमी आउनु